राष्ट्रपति चुनावको गणना सुरू, केहीबेरमै नतिजा आउने – Nepal Press

राष्ट्रपति चुनावको गणना सुरू, केहीबेरमै नतिजा आउने

काठमाडौं । राष्ट्रपति निर्वाचनको मतगणना सुरू भएको छ । निर्वाचन आयोगले संघ र प्रदेशसभातर्फको छुट्टाछुट्टै स्थलबाट गणना थालेको हो ।

राष्ट्रपतिमा सत्तागठबन्धनको तर्फबाट रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । मतगणनामा पौडेलको कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेम्वाङले सांसद महेश बर्ताैलालाई प्रतिनिधि बनाएका छन् ।

मतगणना ७ बजेभित्रै सकेर आजै विजेतालाई आजै प्रमाणपत्र वितरण गर्ने तयारी छ ।

आज बिहान १० देखि सुरू भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा कुल मतदाता संघीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर