नेपाल-पीएनजी खेलमा १२ क्याच ड्रप, ज्ञानेन्द्र असफल हुँदा ५ विकेट लिन चुके सन्दीप – Nepal Press

नेपाल-पीएनजी खेलमा १२ क्याच ड्रप, ज्ञानेन्द्र असफल हुँदा ५ विकेट लिन चुके सन्दीप

काठमाडौं । विश्वकप लिग- २ क्रिकेटअन्तर्गत बिहीबार नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच भएको खेलमा १२ वटा क्याच ड्रप भएका छन् । त्रिवि क्रिकेट मैदानमा भएको यस खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको थियो । पीएनजीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो ।

तर, नेपालले सानदार ब्याटिङ गर्‍यो । घरेलु टोलीले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन जोड्दा पीएनजीले ७ पटक क्याच ड्रप गरेको थियो । शतकीय पाली खेलेका आसिफ शेखको पनि क्याच ड्रप भएको थियो ।

त्यसपछि ब्याटिङमा उत्रिएको पीएनजीविरुद्ध नेपालले पनि ५ पटक क्याच ड्रप गर्‍यो ।

पीएनजीले ९ विकेट गुमाएर खेलिरहेको अवस्थामा नेपालको तीनपटक क्याच ड्रप भएको थियो । त्यसमध्ये सन्दीप लामिछाने ५ विकेट लिनबाट चुके । उनको बलिङमा बाउन्ड्री छेवैमा रहेका ज्ञानेन्द्र मल्लबाट क्याच ड्रप भएको थियो ।

सन्दीपले प्रतियोगिताका आफ्ना २८ खेलमा ६४ विकेट लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको विकेट संख्या ९१ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *