प्रधानमन्त्री प्रचण्ड भन्छन्- अब सरकारको ध्यान जनताको सेवामा केन्द्रित (भिडिओ) – Nepal Press

प्रधानमन्त्री प्रचण्ड भन्छन्- अब सरकारको ध्यान जनताको सेवामा केन्द्रित (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि सरकारको ध्यान जनताको सेवा गर्ने विषयमा केन्द्रित हुने बताएका छन् ।

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि एउटा राजनीतिक कोर्स सकिएको भन्दै अब जनताको सेवा गर्ने विषयमा केन्द्रित हुने बताएका हुन् । उनले अव उपराष्ट्रपतिको निर्वाचन पछि सरकारले पूर्णता पाउने र त्यसका लागि गृहकार्य भइरहेको जानकारी दिए ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्नेगरि अभिभावकीय रुपमा राष्ट्रपतिले काम गर्नुपर्ने सुझाव दिए । उनले गठबन्धनमा सहमति भएअनुसार नै मतपरिणाम आएको बताए ।

त्यस्तै, कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काले संविधानले परिकल्पना गरेको राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेलको भूमिका हुने बताए ।

उनले जनतालाई निर्वाचनका बेला गरेको प्रतिवद्धतालाई अव पुरा गर्ने बेला आएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर