नेविसंघ सिटौला समूहको छुट्टै भेला : देशभर समानान्तर उम्मेदवार उठाउने चेतावनी – Nepal Press

नेविसंघ सिटौला समूहको छुट्टै भेला : देशभर समानान्तर उम्मेदवार उठाउने चेतावनी

काठमाडौं । नेपाली कांग्रेसनिकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को कृष्ण सिटौला समूहले छुट्टै भेला आयोजना गरेको छ ।

आसन्न स्ववियु चुनावलाई लिएर संस्थापन र इतर पक्षका विद्यार्थीबीच मतभेद बढिहरेका बेला सिटौलानिकटका विद्यार्थीले विशेष भेला आयोजना गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभाका प्रमुख सचेतक कुन्दनराज काफ्ले, नेविसंघ त्रिविका पूर्वसभापति हरि आचार्यलगायतका नेता सहभागी थिए ।

भेलाका अधिकांश सहभागीले उम्मेदवार छनौटमा अध्यक्ष दुजाङ शेर्पाले एकलौटी गर्न लागेको भन्दै नसच्याए देशभर समानान्तर उम्मेदवार खडा गर्ने चेतावनी दिएका छन् ।

भेलामा नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिना, गण्डकी प्रदेशसभा सदस्य जीत शेरचनलगायतका नेताले पनि सम्बोधन गरेका थिए ।

स्ववियु निर्वाचनलाई लक्षित गर्दै बाल्मिकी क्याम्पसमा भेला बोलाइएको हो । स्ववियु चुनावमा नेविसंघका उम्मेदवारमा आफ्नो समूहलाई पनि भागबन्डाका लागि दबाबमूलक रणनीति बनाउन भेला बोलाइएको बताइएको छ ।

स्ववियु निर्वाचनमा उम्मेदवार चयनमा आफ्नो समूहलाई बेवास्ता गर्न नहुने भन्दै उनीहरूले खबरदारीसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर