स्ववियु निर्वाचनका लागि कास्कीमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच चुनावी तालमेलका लागि लिखित सहमति – Nepal Press

स्ववियु निर्वाचनका लागि कास्कीमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच चुनावी तालमेलका लागि लिखित सहमति

पोखरा । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा कास्कीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनबीच चुनावी तालमेल गर्ने लिखित सहमति भएको छ । अनेरास्ववियु र अखिल (क्रान्तिकारी)बीच गठबन्धन गरेर जाने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा एमालेको तर्फबाट कास्की इन्चार्ज कृष्णबहादुर थापा, पार्टी जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री र अनेरास्ववियु कास्की संयोजक सन्तोष पोखरेल र माओवादीको तर्फबाट कास्की इन्चार्ज राजकाजी गुरुङ, कास्की संयोजक केशव पौडेल, विद्यार्थी फ्याक्सन इन्चार्ज विनय थापा र अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष शरदसिंह विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

यसरी भयो भागवण्डा
पृथ्वीनारायण क्याम्पस
अनेरास्ववियु – सभापति, कोषाध्यक्ष र ५ जना सदस्य
अखिल (क्रान्तिकारी) – सचिव र ३ सदस्य
इन्जिनियरिङ अध्ययन संस्थान
अनेरास्ववियु – सचिव, कोषाध्यक्ष र ४ जना सदस्य
अखिल (क्रान्तिकारी) – सभापति र ३ सदस्य
वन विज्ञान अध्ययन संस्थान
अनेरास्ववियु – सभापति, सचिव, कोषाध्यक्ष र ३ जना सदस्य
अखिल (क्रान्तिकारी) – २ सदस्य
पोखरा नर्सिङ क्याम्पस
अनेरास्ववियु – सभापति, सचिव, कोषाध्यक्ष र ४ जना सदस्य
अखिल (क्रान्तिकारी) – सदस्यमा प्रत्यक्ष १ जना, समानुपातिकमा १ जना अनेरास्ववियुले समावेश गराउने
जनप्रिय बहुमुखी क्याम्पसमा
अनेरास्ववियु – सभापति, कोषाध्यक्ष र ५ जना सदस्य
अखिल (क्रान्तिकारी) – सचिव र २ जना सदस्य

विन्ध्यावासिनी संस्कृत विद्यापीठ
अनेरास्ववियु – सभापति, कोषाध्यक्ष र ४ जना सदस्य
अखिल (क्रान्तिकारी)– सचिव र २ जना सदस्य
समानुपातिक पदाधिकारी निर्वाचनतर्फ
अनेरास्ववियुलाई पृथ्वीनारायण क्याम्पसमा सहसचिव, इन्जिनियरिङ अध्ययन संस्थानमा उपसभापति, वनविज्ञान संस्थानमा सहसचिव र जनप्रिय बहुमुखीमा उपसभापति ।
अखिल (क्रान्तिकारी)लाई पृथ्वीनारायण क्याम्पसमा उपसभापति, इन्जिनियरिङ अध्ययन संस्थानमा सहसचिव, वनविज्ञान संस्थानमा उपसभापति र जनप्रिय बहुमुखीमा सहसचिव ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर