आरआर क्याम्पसमा नेकपा एसका कार्यकर्ताको खुकुरी आतङ्क – Nepal Press

आरआर क्याम्पसमा नेकपा एसका कार्यकर्ताको खुकुरी आतङ्क

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिवार उम्मेदवारी दर्ता भइरहेको छ ।

निर्वाचनका मिति नजिकिँदै जाँदा विभिन्न घटनापनि बाहिरिन थालेका छन् ।

शनिवार उम्मेदवारी दर्ताको समयमा रत्न राज्य क्याम्पसमा  उम्मेदवारी दर्ताको समयमा नेकपा एसका एक कार्यकर्ताले खुकुरी आतङ्क मच्चाएका छन् ।

क्याम्पस हाताभित्र नेकपा एसका एक कार्यकर्ता नाङ्गो खुकुरी देखाएर एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरूलाई धम्की दिँदै गरेको भिडिओ सार्वजनिक भएको छ ।

खुकुरीसहित क्याम्पस पसेका व्यक्तिलाई नियन्त्रणमा लिँदै स्ववियु सभापति तपेन्द्रजंग शाही (निलो टिसर्ट) र छुटाएर लैजान खोज्दै नेकपा एसनिकट युवा संघका उपाध्यक्ष नितेश पौडेल (गुलाबी टिसर्ट)

 

खुकुरीसहित पक्राउ पर्ने मनोज चन्द भन्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनलाई स्ववियु सभापति तपेन्द्रजंग शाहीसहितका अखिलका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

प्रहरी स्रोतका अनुसार उनी नेकपा एसका एक नेतासँग त्यहाँ पुगेका थिए । उनी विद्यार्थी होइनन् ।


प्रतिक्रिया

One thought on “आरआर क्याम्पसमा नेकपा एसका कार्यकर्ताको खुकुरी आतङ्क

  1. करङ दोब्रीने गरि हानेर मात्र बुझाउनु पर्थ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर