धनगढीका पत्रकार ऐरमाथि साङ्घातिक आक्रमण, दोषीलाई कारबाहीको माग – Nepal Press

धनगढीका पत्रकार ऐरमाथि साङ्घातिक आक्रमण, दोषीलाई कारबाहीको माग

कैलाली । धनगढीका पत्रकार शेर बहादुर ऐर साङ्घातिक आक्रमण भएको छ। शनिवार राति ९ बजे धनगढीको रुबस होटेलमा उनीमाथि आक्रमण भएको हो । धारिलो हतियारले उनीमाथि प्रहार हुँदा उनको टाउकोमा गहिरो चोट लागेको छ ।

पत्रकार ऐर माथि भएको आक्रमणलाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ । धनगढी खबरसँग आबद्ध ऐरले पछिल्लो केही दिन देखी मेडिकल माफिया र अवैध फार्मेसीका विरुद्ध निरन्तर समाचार लेखिरहेका थिए । सोही विषयलाई लिएर आक्रमण गरिएको हुन सक्ने आकलन गरिएको छ ।

गए राति रुबस होटेलमा अस्पताल सञ्चालक, फार्मेसी सञ्चालक लगायतको जमघट समेत रहेको थियो । सोही ठाउँमा घटना भएको थियो ।

धनगढी खबर डटकमका सम्पादक हरि जोशीले एक विज्ञप्ति जारी गर्दै ऐरमाथि भएको कुटपिटको निन्दा गरेका छन् ।अपरिचित अज्ञात व्यक्तिले कुटपिट गरेको भन्दै दोषीलाई तत्काल कानुनी कारबाहीमा ल्याउन उनले माग गरेका छन् ।

पत्रकार माथि भएको घटनाका विरुद्ध विभिन्न सङ्घ सङ्गठनले पनि भर्सन गर्दै दोषी माथि कारबाहीको माग गरेका छन्।

‘अनियमितता,अख्तियारको दुरुपयोग, गैर कानुनी कार्य र ज्यादतीका विरुद्ध निडर भएर कलम चलाउने पत्रकार माथि होटेलमा सुनियोजित रूपमा आक्रमण भएको छ दोषीलाई हदैसम्म कारबाही होस कारबाहीको दायरामा दोषीलाई तुरुन्तै ल्याइयोस् ।’ प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले भने ।

प्रेस चौतारी नेपाल, कैलालीका अध्यक्ष भानुभक्त आचार्यले पनि पत्रकारमाथि यस किसिमका घटना घट्नु निन्दनीय भएको बताएका छन् । उनले दोषी पक्राउ गरी कारबाहीको माग गरेका छन् ।

अहिले प्रहरीले घटनाको छानबिन भइरहेको बताएका छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदेव चन्दका अनुसार प्रहरी निरीक्षकको टोली उक्त घटनाको अनुसन्धानमा खटिएको छ ।

होटेलमा देखिएको सिसी टिबी फुटेज हेरेर प्रहरीले थप अनुसन्धान गर्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर