नेपालको इनिङ्स सम्हाल्दै कप्तान रोहित, पूरा गरे अर्धशतक – Nepal Press

नेपालको इनिङ्स सम्हाल्दै कप्तान रोहित, पूरा गरे अर्धशतक

काठमाडौं । विश्वकप लिग २ अन्तर्गतको खेलमा यूएईविरुद्ध कठिन अवस्थामा रहेको नेपाललाई कप्तान रोहित पौडेलले सम्हालेका छन् । २२ रनमै तीन विकेट गुमाएको अवस्थाबाट उनले नेपाललाई उद्धार गरेका हुन् ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल शीर्ष क्रममा ब्याटरलाई सस्तैमा गुमाएपछि संकटमा परेको थियो । ओपनरहरू आसिफ शेख र कुशल भुर्तेललाई १२ रनको अवस्थामै पेभिलियन फर्किएपछि कप्तान पौडेल क्रिजमा आएका थिए । लगत्तै तेस्रो नम्बरका कुशल मल्ल पनि आउनट भएपछि नेपाल दवावमा परेको थियो ।

कुशलले इन फर्म ब्याट्सम्यान भीम सार्कीसँग अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ अगाडि बढाए । २१.६ ओभरमा भिम सार्की पनि व्यक्तिगत २९ रनमा आउट भए । उनी लगातार तेस्रो बाउन्ड्री हिर्काउने चक्करमा आउट भएका थिए । भिमपछि आएका अनुभवी ब्याट्सम्यान आरिफ शेखले रोहितलाई साथ दिइरहेका छन् ।

निकै संयमता अपनाएर खेलिरहेका रोहितले ८३ बलमा ७ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । यो उनको ८औं एक दिवसीय अर्धशतक हो । यो समाचार लेख्दासम्म रोहित ६२ रनमा र आरिफ २८ रनमा छन् ।
आजको खेलमा यूएईलाई पराजित गरे नेपालले एक दिवसीय मान्यता सुनिश्चित गर्नेछ भने, शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नु पर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *