सभापति दुजाङ शेर्पाको राजीनामा माग्दै नेविसंघ केन्द्रीय कार्यालयमा घेराउ र तालाबन्दी – Nepal Press

सभापति दुजाङ शेर्पाको राजीनामा माग्दै नेविसंघ केन्द्रीय कार्यालयमा घेराउ र तालाबन्दी

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका मुखमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघमा विवाद बढेको छ । सभापति दुजाङ शेर्पाले मनपरी ढंगले पत्र पठाउँदै जिल्ला र इकाइ सभापतिहरू घोषित गरेको भन्दै असन्तुष्ट पक्षले आइतबार केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।

अनामनगरस्थित केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षले तालाबन्दी गर्नुका साथै सभापति शेर्पाको राजीनामा मागेका छन् । उनीहरुले केन्द्रीय कार्यालय परिसरमा नाराबाजी समेत गरेका थिए ।

सभापति शेर्पाले आफूखुसी गरेको टिकट वितरणका कारण स्ववियु निर्वाचन प्रतिकूल बनेको र एकलौटीरूपमा चिठी बाँडेको काठमाडौं जिल्ला सहसचिव निश्चल महर्जनले बताए । उनले सभापति शेर्पाको राजीनामा र उनले पठाएका सबै नियुक्तिका पत्र फिर्ता हुनुपर्ने बताए ।

स्ववियु निर्वाचन हुनलागेका धेरैजसो क्याम्पसमा नेविसंघका बागी उम्मेदवार खडा भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर