गण्डकी प्रदेशको उस्सु संघमा विक्रम लामा – Nepal Press

गण्डकी प्रदेशको उस्सु संघमा विक्रम लामा

काठमाडौं । गण्डकी प्रदेशको उस्सु संघमा विक्रम लामा चयन भएका छन् । आइतबार पोखरामा आयोजित गण्डकी प्रदेश उसु संघ गठन सम्बन्धमा बसेको बैठकले लामालाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो ।

राष्ट्रिय खेलकुद ऐन २०७७ तथा नेपाल उसु महासंघको केन्द्रीय विधानको परिच्छेद २ को धारा ८ बमोजिम नयाँ समिति गठन भएको हो ।

विधान अनुसार वरिष्ठ उपाध्यक्षमा राजेन्द्र लामा र उपाध्यक्षमा विरेन्द्र गहतराजलाई चयन गरिएको छ । त्यसैगरी, सचिवमा लक्ष्मण गुरुङ, कोषाध्यक्ष सरिता श्रेष्ठ, सदस्यमा प्रदीप गुरुङ, सदस्य मनकुमार श्रेष्ठ र सल्लाहकारमा टेकबहादुर तामाङलाई बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर