पाँच महिनाभित्र सरकारको पिक्चर क्लियर हुन्छ
दलहरु न्यूनतम साझा कार्यक्रम बनाउने कर्मकाण्डबाट बाहिर निस्कनुपर्छ
भर्खरै राष्ट्रपतिको निर्वाचन भयो । हाम्रो पार्टीले समर्थन गरेको नेतालाई राष्ट्रपति बनाइयो । अब उपराष्ट्रपतिको निर्वाचन छ । अहिले देशैभर खुशी भइरहेको बेला कांग्रेस माओवादी, समाजवादी झन खुशी हुनुहुन्छ । हाम्रो एक अर्काको प्रशंसा गर्ने क्रम चरिरहेको छ । हामीबीचमा प्रेम भएको र प्रेम गर्नेहरुको बीचमा झगडा भएको जस्तो अवस्था बनेको छ । कता कता एउटा भ्रम पनि राखेका छौं । हामी खुशी हुँदा देशै खुशी भएको छ कि भन्ने भ्रम राखेका छौं । हामी खुशी हुनेबित्तिकै देशभरका नागरिक स्वःस्फुर्त रुपमा खुशी हुन्छन् भन्ने छैन ।
हामीले खुशी बनाउन सक्छौं कि सक्तैनौं भन्ने कुरा मुख्य हो । किनकि सरकार पहिला पनि बनेको थियो । अब पनि बन्छ । नियमित प्रक्रिया हो । अहिलेकै गठबन्धनको सरकारको कुरा गर्दा चुनावअघि पनि यही गठबन्धनको सरकार थियो । नेपालमा पूर्वप्रधानमन्त्रीबाट आलोपालो प्रधानमन्त्री बन्ने क्रम चलिरहेको छ । त्यसमा नयाँ स्वाद आइहाल्छ भन्ने अवस्था पनि भएन । नागरिकहरुलाई राजनीतिक घटनाक्रमले कति धेरै खुशी बनाउन सकेका छौं भन्ने प्रश्नको उत्तर खोजिनुपर्छ ।
२०७४ सालमा सरकार बनिसकेपछि प्रतिपक्षी दलको हिसाबले मेरो मनमा डर थियो, कतिपय अवस्थामा इर्ष्या पनि थियो होला । तर, नागरिकको हिसाबले थोरै भए पनि पाँच वर्षका लागि सरकार आएको छ भन्ने भएको थियो । निश्चित समय छ भनेर सोचेको आधारमा उसको गति चल्छ, लय पनि मिल्छ भन्ने भएपछि नागरिकका हिसाबले ठीक भएको छ भन्ने पनि लाग्यो । तर, हाम्रो दुर्भाग्य त्यो पाँच वर्ष सोचे जसरी अघि बढ्न सकेन । निर्वाचन अगाडि दलहरु मिल्नुको स्वार्थ यो निर्वाचन प्रणालीबाट कसैको बहुमत पुग्छ भन्ने नभएपछि हो । अलाइन्सको लागि उन्नत खालको राजनीतिक संस्कार चाहिन्छ । आखिर हामीले प्रमाणित गर्यौं । सजिलैसँग जाने आउने गर्यौं । नागरिकसँग भोट साट्दा पनि हामी एक ठाउँमा बस्ने कुरा सजिलोसँग गर्यौं ।
नेपालमा पूर्वप्रधानमन्त्रीबाट आलोपालो प्रधानमन्त्री बन्ने क्रम चलिरहेको छ । त्यसमा नयाँ स्वाद आइहाल्छ भन्ने अवस्था पनि भएन । नागरिकहरुलाई राजनीतिक घटनाक्रमले कति धेरै खुशी बनाउन सकेका छौं भन्ने प्रश्नको उत्तर खोजिनुपर्छ ।
न्यूनतम साझा कार्यक्रम बनाउने कर्मकाण्डबाट बाहिर निस्कनुपर्छ । प्रधानमन्त्री गठबन्धनको नेता हुने कि सरकारको नेता हुने भन्ने हुन्छ । सरकारको नेताले बनाउने कार्यक्रमलाई सबैले लिएर हिँड्ने हो । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ । हामी ८/९ दल मिलेर सरकार बनाएका छौं । यो सरकारको प्राथमिकता तय गर्दा प्रजातान्तिक सुशासनमा ज्यादा छलफल गर्छौं । निर्वाचनबाट आएको सरकार बन्नासाथ सबै ठीक हुन्छ भन्ने छैन । निर्वाचनबाट संसद प्राप्त गर्यौं, गठजोडबाट सरकार प्राप्त गर्यौं । विधिको शासन, नागरिकलाई संविधानले गरेको बाचा, शक्ति सन्तुलनका सिद्धान्तका आधारमा सरकारसँग सीमित शक्ति छ ।
प्रजातान्त्रिक सुशासन जस्तै अर्को पाटो आर्थिक सुशासन हो । म प्वाइन्ट एक्समा छु । त्यो पाँच वर्षभित्र प्वाइन्ट वाईमा पुर्याउनु छ । यसमा प्रजातान्त्रिक सुशासन ठीक राख्यो भने बाटो सरासर जान्छ । त्यो बाटोमा गति कति गर्ने, ब्रेक लगाउने कि एक्सलेटर दबाउने भन्ने मेरो आर्थिक सुशासनले प्रस्ट गर्छ भन्ने कुरामा प्रधानमन्त्री स्पष्ट हुनुपर्छ । अरु सबै सहयोगीमात्र हुन् । सहयोग कसरी लिने भन्ने कुरा नेृतत्वमा भर पर्छ ।
एउटा अर्थशास्त्रीको विद्यार्थीले सबैभन्दा पहिला अभावबाट सिक्छ । अभाव छ, स्रोतसाधन सीमित छ भने सोहीअनुसार निर्णय गर्नुपर्छ । तर, प्रधानमन्त्रीको कुर्सीमा बसेको त्यो व्यक्तिले अभावको अनुभूति गर्छ कि गर्दैन भन्ने मुख्य प्रश्न हो । समय, स्रोत र नागरिकहरुमा धैर्यको ठूलो अभाव छ । म पाँच वर्ष भनिरहेको छु । तर, नागरिकमा धैर्य गर्ने समय पाँच महिना पनि छैन । मैले नागरिकसँग अन्तरक्रिया गर्दा यो सरकारसँग पाँच महिनाको समय भएको पाएको छु । यो पाँच महिनाभित्र सरकारले संकेत दिन सक्यो भने पाँच वर्ष टिक्छ । संख्याले थेग्छ, संविधानले थेग्छ । तर, नागरिकलाई त्यो भरोसा र संकेत दिन सकेन भने काम छैन ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव भन्दै राजनीतिक दलको सुविधाका लागि दर्जनौं मन्त्रालय खाली राखेर बसेका छौं । किनभने त्यो सेन्स अफ अर्जेन्सी अझै बुझेका छैनौं । घडीको टिकटिक अझै सुनेका छैनौं । हामी गठबन्धनका राजनीतिक दल त खुशी छौं । तर, त्यो टाइम बम जस्तो टिकटिक गरेको समयलाई बुझ्न सकेका छैनौं ।
यति बुझेपछि प्रधानमन्त्रीले सेन्स अफ अर्जेन्सी बुझेर काम गनुपर्छ । अहिलेकै अवस्था हेर्दा पनि राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव भन्दै राजनीतिक दलको सुविधाका लागि दर्जनौं मन्त्रालय खाली राखेर बसेका छौं । किनभने त्यो सेन्स अफ अर्जेन्सी अझै बुझेका छैनौं । घडीको टिकटिक अझै सुनेका छैनौं । हामी गठबन्धनका राजनीतिक दल त खुशी छौं । तर, त्यो टाइम बम जस्तो टिकटिक गरेको समयलाई बुझ्न सकेका छैनौं ।
आर्थिक दृष्टिकोणबाट आज हामी उभिएको ठाउँ कहाँ छ भनेर हेर्नुपर्छ । हामी भारतको मुद्रासँग पेक्ड (स्थिर) हुन हुन्छ वा हुँदैन भन्ने बहस भइरहेको छ । भारतले राम्रै गरिरहेको छ । यसकारण स्थिर विनियमदर आजका दिनमा हाम्रो लागि अवसर भयो । यो सधैं अवसर नहुनसक्छ । भारत र चीनको व्यापार सम्बन्ध ठीक ढंगले चलिरहेको कुरा पनि अवसर हो । यही कुरा कतिपय सन्दर्भमा चुनौती र कतिपय अवस्थामा अवसर हुन्छ ।
देशको अर्थतन्त्रको विषयमा राष्ट्रिय योजना आयोगले होइन प्रधानमन्त्रीले चिन्तन गर्नुपर्छ । प्रधानमन्त्रीले हामी कहाँ उभिएका छौं ? थाहा पाउनुपर्छ । उभिएको ठाउँ थाहा पाए पो बल्ल कहाँ पुर्याउने भन्ने योजना बनाउन सजिलो हुन्छ । उभिएको ठाउँ थाहा पाउँदा हेर्ने नजरिया हुन्छ । अर्थशास्त्रीको सम्मेलनमा एकजना राष्ट्र बैंकका उच्च अधिकारीले हामी एकदमै आत्तिएको अवस्थामा भएकाले होला सान्त्वना दिँदै तरलताको अवस्था र अरु केही तथ्यांक राखेर नेपाल गएको वर्षको तुलनामा पनि धेरै बिग्रिएको छैन र यही आर्थिक वर्षको ५-६ महिनाको तुलनामा सुधार हुँदै गएको छ भन्ने आशयको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीले यो कोण पनि हेर्नुपर्छ ।
सँगै अर्को सार्वजनिक वित्तको क्षेत्रमा हेर्दा २४-२५ वर्षयता सधैंभरिको सेफ्टीभल जस्तो प्रधानमन्त्रीले सोचे पनि नसोचे पनि हाम्रा केटाकेटी विदेश जान्थे, पैसा पठाउँथे, सामान किन्थे । खुत्रुकेमा पैसा जम्मा गर्थे । प्रधानमन्त्री पाँच वर्ष सुते पनि खुत्रुकेमा पैसा जम्मा भएको हुन्थ्यो । अहिले आएर अनुमान लगाएकोभन्दा खुत्रुकेमा एकदमै कम जम्मा भएको छ ।
देशको अर्थतन्त्रको विषयमा राष्ट्रिय योजना आयोगले होइन प्रधानमन्त्रीले चिन्तन गर्नुपर्छ । प्रधानमन्त्रीले हामी कहाँ उभिएका छौं ? थाहा पाउनुपर्छ । उभिएको ठाउँ थाहा पाए पो बल्ल कहाँ पुर्याउने भन्ने योजना बनाउन सजिलो हुन्छ ।
दक्षिण एसियामा राम्रो भनेर बैंकिङ क्षेत्रलाई भन्छौं । अहिले हेर्यो भने सबै ठीक छ भने पनि मैले थाहा पाएसम्म निजी क्षेत्रको संगठन सडकमा आएर बैंकको बारेमा आन्दोलन गरेको पहिलो हो । कसैलाई कर्जा पाउनुहुन्छ भनेर सोध्यो भने लिन गए पनि नगए पनि उनीहरुले कर्जा पाउन गाह्रो छ । ऋण तिर्न नसकेको अवस्थामा छौं भन्छन् । उनीहरुको एक खालको त्रास देखिन्छ
देश श्रीलंका हुन लाग्यो भनेर जनता डराएर हुँदैन प्रधानमन्त्री डराउनुपर्छ । मान्छेको भान्सा ठीक चलिरहेको छैन । व्यापार व्यवसाय ठीक ढंगले चलिरहेको छैन भन्ने प्रधानमन्त्रीले महसुस गर्नुपर्छ । केही समयअघि हाम्रो विदेशी मुद्रा सञ्चिती अलिकति कम हुनेबित्तिकै सातोपुत्लो गयो । हतारहतार धेरै खालको आयातमा नियन्त्रित गर्यौं । त्यसले गर्दा राजस्वमा प्रभाव पार्यो । अहिले फेरि खुकुलो बनाएका छौं । यसको रिजल्ट हेर्न बाँकी छ ।
सीएनएनमा एउटा अन्तर्वार्ता हेरेको थिएँ । अहिले संयुक्त राज्य अमेरिकामा रोजगारी बढेर चुनौती भयो । यसले महँगी नियन्त्रण गर्न गाह्रो भयो । चाहिनेभन्दा बढी रोजगारी भयो । अलिकति बेरोजगार बढेपछि महँगी नियन्त्रण हुन्छ भन्ने आशय थियो । हाम्रो सन्दर्भमा चाहिं वैदेशिक मुद्रा र राजस्व संकलनसँग जोडिएको छ । राजस्व धेरै आयातबाट हुन्छ । अर्थतन्त्रमा ज्वरो आएको छ । दुईचार दिनमा निको हुने ज्वरो होइन । यो दीर्घरोग हो । ठीक ढंगले उपचार नहुँदा ज्वरो आएको हो । ज्वरोले थला पार्छ । ज्वरोको मात्र उपचार गर्ने र रोगतिर ध्यान नदिने हो भने झन समस्या पर्छ । सार्वजनिक खर्च नबढाउँदा अर्कोतिर हान्नेवाला छ । वितरणको प्रभावकारिता खतम छ । गुणस्तरको अर्थ छैन, बर्बाद छ ।
(आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री थापाले राखेको विचारको सम्पादित अंश ।)