अडिसनका लागि मिस नेपाल प्रियंकारानी जोशी वीरेन्द्रनगरमा – Nepal Press

अडिसनका लागि मिस नेपाल प्रियंकारानी जोशी वीरेन्द्रनगरमा

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मिस नेपालको आगामी संस्करणको अडिसन हुने भएको छ । सोमबार मिस नेपालको आगामी संस्करणको अडिसन हुने भएको हो ।

आयोजक संस्था द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले मिस नेपालको अन्तिम अडिसनमा सातै प्रदेशबाट प्रतिनिधित्व गराउने उद्देश्य रहेको जानकारी दिए ।

मिस नेपालको अडिसन इटहरीदेखि सुरु भएर वीरगञ्ज, पोखरा र नेपालगञ्जमा सम्पन्न भइसकेको अध्यक्ष राजकर्णिकारले बताए ।

उनले भने, ‘कर्णालीमा हामीले पहिलो पटक अडिसन गरिरहेका छौं । यहाँका स्थानीयलाई प्रतिस्पर्धामा ल्याउने उद्देश्य रहेको छ ।’

अडिसनका लागि मिस नेपाल प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का वीरेन्द्रनगरमा आइपुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर