गोरखामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, सात जना गम्भीर घाइते (भिडिओ)
नेपाल प्रेस
२०७९ फागुन २९ गते १४:१७
पोखरा । गोरखामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गोरखा बसपार्कबाट हरमटारीतर्फ जाँदै गरेको प्रदेश ३ ०१-००३ क ६१७० नम्बरको मिनी ट्रक सोमबार बिसौनी मोडमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
ट्रक सडकबाट करिब २० फिट तल खसेको छ । दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर