वीर अस्पतालका पाँच स्टाफ नर्सलाई हटाइयो
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगतकाे वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई हटाइएको छ।
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पताल अन्तर्गत कार्यरत स्टाफ नर्सहरूलाई सेवाबाट हटाइएको हो ।
बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौँ तहका स्टाफ नर्सहरू सम्झना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो।
उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन्।
गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को (घ) बमोजिम हटाइएको हो ।
न्यूज कारखाना