गठबन्धन अबको ५ वर्षसम्म एक भएर अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा (भिडिओ) – Nepal Press

गठबन्धन अबको ५ वर्षसम्म एक भएर अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच वर्ष यही गठबन्धन एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसदलाई विघटित नहुने गरी गठबन्धन दलहरू जनताको अपेक्षा पुरा गर्न एकीकृत रूपमा अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले मुलुकलाई स्थिरता राखेर नै मुलुकको विकासको आकांक्षा पूरा हुने बताए ।

अहिले राजनीतिमा वितृष्णा, अर्थतन्त्रका समस्या, व्यवसायीको पीडालगायत समस्या देखिएको भन्दै यी नकारात्मक संकेतहलाई राज्यले उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए । बाहिर हल्ला चलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको शर्माको जिकिर थियो ।


प्रतिक्रिया

One thought on “गठबन्धन अबको ५ वर्षसम्म एक भएर अघि बढ्नुपर्छ : विश्वप्रकाश शर्मा (भिडिओ)

  1. छिनछिनमा यताउता भन्दा र्टी एकीकरण गर्नु नि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर