पूर्वराष्ट्रपति विद्या भण्डारी : जसलाई मैले यसरी चिनेँ !
२०१८ साल असार ५ गते भोजपुर जिल्लाको मानेभञ्ज्याङमा एउटा किसान परिवारमा जेठो सन्तानको रूपमा जन्मेर संघर्षका अनेक आरोहअवरोह पार गर्दै राष्ट्राध्यक्षको गरिमामय जिम्मेवारीमा पुग्ने व्यक्ति हुनुहुन्छ- विद्यादेवी भण्डारी । राजनीतिक आन्दोलन अर्थात् अधिकार प्राप्तिको लडाइँमा अविछिन्न र अखण्डित रूपमा क्रियाशील व्यक्तिको रूपमा चिनिनुहुन्छ विद्यादेवी भण्डारी । त्यसै पनि भोजपुर पूर्वी पहाडको शैक्षिक र सांस्कृतिक विषयका लागि एउटा महत्वपूर्ण केन्द्रका रूपमा रहेको र पिता स्थानीय विद्यालयका प्रधानाध्यापक भएका कारण उहाँको पठनपाठनका लागि अनुकूल वातावरण रह्यो । भोजपुरको विद्योदय माध्यमिक विद्यालय र भोजपुरको बहुमुखी क्याम्पसमा आईए पढ्दैगर्दा एउटा असल विद्यार्थीको रूपमा आम विद्यार्थीहरूका हकहितका साथै राजनीतिक अधिकारका लागि ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन’ को सक्रिय कार्यकर्ताको रूपमा क्रियाशील रहनुभयो ।
२०३५ सालमा भूमिगत रूपमा गठित ‘नेपाल कम्युनिष्ट पार्टी माले’ को स्थापनासँगै उहाँ त्यससित सम्बन्धित हुनुभयो । केही समयपछि भूमिगत ‘माले’ सम्बद्ध ‘युथ लिग’ मा संगठित हुन पुग्नुभएको उहाँले क्रान्तिकारी संगठनभित्रको यात्रा प्रारम्भ गर्नुभएको थियो । यही यात्रालाई अगाडि बढाउने क्रममा २०३६ सालमा त्यही पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । तत्कालीन ‘माले’ ले विभिन्न वर्ग, पेशा र समुदायभित्र आफ्नो राजनीति र संगठन विस्तार गर्ने क्रममा ‘अखिल नेपाल महिला संघ’ लाई २०३७ सालमा पुनर्गठन गरेको थियो । उहाँले २०३७ सालमै यही पुनर्गठित ‘महिला संघ’ को सदस्यता लिनुभएको थियो ।
पछि विराटनगरस्थित महेन्द्र मोरङ कलेजमा स्नातक तहमा अध्ययन गर्न थाल्नुभएको उहाँले विद्यार्थी गतिविधिमा आफूलाई लगाइरहनुभयो र यसै क्रममा त्यहाँको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सर्वाधिक मत प्राप्त गरी कोषाध्यक्ष बन्नुभयो र अनेरास्ववियू पूर्वाञ्चल कमिटीको पनि कोषाध्यक्ष बन्नुभयो । त्यतिमात्र नभएर त्यसवेला विराटनगरको भूमिगत रूपले गठित नगरस्तरीय पार्टी कमिटीमा समेत संगठित भएर गतिविधिमा लाग्नुभयो । यही क्रममा २०३९ सालमा मदन भण्डारीसित बैबाहिक बन्धनमा बाँधिनुभयो ।
२०५० साल जेठ ३ गते रहस्यमय सडक दुर्घटनामा भएको मदनको मृत्यु र त्यस घटनाले पार्टीभित्र र उहाँको निजी जीवनमा सिर्जना गरेको अत्यासलाग्दो अवस्थासित जुद्धै पार्टी, जनप्रतिनिधि संस्था र राज्य सञ्चालनमा महत्वपूर्ण जिम्मेवारी लिँदै फागुन २९ गते दोस्रो पटक राष्ट्राध्यक्षको महत्वपूर्ण जिम्मेवारीलाई योग्यतापूर्वक पूरा गर्दै अगाडि बढिरहनुभएको छ ।
अत्यन्त होसियारीपूर्वक अपनाइएको कार्यशैलीका कारण हाम्रो संगठन र हामीहरू सबै अगाडि बढिरहेका थियौं । यिनै अभियानमा जुटिरहेका वेला मैले पहिलोपटक विद्या भण्डारीलाई २०३७ सालको साउन/भदौतिर भेटेको हुँ ।
आफ्नो जीवनकालमा महत्वपूर्ण आयामहरू- विद्यार्थी आन्दोलनको अग्रणी, महिला अधिकारको सक्रिय अभियन्ता, कम्युनिष्ट पार्टीको प्रतिबद्ध कार्यकर्ता तथा नेता, जननिर्वाचित प्रतिनिधि र राज्यको महत्वपूर्ण पदमा रही भूमिका पूरा गर्नुहुने विद्यादेवी भण्डारीका बहुआयामिक भूमिका र पार्टी तथा सामाजिक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको भूमिकालाई समग्रमा बुझ्नु जरूरी छ ।
भूमिगत राजनीतिक गतिविधिमा संलग्न
‘को-अर्डिनेशन केन्द्र’ (२०३२ साल) हुँदै गठन भएको ‘नेकपा माले’ (२०३५ साल) त्यसवेला नेपालको राजनीतिमा ‘उदीयमान शक्ति’ एवं ‘तेस्रो शक्ति’को रूपमा चर्चित बन्यो । यस्तो शक्ति त्यसवेलाको शासन सत्ता उल्टाउने उद्देश्य लिई संगठित शक्ति र त्यसैकारण राज्यको नजरमा ‘अवैधानिक शक्ति’ थियो । उसको त्यही घोषित उद्देश्य र राज्यको कठोर र अनुदारवादी दृष्टिकोणका कारण त्यो पार्टीले कडा भूमिगत अवस्थामा काम गर्नुपरेको थियो । यसका नेता तथा कार्यकर्ताहरू या वारेन्टेड भएर भूमिगत अवस्थामा काम गरिरहेका थिए, या निर्वासित हुन बाध्य पारिएका थिए या त खुलै रहेर घरपरिवारसितै रहे पनि सत्ताको नजरबाट जोगिएर काम गरिरहेका हुन्थे । अत्यन्त जोखिमको अवस्था थियो ।
तर, त्यही जोखिमको अवस्थासित पौंठेजोरी खेल्दै कम्युनिष्ट क्रान्तिकारीहरू भने संगठित भइरहेका थिए । त्यसैकारण त्यसवेला परिवर्तनको अभियानमा नयाँ उत्साह र ऊर्जाको विस्तार भइरहेको थियो । त्यसवेला म त्यही अभियानको एउटा जिम्मेवार सदस्यको हैसियतले काम गरिरहेको थिएँ । यही हैसियतमा म आफ्नो परिभाषित कार्यक्षेत्रमा क्रियाशील थिएँ । म खासगरी नेपालको मध्यपूर्वी क्षेत्रको तराई-मधेसतिर विशेष केन्द्रित थिएँ अर्थात् मेरो कार्यक्षेत्र त्यही नै थियो । यो क्षेत्रमा मैले आफ्ना गतिविधिहरू बढाइरहँदा विशेष शैलीका साथ आफूलाई क्रियाशील बनाउन आवश्यक पर्थ्यो । अत्यन्त होसियारीपूर्वक अपनाइएको कार्यशैलीका कारण हाम्रो संगठन र हामीहरू सबै अगाडि बढिरहेका थियौं । यिनै अभियानमा जुटिरहेका वेला मैले पहिलोपटक विद्या भण्डारीलाई २०३७ सालको साउन/भदौतिर भेटेको हुँ ।
विद्या भण्डारी त्यसवेला महेन्द्र मोरङ कलेज विराटनगरमा स्नातक तहमा अध्ययन गरिरहनुभएको थियो । उहाँ अनेरास्ववियूको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विजय प्राप्त गर्नुहुने कोषाध्यक्ष र पूर्वाञ्चलको एकजना अगुवा विद्यार्थी नेता बनिसक्नुभएको थियो । त्यसवेला अनेरास्ववियू भूमिगत रूपमा सक्रिय नेकपा मालेको खुला आवरणमा काम गर्ने सशक्त संगठन थियो । मैले केही पछि मात्र थाहा पाएँ- विद्याजी भूमिगत पार्टीको स्थानीय नगरमा संगठित भएर काम गरिरहनुभएको थियो । यो २०३८/०३९ सालको कुरा हो ।
विद्याजी देख्दा जति सुन्दर लाग्नुहुन्थ्यो- त्यति नै विचारमा दृढ़ र प्रस्तुति अत्यन्त सुन्दर थियो । आफ्ना कुरा अत्यन्त मसिनो तर सुन्दर तरिकाले प्रस्तुत गर्नुहुन्थ्यो । त्यसवेला मैले मनमनै मूल्यांकन गरेको थिएँ- पार्टीभित्र अत्यन्त उज्ज्वल सम्भावना बोकेको युवा महिला ! त्यसैछेका केही दिनदेखि राजविराजका एकजना स्थानीय समर्थक (उद्धव पौडेल ?) को घरमा, बिमारी भई मैले आश्रय लिइरहेको थिएँ, त्यहाँ मेरो अवस्था अत्यन्त शिथिल बनिसकेको थियो । त्यस्तो अवस्थामा मलाई भेट्न होसियारीपूर्वक उक्त सेल्टरमा विद्याजी पुग्नुभएको थियो । उहाँ आफ्नो पूर्वाञ्चल कार्यक्षेत्रअन्तर्गत सांगठनिक कामहरूको सिलसिलामा त्यहाँ पुग्नुभएको थियो । मैले त्यसवेला सकिनसकी उहाँसित केही कुरा गरेको थिएँ । त्यसवेला उहाँले गर्नुभएको स्नेहपूर्ण संवादलाई अहिले पनि सम्झिरहेको छु ।
भूमिगत पार्टीको संगठनात्मक संरचनामा त्यसवेला हामी ‘पूर्व दक्षिण क्षेत्रीय कमिटी’ मा संगठित थियौं जसअन्तर्गत तात्कालिन कोशी अञ्चलमा केन्द्रित रहेर मदन भण्डारी काम गरिरहनुभएको थियो । मदन भण्डारी, माधव नेपाल, मुकुन्द नेउपाने र मलगायतका साथीहरू त्यो नेतृत्वदायी कमिटीमा थियौं ।
मदन भण्डारीसितको वैवाहिक बन्धन
भूमिगत पार्टीको संगठनात्मक संरचनामा त्यसवेला हामी ‘पूर्व दक्षिण क्षेत्रीय कमिटी’ मा संगठित थियौं जसअन्तर्गत तात्कालिन कोशी अञ्चलमा केन्द्रित रहेर मदन भण्डारी काम गरिरहनुभएको थियो । मदन भण्डारी, माधव नेपाल, मुकुन्द नेउपाने र मलगायतका साथीहरू त्यो नेतृत्वदायी कमिटीमा थियौं । हाम्रो आउजाउ भैरहन्थ्यो र हामीहरू पूर्व (विराटनगर) पुगिरहन्थ्यौं । त्यहाँ पुग्ने क्रममा अरू कार्यकर्ताहरूसँगै विद्याजीसित पनि देखभेट भैरहन्थ्यो । ती प्रत्येक भेटमा उहाँको उत्साह र क्रियाशीलतामा वृद्धि भइरहेको हामीलाई लाग्थ्यो । कार्यक्षेत्रमा रहेका धेरै झरझराउँदा-भरभराउँदा कार्यकर्ताहरूको पंक्तिमा विद्याजी देखिनुहुन्थ्यो ।
‘माले’ पार्टीमा आवद्ध र संगठित भएका युवा क्रान्तिकारीहरू विवाह बन्धनमा बाँधिने क्रम सुरू भएको थियो खासगरी २०३५/०३६ को आन्दोलनपछि । त्यो आन्दोलनले हामी क्रान्तिकारीहरूका पंक्तिमा रहेको जडतामा आधारित अव्यवहारिक पर्खालहरूलाई भत्काउन सुरू गरेको थियो र क्रान्तिकारी पंक्तिलाई व्यवहारिक ढंगले परिवर्तनको अभियानमा लाग्न प्रेरित गरेको थियो । निजी जीवनलाई व्यवहारिक ढंगले परिपक्व बनाउँदै अघि बढ्नुपर्ने स्थिति बनिरहेको थियो । यो परिवर्तनले ‘माले’ पंक्तिमा एउटा नयाँ किसिमको सगबगाहट पैदा हुँदै थियो । यसैक्रममा ‘पूर्व दक्षिण क्षेत्रीय कमिटी’का सचिव अर्थात् प्रमुख मदन भण्डारी अर्थात् ‘कमरेड सागर’ को विद्या भण्डारीसित विवाहको कार्यक्रम आयोजना भएको थियो । त्यो विवाह स्थानीय साथीहरूको (क्षेत्रसित सम्बन्धित साथीहरूको) विशेष सक्रियता र व्यवस्थापनमा अझ उहाँहरूकै पहलमा सम्पन्न भएको थियो । हो, मदन र विद्याको चाहना, रूचि र रोजाइ त थियो नै । साथै उहाँहरू आफैंले सहमति र स्वीकृत गर्नुभएको विषय पनि थियो । हामीहरू त एउटै कमिटीका थियौं नै । त्यसकारणले त्यहाँ हाम्रो विशेष उपस्थिति हुने नै भयो । म र माधव नेपाल त्यहाँ पुगेका थियौं । माधव नेपाल प्रमुख अतिथि र मैले विवाह समारोहको अध्यक्षता गरेको थिएँ ।
बैबाहिक समारोह भूमिगत अवस्थामा विराटनगर शहरको दक्षिणी छेउमा अवस्थित एकजना पार्टी समर्थक साथी देवकोटाजीको डेरामा अत्यन्त सामान्य हिसाबले आयोजना गरिएको थियो । समारोहमा पार्टीका केही नेताहरू र मदनको परिवारका केही सदस्यहरूको उपस्थिति थियो । समारोहमा मदन र विद्याजीले विवाहपछि पनि आफ्नो दाम्पत्य जीवन जनता, क्रान्ति र पार्टीप्रति समर्पित रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यहाँ उपस्थित सबैले सफल दाम्पत्य जीवनका लागि शुभकामना व्यक्त गरेका थियौं । विवाहपछि प्रसंग चल्दा मदन र विद्याजीले आफूहरू कसरी विवाह बन्धनमा बाँधिने निष्कर्षमा पुगिएको थियो भन्ने कुरालाई जानकारी गराउनुभएको अहिले पनि मेरो मानसपटलमा ताजै छ । उहाँहरूले दिनुभएको जानकारीलाई हामीहरूले रूचिपूर्वक सुनेका थियौं ।
प्रतिकूलता र चुनौतीबीचको दाम्पत्य जीवन
मदन र विद्या बैबाहिक बन्धनमा बाँधिएपछि दाम्पत्य जीवनको सिलसिला त सुरू भयो । तर, पार्टी जिम्मेवारीको चुनौतीपूर्ण अवस्थाका कारण कठिनाइ र अनिश्चयले भने साथ छोडेनन् । बरू बढ्दै गएका थिए । दम्पतीका रूपमा रहनुपर्ने तर समाजका अगाडि र आम पार्टी पंक्तिमा स्वाभाविक आवरण कायम राख्नैपर्ने (पार्टी पंक्तिमा पनि सबैसित खुल्न सकिँदैनथ्यो) ! मदनको जिम्मेवारी दिनप्रतिदिन बढ्दै गइरहेको थियो । पार्टीको क्षेत्रीय कमिटीको प्रमुखका नाताले विभिन्न जिल्लाहरूद्वारा भूमिगत रूपमा आयोजना गरिएका बैठक तथा भेलाहरूमा पुग्नैपर्ने, प्रायः काठमाडौंमा रहने गरेको पार्टी ‘हेडक्वार्टर’सित नियमित सम्पर्क राख्नैपर्ने र दिनप्रतिदिन भूमिगत पार्टीका बढिरहेका राजनीतिक-सांगठनिक गतिविधिहरूका कारण सत्तासीनहरूको चियोचर्चोसित पनि बच्नैपर्ने स्थितिका बीचमा मदनले आफ्ना गतिविधिहरूलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता टड्कारो बनिरहेको थियो । त्यस्तो अवस्थामा विद्याजीले कुनै न कुनै पेशाको आवरणमा रहनुपर्ने अवस्था आइलागेको थियो र उहाँले बेलबारीस्थित नक्सालको स्कूलमा पढाउन सुरू गर्नुभयो । उहाँले स्थानीय पार्टी कमिटीमा पनि संगठित भएर गतिविधिहरूमा लाग्नुपर्ने र आवरणका लागि र आवश्यकताले पनि कुनै पेशामा गाँसिनैपर्ने कारणले एउटा अप्ठ्यारो स्थिति बनेको थियो ।
विद्याजीले पार्टीले गरेको निर्णयलाई शीरोधार्य गर्दै प्रतिस्पर्धाको मैदानमा उत्रनुभएको थियो र उहाँले सानदार ढंगले जित्नुभएको थियो । विद्या भण्डारीजीले वैधव्य जीवनको असहज र पीडा मिश्रित अवस्थामा दिवंगत पति र पार्टीका अत्यन्त सम्मानित नेताको स्थानमा विजयको झण्डा फहराउनु भएको थियो ।
२०३९ साल असोजपछि नेकपा मालेको सांगठनिक जीवनमा एउटा गम्भीर चुनौती आइलागेको थियो । त्यसवेलासम्म महासचिव रहेका सीपी मैनालीलाई महासचिव पदबाट बिदा गरी झलनाथ खनाललाई महासचिव बनाइएको थियो । तर, यो काम त्यति स्वाभाविक रूपमा भएको थिएन । पार्टीभित्र देखापर्दै गएका विविधता र त्यसकारणले त्यहाँ उत्पन्न हुँदै गएको अन्तर्विरोधलाई महासचिव सीपी मैनालीले योग्यतापूर्वक बुझ्न र हल गर्न सकिरहनुभएको थिएन र अन्तर्विरोधहरूको जञ्जालमा अल्झिन पुग्नुभएको थियो । यसकारणले नेतृत्व गतिहीन बन्दै गइरहेको थियो । एकातिर त्यस्तो अवस्था थियो भने सीपीपछि पार्टीको नेतृत्व कसले लिनसक्ने हो भन्ने प्रश्नको उत्तर आइरहेको थिएन अर्थात् सीपीपछि को ? जसको उत्तर आइरहेको थिएन । यही अवस्थाको उत्कर्षमा सीपीलाई महासचिवको जिम्मेवारीबाट बिदा गरिएको थियो र केन्द्रीय नेतृत्वमा समेत केही हेरफेरसमेत गरिएको थियो । पोलिटब्युरोमा मदन भण्डारी, अमृत बोहोरालाई थप गरिएको थियो ।
यसरी त्यसवेलासम्म एउटा मिथक नायकका रूपमा चर्चित मैनालीलाई पार्टीभित्रको उक्त जिम्मेवारीबाट बिदा गरिएको थियो । तर, सीपीलाई हटाउने कुराले पार्टीभित्र एउटा तरंग पैदा गरेको थियो । पार्टी पंक्तिभित्रैको एउटा पंक्ति असन्तुष्ट बनेर देखापरेको थियो । त्यसपछि पार्टीभित्र असन्तुष्टि, विरोध र गुटबन्दीको नयाँ सिलसिला सुरू भएको थियो । यो अवस्थाले पार्टी नेतृत्वमा रहेका अरू साथीहरूका अगाडि चुनौतीपूर्ण जिम्मेवारी आइलागेको थियो । पार्टीको दिनदिनै बढ्दो शक्ति, प्रतिक्रियावादी शासन सत्ताको कडा निगरानी, असन्तुष्टि र अन्तर्विरोधका कारण संगठनभित्र पर्नसक्ने नकारात्मक असर, विकसित अवस्थामा पार्टीभित्रको वैचारिक राजनीतिक पुनर्व्यवस्थापन, नयाँ ढंगले सांगठनिक कामलाई अगाडि बढाउनुपर्ने आवश्यकता आदि कामसित नयाँ महासचिवलगायतका नेताहरूको पंक्तिले योजनावद्ध रूपमा अगाडि बढ्न आवश्यक थियो । मदन भण्डारी स्वयं महासचिव त हुनुहुन्नथ्यो । तर पनि यिनै काममा विशेष केन्द्रित हुनुपर्ने आवश्यकता देख्नुहुन्थ्यो । सीपी मैनालीलाई महासचिव पदबाट मात्रै बिदा गरिएन, उनलाई सुरक्षा प्रवन्धका कारणले पनि भारत प्रवास क्षेत्रको कामको जिम्मेवारी दिइयो ।
‘पार्टी स्वतन्त्रता’ कि ‘राजनीतिक स्वतन्त्रता’ को राजनीतिक ब्यानर अगाडि सारिएको भए पनि ‘सीपीलाई अन्यायपूर्ण तरिकाले पार्टी महासचिवबाट हटाइएको’ भन्ने विषयले प्रमुखता पाएको थियो । यसैमा आधारित भएर सिंगो पार्टी पंक्ति विभाजित बनिरहेको थियो । यस्तो वेलामा पार्टीभित्र अत्यन्त होसियारीपूर्वक तर दृढतापूर्वक वैचारिक बहस छलफल सञ्चालन गर्दै पार्टी पंक्तिमा नयाँ स्तरमा आत्मविश्वास भर्नुपर्ने आवश्यकता थियो । यो काममा मदन भण्डारी विशेष गम्भीरताका साथ लाग्नुभएको थियो । उहाँलाई जतिवेला भेट्दा पनि गहन ढंगले लेखपढ गरिरहेको या साथीहरूसित गम्भीरताका साथ छलफल गरिरहेकै देखिन्थ्यो । त्यसबीचमा उहाँले त्यसवेलाको राजनीतिक बहसमा सही दृष्टिकोण दिने हिसाबले ‘राजमोती’ का नामबाट केही सैद्धान्तिक-राजनीतिक प्रकाशनहरू गर्नुभएको थियो । ती रचनाहरूले त्यसवेला नेकपा माले पंक्तिलाई सही ढंगले दिशा निर्देश गरेको थियो ।
‘सीपीद्वारा सृजित समस्याका कारण पार्टीले सही नेतृत्व दिन सक्ला कि नसक्ला, पार्टीलाई वैचारिक र संगठनात्मक हिसाबले कसरी अगाडि बढाउन सकिएला भन्ने समस्यामा केन्द्रित रहेर आफूले यसबीच अध्ययनमा केन्द्रित रहेर समय बिताएको मदनले त्यसवेला एकपटक भन्नुभएको थियो । वास्तवमा त्यसवेला मदनको अर्जुनदृष्टि नै त्यही थियो र एउटा रचना त यही नामबाट उहाँले तयार गर्नुभएको थियो ।
पार्टीभित्रको त्यस्तो स्थितिका बीचमा र त्यसैकारण मदनको विशेष व्यस्तताका कारण मदन-विद्याको दाम्पत्य जीवनले कतिपय वेला असहजसमेत झेलेको अनुमान गर्न सकिन्छ । विवाहपछिको समयमा सहज दाम्पत्य जीवनको चाहना हुनु स्वाभाविक हो । विद्या र मदनले पनि त्यस्तो चाहनु स्वाभाविक थियो । तर, पार्टीभित्रको परिस्थितिले उहाँहरूका लागि त्यो सम्भव भइरहेको थिएन । वास्तवमा त्यसवेला मदनको वैचारिक र सांगठनिक भूमिका यति बढिरहेको थियो कि पार्टीभित्र उहाँलाई सबैले अपरिहार्य जस्तो ठानिरहेका थिए । जेठी छोरी निशा जन्मिसकेकी थिइन् । कतिपय समस्याहरूको सामना गरिरहनुपरेको थियो विद्याजीले । तर, उहाँहरू दुवै जना सँगै बसेर सरसल्लाहसमेत गर्न सकिरहनु भएको थिएन । एकातिर थुप्रै व्यवहारिक समस्या विद्याजीले झेलिरहनु भएको थियो अर्कोतिर मदनजी पार्टी जीवनसित गाँसिएका समस्याहरूसितै जुधिरहनुभएको थियो ।
त्यसैबीच एक पटक विद्याजीलाई हामीले भेटेका थियौं- अत्यन्त दुब्ली, समस्याका पहाड बोकेर हिँड्ने प्रयत्न गरिरहेकी एउटी भद्र महिलाको आकृति आफू अगाडि उभिए जस्तो लागेको थियो त्यसवेला मलाई । २०४६ सालको ऐतिहासिक जनआन्दोलनको प्रारम्भ हुँदै थियो । त्यसैबीच नेकपा माले आफ्नो चौथो राष्ट्रिय महाधिवेशनको तयारी पनि गर्दै थियो । महत्वपूर्ण नीति र नेतृत्वमा समेत परिवर्तन गर्नुपर्ने आवश्यकता टड्कारो बनिसकेको थियो । सिरहाको विष्णुपुर कट्टीको उत्तरतिरको गाउँमा महाधिवेशन गर्ने निर्णय हामीहरूले गर्यौं । जनताको कडा सुरक्षा प्रवन्धबीचमा आयोजना गरिएको त्यो महाधिवेशन सानदार ढंगले सफल रह्यो । हुन थालेको आन्दोलनको तयारीका लागि विभिन्न समूहहरूमा छरिएर रहेका वामपन्थी समूहरूबीचमा कार्यरत एकता गर्ने र वाममोर्चा गठन गर्ने र साझा शत्रु- निरंकुशता र निर्दलीयताका विरूद्ध संयुक्त संघर्ष गर्न नेपाली कांग्रेससित समेत कार्यगत एकता गर्ने जस्ता महत्वपूर्ण निर्णयहरू गरियो । महाधिवेशनमा गरिएका ती निर्णयहरूलाई कार्यान्वयन गर्न त्यहीबाट सर्वसम्मत मदन भण्डारीलाई महासचिवमा निर्वाचित गरियो ।
नेकपा एमालेको २०५९ मा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि लगातार दुइटा महाधिवेशनबाट (आठौं राष्ट्रिय महाधिवेशन २०६५ र नवौं राष्ट्रिय महाधिवेशन २०७१) मा उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । यसरी पार्टी नेतृत्वमा रहेको वेला उहाँको पार्टीभित्रको भूमिका प्रभावकारी नै रहेको थियो ।
मदन भण्डारी महासचिव भएपछि मुलुकमा राजनीतिक परिवर्तनका लागि त्यसवेलाको ‘माले’ पार्टीले केन्द्रीय नीतिमा मात्र परिवर्तन गरेन, उल्लेखनीय सक्रियता र पहलकदमी पनि लिन थाल्यो । खासगरी ‘संयुक्त वाममोर्चा’ बनाउने कुरा र साझा शत्रुका विरूद्ध नेपाली कांग्रेससित समेत कार्यगत एकता गर्ने विषयमा विशेषै सक्रियता र पहलकदमी लियो ‘माले’ ले । यी कामका लागि योग्यतापूर्वक नेतृत्व गर्ने र समन्वय गर्ने काम गरिरहनु भएको थियो मदनले । उहाँ यिनै काममा अर्जुनदृष्टि दिएर लागिरहनु भएको थियो । ‘माले’ को केन्द्रीय कमाण्ड बनाएर उहाँ यस काममा जुट्नु भएको थियो । मूलतः काठमाडौं उपत्यकामा केन्द्रित रहेर उहाँ यी कामहरू गरिरहनु भएको थियो । त्यस्तो चुनौतीपूर्ण र जटिल काममा जुटिरहेका मदन भण्डारीले श्रीमती, घरपरिवारमा राम्ररी ध्यान पुर्याउन सक्ने कुरै थिएन । त्यो सालको दशैंसमेत उहाँले घरपरिवारसित सँगै बसेर मनाउनसमेत पाउनु भएन !
२०४६ सालको जनआन्दोलनको सफलतापछि मदन-विद्याजीको जीवन स्थितिमा केही परिवर्तन भयो । खासगरी उहाँहरू सँगै बस्ने स्थिति बन्यो । मदन माले पार्टीको महासचिवका रूपमा सार्वजनिक रूपमा र एउटा हैसियतका साथ काठमाडौंमै बस्नुपर्ने आवश्यकता पर्यो । पार्टीले व्यवस्था गरेको डेरामा उहाँ बस्नुपर्ने भयो र विद्याजी पनि आफ्ना ससाना छोरीहरूसहित सँगै बस्न थाल्नुभयो । काठमाडौंको नक्साल चारढुंगेमा बस्न थाल्नुभएको थियो उहाँहरू । आन्दोलन हाँकिरहेको र परिवर्तनको महान अभियानमा जुटिरहेको आफ्नो श्रीमानलाई निष्ठापूर्वक सघाइरहेकी एउटी असल श्रीमतीका रूपमा त्यसवेला मैले विद्याजीलाई देखेको थिएँ । त्यो भूमिकाबाट उहाँ मदनलाई अघि बढाइरहनु भएको थियो । त्यसवेला मदन-विद्याको जोडीलाई देख्ने/भेट्नेहरू प्रायः सबैले प्रशंसा गर्थे ।
संकटपूर्ण वैध्यव्य जीवन
२०५० जेठ ३ गते नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको दिन हो । रहस्यमय सडक दुर्घटनामा महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो । साँझ पर्नैलागेको थियो । मलगायतका केही साथीहरू बागबजारस्थित पार्टी कार्यालयमै थियौं । त्यस दिनका कामहरूका बारेमा छलफल गर्दै भोलिपल्टका कामहरूका बारेमा केही योजनाहरू बनाउँदै थियौं । त्यहीबेला खबर प्राप्त भएको थियो । खबर सुनेर हामीहरू अत्तालिएका थियौं- कोही त रोएका पनि थियौं । अत्तालिँदै चारैतिर सूचना गर्न थाल्यौं । हामीहरूलाई के गरौं, कसो गरौं भइरहेको थियो । सम्भव भएका नेता साथीहरूलाई त्यहीबाट खबर गरिरहेका थियौं । जानकारी पाउनासाथ साथीहरू पार्टी कार्यालयमा आउनुभएको थियो । त्यसैबीच मैले आफ्नो डेरामा मीरालाई नक्साल चारढुंगे गैहाल्न र विद्याजी र केटाकेटीहरूलाई सान्त्वना दिन तथा सम्हाल्ने काम गर भनेर अह्राएको थिएँ । उनी ससाना छोराहरूलाई छोडेर त्यहाँ पुगेकी थिइन् ।
ठूलो र अत्यन्त दुर्भाग्यपूर्ण घटना घटेको थियो । उहाँहरूको रहस्यमय मृत्युले नेकपा एमालेको जीवनमा मात्र नभएर मुलुककै राजनीतिमा ठूलो क्षति पुगेको थियो । सिंगो मुलुक नै तरंगित हुन पुगेको थियो, आम नेपाली जनता शोकमा डुबेका थिए । तर, मदन र आश्रितका परिवारमा पुगेको क्षति अकल्पनीय थियो । दुइटा ससाना छोरीहरू छोडेर मदन जानुभएको थियो । जीवराजजीका नहुर्किसकेका एक छोरी र एक छोरा थिए । अत्यन्त ठूलो बज्रपात परेको थियो ती परिवारमा । लगभग ११ वर्षमात्र पुगेको थियो- मदन विद्या दाम्पत्य जीवनमा बाँधिनुभएको । यस अवधिमा पार्टीको जिम्मेवारीका कारण निकै समय सँगै बस्ने स्थितिसमेत बनेन । काखमा राम्ररी नहुर्किसकेका दुइटी ससाना छोरी थिए ।
पहिले जस्तो पार्टीमा खासै संगठित जिम्मेवारी पनि थिएन । एक किसिमले गृहिणी जस्तो स्थिति बनेको थियो विद्याजीको । मदनजीको विशेष किसिमको जिम्मेवारी र त्यसमा सघाउ पुर्याउनुपर्ने आवश्यकता, आमा भएर ससाना छोरीहरूको देखभाल गर्नुपर्ने जिम्मेवारी आदि कारणले विद्याजी त्यो अवस्थामा पुग्नुभएको थियो । यहीवेला उहाँमाथि त्यस्तो बज्रपात परेको थियो । आम मानिसहरू यस घटनाबाट काँपिरहेको जस्तो लाग्थ्यो । मदन आश्रितको रहस्यमय मृत्युले एउटा डरलाग्दो मौनता छाएको थियो । सबैजना अब विद्याजीको बाँकी जीवन कसरी बित्ला वा अगाडि बढ्ला भन्ने चिन्तामिश्रित खुल्दुलीमा थिए ।
पार्टीका केही नेताहरू, उहाँका नजिकका केही साथीहरू विस्तारै उहाँलाई भन्न थाल्दै थिए- ‘अब बाँकी जीवन मदन कमरेडले हिँडेको राजनीतिक जीवनलाई पछ्याउनुपर्छ, राजनीतिमा आउनुपर्छ, तपाईं राजनीति गरेरै आउनु भएको मान्छे’ आदि कुराहरू गर्दै थिए । तर, परिस्थितिको जटिलतामा उहाँ राम्ररी निर्णय गर्न सकिरहनु भएको थिएन । त्यसको केही समयपछि नै २०५० सालमै मदन कमरेडले प्रतिनिधित्व गरेको क्षेत्र काठमाडौं १ मा उपनिर्वाचन हुने भयो । सबै राजनीतिक दलहरू उम्मेदवार उठाउने कुरामा केन्द्रित रहे । नेकपा एमालेले पनि आफू- आफ्नो प्रिय नेता- विजयी बनेको क्षेत्रमा पुनः विजयी बन्न सक्ने, जनसमर्थन प्राप्त गर्नसक्ने उमेदवार उठाउनुपर्ने आवश्यकता थियो । राजनीतिक पृष्ठभूमि, भावनात्मक सम्बन्ध, जनसमर्थन र विजयको सम्भावनालाई ख्याल गर्दै एमालेले विद्या भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
२०५४ सालमा पहिलोपटक वातावरणमन्त्री बन्नुभएको उहाँ २०६६ सालमा रक्षा जस्तो महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने स्थानमा पुग्नुभयो । यी दुवै पटक उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो र योग्यतापूर्वक नेतृत्व गर्नुभयो ।
यो निर्णयले व्यापक जनसमर्थन प्राप्त गरेको थियो । विद्याजीले पार्टीले गरेको निर्णयलाई शीरोधार्य गर्दै प्रतिस्पर्धाको मैदानमा उत्रनुभएको थियो र उहाँले सानदार ढंगले जित्नुभएको थियो । विद्या भण्डारीजीले वैधव्य जीवनको असहज र पीडा मिश्रित अवस्थामा दिवंगत पति र पार्टीका अत्यन्त सम्मानित नेताको स्थानमा विजयको झण्डा फहराउनु भएको थियो । यसरी, नयाँ चरणमा उहाँको राजनीतिको विजयी यात्रा प्रारम्भ भएको थियो । त्यसपछि, २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको संसदीय निर्वाचनमा काठमाडौंबाट उहाँले सानदार ढंगले विजय प्राप्त गर्नुभयो । विद्याजी यो नयाँ जिम्मेवारी लिइरहँदा राजनीतिक जिम्मेवारीको भारी त बहन गरिरहनु भएको थियो । साथै चुनौतीपूर्ण वैधव्य जीवनसित पनि जुधिरहनु भएको थियो । त्यसक्रममा यस्तो लाग्थ्यो- उहाँ काँढाघारीहरूलाई छिमल्दै राजनीतिक यात्रामा निरन्तर अगाडि बढिरहनुभयो ।
सुझबुझपूर्ण राजनीतिक जीवन/जिम्मेवारपूर्ण राजकीय काम
लगातार दोस्रोपटक राष्ट्राध्यक्षको ऐतिहासिक र गौरवपूर्ण जिम्मेवारी पूरा गर्दै आजको अवस्थासम्म आइपुग्दा के देखिन्छ भने विद्या भण्डारीजीले राजनीतिक जीवन प्रारम्भ गरेदेखि आजसम्म आधारभूत रूपमा सुझबुझपूर्ण राजनीति गर्दै आउनुभयो । यो यात्रामा कहिले विजय प्राप्त गर्नुभयो, कहिले पराजित पनि हुनुभयो । कहिले प्रशंसा पाउनुभयो, कहिले टिप्पणी र अपमान पनि पाउनुभयो । कहिलेकाहीं खुशीका क्षण पनि रहे, कहिलेपीडाका भारी बोकेर पनि हिँड्नुपर्यो । त्यस्तो प्रतिकूल अवस्थामा पनि उहाँले आधारभूत रूपमा कहिल्यै सन्तुलन गुमाएको देखिएन । प्रस्तुति र अभिव्यक्तिका साथै सारमा समेत विद्या भण्डारीमा यो विशेषता हामीले देखेका छौं ।
नेकपा एमालेको २०५९ मा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि लगातार दुइटा महाधिवेशनबाट (आठौं राष्ट्रिय महाधिवेशन २०६५ र नवौं राष्ट्रिय महाधिवेशन २०७१) मा उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । यसरी पार्टी नेतृत्वमा रहेको वेला उहाँको पार्टीभित्रको भूमिका प्रभावकारी नै रहेको थियो । पार्टीभित्र चलेका बहस/विवादमा उहाँ आफूलाई एउटा पृथक पहिचानका साथ प्रस्तुत गर्न कहिल्यै चुक्नुभएन । लगातार तीनपटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुँदा विद्याजीले एउटा जिम्मेवार जनप्रतिनिधिको भूमिका पूरा गर्नुभयो । जनप्रतिनिधिका हिसाबले जनस्तरबाट उहाँले खासै टिप्पणीहरू सहनुपरेन । सधैं जनताको प्रिय प्रतिनिधिका रूपमा रहनुभयो । उहाँ जनप्रतिनिधि रहेकै वेला (अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्षसमेत रहेका वेला) राजनीतिक दलहरूभित्र र जनप्रतिनिधित्व हुने स्थानहरूमा महिलाहरूलाई कम्तीमा ३३ प्रतिशत स्थान सुरक्षित गराउने कुरामा उहाँले नेतृत्वदायी भूमिका खेल्नुभएको कुरा इतिहासमा सुरक्षित रहेको छ । २०५४ सालमा पहिलोपटक वातावरणमन्त्री बन्नुभएको उहाँ २०६६ सालमा रक्षा जस्तो महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने स्थानमा पुग्नुभयो । यी दुवै पटक उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो र योग्यतापूर्वक नेतृत्व गर्नुभयो । आजसम्मका विभिन्न मोडहरूमा उहाँले यी कुरा देखाउँदै आउनुभएको छ ।
अत्यन्त जोखिमपूर्ण राजनीतिक परिस्थितिका बीचमा उहाँले त्यो जोखिम मोलेर अभियानमा जुटेको एउटा नेतासित आफ्नो जीवन जोड्ने साहसिक निर्णय गर्नुभयो । यो दूरदर्शिता र सुझबुझपूर्ण निर्णय थियो । त्यसवेला त्यो निर्णयमा पुग्नु त्यति सहज हुन सक्तैनथ्यो । तर, उहाँले त्यो गर्नुभयो । यस्तै आफ्ना सम्मानित पति मदन भण्डारीको निधनपछि पार्टीको पूर्णकालीन कार्यकर्ताका रूपमा जीवनलाई अघि बढाउने निर्णयमा पुग्नु र त्यसपछिका हरेक महत्वपूर्ण मोडहरूमा चुनौतीहरूको सामना गर्दै त्यही लक्ष्यअनुरूप आफूलाई अगाडि बढाउने काम गर्नु सुझबुझपूर्ण सोचाइलाई नै पुष्टि गर्ने आधार हुन् ।
पार्टीका महत्वपूर्ण जिम्मेवारी लिँदा, ती स्थानलाई सही तरिकाले परिचालन गर्दा, पार्टीभित्रका वैचारिक बहसहरूमा अडान लिँदा, पटक–पटक जननिर्वाचित प्रतिनिधि बनेका बेला राज्य सञ्चालनका महत्वपूर्ण जिम्मेवारीहरूमा पुगेका वेला र पछिल्ला दिनहरूमा राष्ट्राध्यक्षको भूमिकामा पुग्दा यस किसिमले काम गरेको देखिएको छ । विचार बनाउँदा, अड़ान लिँदा, विषयलाई निष्कर्षमा पुर्याउँदा, आफ्ना भनाइहरू प्रस्तुत गर्दा र अरूका कुराहरूप्रति प्रतिक्रिया जनाउँदा यो कुरा देखिँदै आएको छ । मदन भण्डारीसितको सांस्कृतिक/भावनात्मक सम्बन्ध र विरासतका कारण पनि यी कुराहरू अक्षुण्ण रूपमा देखिने गरेका हुन् भन्न सकिन्छ । यस किसिमको सुझबुझपूर्ण विचार र प्रस्तुतीकरण सम्बन्धमा वेलावेलामा केही टीकाटिप्पणीहरू आए पनि दीर्घकालीन हिसाबले यिनले एउटा सकारात्मक सन्देश दिएको छ ।
वर्तमान संविधानले राष्ट्रपतिलाई ‘सेरेमोनियल’ ठाउँमा राखेको छ । राष्ट्रपतिले सरकारले गरेका औपचारिक निर्णयहरूलाई स्वीकृति दिने काम मुख्य हो । सम्माननीय राष्ट्रपति विद्या भण्डारीजीले पूर्ण जिम्मेवारीका साथ र योग्यतापूर्वक ती कामहरू पूरा गर्नुभएको छ ।
एउटी जिम्मेवार पत्नी/एउटी असल आमा
विवाहपश्चातको विद्याजीको जीवन लगभग एघार वर्ष रह्यो । (२०३९ साउनदेखि २०५० बैशाखसम्म भनौं) त्यस अवधिमा भावनात्मक रूपमा दाम्पत्य जीवन राम्रो रह्यो । तर, परिस्थितिका अरू कतिपय कुराले जीवन सहज रहेन । अप्ठेरो अवस्थाबाट गुज्रनुपर्यो । राजनीतिक र सांगठनिक जिम्मेवारीमा मदन भण्डारीलाई भ्याइनभ्याइ थियो भने विद्याजीलाई चुनौतीपूर्ण परिस्थिति, जोखिमपूर्ण जीवनचर्या, ससाना दुइटा छोरी र उनीहरूको लालनपालन, परिवारसित कायम राख्नैपर्ने सन्तुलित र स्वाभाविक सम्बन्ध, जीवन चलाउन शिक्षण पेशामा रहनुपर्ने बाध्यता आदि कारणले त्यस्तो अवस्था व्यहोर्नुपरेको थियो । तर, त्यस्तो हुँदाहुँदै पनि विद्याजीले त्यसलाई जीवनको जिम्मेवारीको रूपमा स्वीकार गरेर अघि बढिरहनुभयो । त्यस्तो परिस्थितिमा पनि मदन भण्डारीप्रति आदर, सद्भाव, माया र सहयोगी भावनामा कहिल्यै कमी आउन दिनुभएन विद्याजीले ।
एकपटक मदन भण्डारी दशैंमा समेत विद्याजी र छोरीहरूसित भेट्न जान सक्नुभएन, काठमाडौंमा हामीसँगै रह्यौं कामकै व्यस्ततामा । हामीले त्यसवेला धेरै अन्तरंग भएर कुरा गरेका थियौं । क्रान्तिकारी जीवन बिताउनेहरूले दाम्पत्य जीवनका बारेमा के कसरी सोच्नुपर्छ भन्ने कुरालाई म र मीरालाई सँगै राखेर बताउनुभएको थियो । त्यसवेला उहाँले आफ्ना भोगाइ र अनुभवका आधारमा काठमाडौं ज्ञानेश्वरमा रहेको मेरो डेरामा आएका वेला ती कुराहरू सुनाउनु भएको थियो । उता विद्याजीले आफ्नो त्यो स्थितिमा रहेर पनि व्यवहारमा र जिम्मेवारी पूरा गर्ने कुरामा कहींकतै कुरा उठ्न दिनुभएन । एउटा जिम्मेवार पत्नी र असल आमा भएर उहाँले आफूलाई प्रस्तुत गरिरहनुभयो ।
त्यही भूमिका र ऊर्जाले विद्याजी कतिपयले नचाहँदानचाहँदै पनि आज राष्ट्रको एउटा भरोसालाग्दो अभिभावक बनेर देखापरिरहनु भएको छ । आज उहाँका ती छोरीहरू अत्यन्त उज्ज्वल सम्भावना बोकेर आत्मनिर्भर र स्वाभीमानसहितका पौरखी बनेर अगाडि बढिरहेको हामी देख्छौं । मदनजीको निधनपछि पैदा भएको रिक्ततामा समेत विद्याजीलाई आफ्ना पतिका असल कुराहरूलाई आदर्श मानेर अघि बढिरहने आदर्श महिला र एउटा असल आमा बनिरहने अभिभाराबाट विमुख हुन दिएन । अहिले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई देखिरहँदा-भेटिरहँदा पनि उहाँको यो पृष्ठभूमि र भूमिकाका कारण राष्ट्रिय राजनीतिमा एउटा स्थापित एवं सम्मानित अभिभावकका रूपमा महसुस गर्ने स्थिति बनिरहेको छ ।
राष्ट्राध्यक्षका रूपमा गरेका काम
वर्तमान संविधानले राष्ट्रपतिलाई ‘सेरेमोनियल’ ठाउँमा राखेको छ । राष्ट्रपतिले सरकारले गरेका औपचारिक निर्णयहरूलाई स्वीकृति दिने काम मुख्य हो । सम्माननीय राष्ट्रपति विद्या भण्डारीजीले पूर्ण जिम्मेवारीका साथ र योग्यतापूर्वक ती कामहरू पूरा गर्नुभएको छ । पहिलो कार्यकाल २०७२ साल कार्तिक ११ मा सुरू भएर २०७४ साल फागुन २८ गतेसम्म रहेको थियो । २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हो ।
यी दुवै कालमा सम्माननीय राष्ट्रपति विद्या भण्डारीजीले ‘संविधान र संघीय कानूनबमोजिम आफ्नो कार्य सम्पादन गर्ने, नेपालको राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने र संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने’ भन्ने कुरालाई विशेष ख्याल गर्नुभएको देखिन्छ । उहाँले राष्ट्रको अभिभावकका हिसाबले उक्त भूमिका पूरा गर्नुभएको छ । उहाँको यस किसिमको भूमिकाप्रति केही-केहीले नकारात्मक कोणबाट पनि कुराहरू नउठाएका होइनन् । तर, उहाँले राष्ट्रिय हित र संविधानको पालना र संरक्षणका लागि विशेष सचेतनता अपनाउनुभएको देखिन्छ ।
विश्वमा राष्ट्र प्रमुख/सरकार प्रमुख महिलाहरूमा छब्बीसौं महिला हुनुहुन्छ विद्या भण्डारी । उहाँको राष्ट्रपति कालमा भएका काम र योगदानबारे सुदूर भविष्यमा समेत लेखाजोखा भई नै रहनेछ र नेपालको राजनीतिको विकासक्रममा रूचि राख्ने जोकोहीले पनि आफ्नो अध्ययनको विषय बनाइरहनेछन् ।
Ekdam sahasi mahila neta sahansilata imandar hunuhunxa bidhya ji. des RA JANTA KO lagi sadhai tatpar rahane sahasi neta madan vandari lai maile ni veteko thiye ra madan ji ka kura sunda kahile nathakne hami sadai uha haru parti samaan garxau ra bidhya ji ka baki din suva bitos janta lai sadhai maya garnu hunexa vanne asha liyeko xu.