तरुण दल अझै अध्यक्षको भरमा, विद्वानले आज पनि गुहारे देउवा – Nepal Press

तरुण दल अझै अध्यक्षको भरमा, विद्वानले आज पनि गुहारे देउवा

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख भ्रातृसंस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले अध्यक्ष पाएको एक वर्ष पुग्दा लाग्दासम्म थप पदाधिकारी र सदस्य पाएका छैनन् ।

तरुण दलका अध्यक्ष विद्वान गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर संगठन विस्तार र कार्यसमिति पूर्णताका लागि अनुरोध गरेका छन् । गुरुङले धुम्वाराहीस्थित निवास पुगेर देउवालाई भेटेका हुन् ।

गुरुङले यसअघि पनि शीर्ष नेताहरूलाई भेटेर संगठन विस्तार र कार्यसमिति पूर्णताका लागि वातावरण मिलाइदिन आग्रह गरेका थिए ।

भेटमा केही दिनभित्रै आवश्यक गृहकार्य गरी तरुण दल केन्द्रीय समितीलाई पूर्णता दिनेबारे देउवाले सकारात्मक जवाफ दिएको गुरुङको सचिवालयले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले चैतको दोस्रो साता नेविसंघका दुजाङ शेर्पा र तरुण दलमा विद्वान गुरुङलाई अध्यक्ष मनोनीत गरेका थिए । तर, यी दुवै संस्थामा अहिले अध्यक्ष मात्र छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर