दश दलीय गठबन्धनलाई रावणको संज्ञा दिँदै ओलीको टिप्पणी- महिलाको अधिकारलाई हनन गर्दैछन् – Nepal Press

दश दलीय गठबन्धनलाई रावणको संज्ञा दिँदै ओलीको टिप्पणी- महिलाको अधिकारलाई हनन गर्दैछन्

काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले दल दलीय गठबन्धनलाई रावणको संज्ञा दिएका छन्।उपराष्ट्रपति निर्वाचिनबारे देशभरका एमाले सांसदको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई जिताउन लाग्न आग्रह गरे।

उनले भने, ‘सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्नुपर्ने संविधानको व्याख्यासम्बन्धी लेखाइको मर्म के होरु सिंगो हाम्रो संविधानको दिशानिर्देश के होरु तदअनुसार व्याख्या गरिनुपर्ने हो। तर, त्यो देखिँदैन। दश दलीय गठबन्धन छ। जब दशवटा टाउको एकैठाउँमा रावणको थियो। दशवटा टाउको एकैठाउँमा भएपछि त्यो रावण हुन्छ। अहिलेको रावण पनि महिलाको हक अधिकारलाई हनन गर्न लागेको देखिन्छ।’

उनले दश दलीय गठबन्धनको तर्फबाट जसपाको रामसहाय यादवलाई उम्मेदवार बनाएपछि ओलीले यस्तो कटाक्ष गरेका हुन्। उनले स्थानीय तहको निर्वाचनमा पनि महिलाको अधिकारलाई कपटपूर्ण रुपमा हनन गरिएको टिप्पणी गरे।

अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संवैधानिक रुपमा सन्तुलन मिलाउन उपराष्ट्रपति महिला हुनुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर