उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान गर्न सांसदहरूलाई कांग्रेसको निर्देशन (भिडिओ) – Nepal Press

उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान गर्न सांसदहरूलाई कांग्रेसको निर्देशन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई सहयोग गर्ने निर्णय गरेको छ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यादवलाई सघाउने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले बताए। पार्टीका सबै सांसदलाई यादवकै पक्षमा मतदान गर्ने निर्देशन गरेको उनले बताए।

यस्तै, बैठकले ६ दशकदेखि पार्टीमा रहेर राष्ट्रियता र लोकतन्त्रको पक्षमा निरन्तर योगदान पुर्‍याएका राष्ट्रपति रामचन्द्र पौडेललाई पनि बधाई दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर