योगेशले गरे कर्णालीको प्रादेशिक रंगशाला अनुगमन – Nepal Press

योगेशले गरे कर्णालीको प्रादेशिक रंगशाला अनुगमन

सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले सातै प्रदेशमा सुविधा सम्पन्न रंगशालाको अवधारणा तत्कालीन नेकपा एमाले सरकारको भएको बताएका छन् ।

बुधबार कर्णाली प्रदेशको गौरवको आयोजना रंगशालाको अनुगमन गर्दै उनले भने, ‘खेलकुदहरू काठमाडौंमा र अन्य सहरमा मात्रै केन्द्रित रहेको छ । कर्णालीमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलहरू हुने थाले भने कर्णालीले विकासको बाटो लिन सक्छ र यो स्टेडियमले त्यो भूमिका खेल्ने लाग्छ ।’

कर्णालीको रंगशाला निर्माणपछि खेल पर्यटनको विकास हुनसक्ने भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर