सहकारीको ऋण समयमै तिर्न सहकारी महासंघको अपिल – Nepal Press

सहकारीको ऋण समयमै तिर्न सहकारी महासंघको अपिल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाका ऋणी सदस्यलाई समयमा नै ऋणको किस्ता तथा ब्याज भुक्तानी गर्न अग्रह गरेको छ ।

महासंघले एक अपिल जारी गर्दै ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा ब्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाइदिन आग्रह गरेको छ ।

सहकारी संघ संस्थाहरूले बचत रकमको सामान्यतया ८० प्रतिशतसम्म सदस्यहरूलाई नै कर्जा प्रवाह गर्ने भएकाले बचत फिर्ता गर्न सहज वातावरण बनाउन ऋणी सदस्यहरूलाई ऋणको किस्ता तिर्न आह्वान गरेको हो ।

महासंघले सहकारीको तरलता व्यवस्थापनका लागि नेपाल सरकारसँग सहुलियतपूर्ण कर्जाको समेत माग गरेको छ ।

यस्तै सहकारीको छुट्टै कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गर्नसमेत माग गरेको छ ।

पछिल्लो समयमा केही सहकारीमा समस्या सिर्जना भएपछि सहकारीका बचतकर्ताहरूले बचत फिर्ता लिन थालेको र तरलतामा चुनौती देखा परेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *