उद्योग मन्त्रालयले माग्यो कर सुविधासम्बन्धी सुझाव – Nepal Press

उद्योग मन्त्रालयले माग्यो कर सुविधासम्बन्धी सुझाव

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उपसमितिले आगामी बजेटको सुझाव मागेको छ ।

उद्योग वाणिज्य लगानी तथा निर्यात प्रवर्द्धन उपसमितिले सूचना जारी गर्दै बजेटका लागि सुझाव मागेको हो ।

औद्योगिक प्रवर्द्धन तथा संरक्षण, वाणिज्य, आयात निर्यात तथा वैदेशिक व्यापार, सेवा व्यापार, आपूर्ति व्यवस्थापन तथा लगानी प्रवर्द्धनका लागि गर्नुपर्ने नीतिगत र कानूनी सुधारको विषयमा उपसमितिले सुझाव मागेको छ ।

यसका लागि कर तथा गैरकर प्रोत्साहन के कस्तो हुनुपर्ने हो, सोसम्बन्धी सुझाव दिन पनि भनिएको छ । सुझाव चैत १० गतेभित्र उद्योग मन्त्रालयको इमेलमा पठाउन सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर