नेविसंघको प्रतिबद्धता- चन्दा असुली र विद्यालयमा तालाबन्दी नगर्ने (पूर्णपाठ) – Nepal Press

नेविसंघको प्रतिबद्धता- चन्दा असुली र विद्यालयमा तालाबन्दी नगर्ने (पूर्णपाठ)

काठमाडौं । चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघ नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा लोकतान्त्रिक मूल्य मान्यता स्थापित हुनेगरी ज्ञानवर्द्धक र जीवन उपयोगी शिक्षा लागू गर्नुमा जोड दिएको छ । सबै विद्यार्थीहरूको अनिवार्य निःशुल्क स्वास्थ्य बीमा गराउनेदेखि विद्यार्थीहरूलाई प्रविधिमैत्री हेल्थ कार्ड उपलब्ध गराउने नेविसंघको प्रतिबद्धता छ ।

यस्तै, विद्यार्थीको सामूहिक हितविपरीत कुनै पनि र व्यक्तिगत स्वार्थका निमित्त सम्झौता, कुनै पनि दुर्व्यवहार, सामाजिक असंगति लगायतको गतिविधिमा संलग्नता, सरकारी तथा क्याम्पसको सम्पतिको दुरुपयोग र अनैतिक हिसाबले हुने चन्दा असुली, आफ्नो अधिकार क्षेत्र बाहिर गई व्यक्तिगत स्वार्थका लागि क्याम्पस र त्रिवि प्रशासनलाई अनुचित दबाब र विद्यार्थीको नियमित पठनपाठनलाई असर पर्ने गरी तालाबन्दी, तोडफोड र अनैतिक क्रियाकलाप नगर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

नेविसंघले व्यवहारिक शैक्षिक क्यालेण्डरसमेत निर्माण गर्ने घोषणा गर्दै त्यसको खाका प्रस्तुत गरेको छ । नेविसंघले बोकेका मुख्य प्रतिबद्धतामा माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउने र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ हुँदै क्रमशः निशुल्क बनाउनल लगाएत छन् ।

पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक समितिका सदस्य सचिव विकल राईले स्ववियु निर्वाचनले विद्यार्थीहरूमाझ आलोचनात्मक चेतनाको निर्माण गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर