तनहुँबाट उपचुनाव लड्ने चर्चाबारे सिटौलाले के भने शंकर भण्डारीलाई ? – Nepal Press

तनहुँबाट उपचुनाव लड्ने चर्चाबारे सिटौलाले के भने शंकर भण्डारीलाई ?

दमौली । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको तनहुँ १ मा कांग्रेसबाट नेता कृष्ण प्रसाद सिटौला उपचुनाव लड्ने चर्चा चलिरहेका बेला सोही जिल्लाबाट निर्वाचित सांसद समेत रहेका कांग्रेस केन्द्रीय सदस्यले चासो राखेका छन् ।

विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि भण्डारीले सिटौलाई सम्पर्क गर्दा उनले आफू तनहुँबाट चुनाव लड्नेबारे नसोचेको जवाफ दिएका छन् । केही नेताहरूले चाहना राखेपनि सिटौलाले आफू उपचुनाव नलड्ने जानकारी भण्डारीलाई गराएका हुन् ।

केन्द्रीय सदस्य भण्डारीका अनुसार तनहुँ क्षेत्र नं १ बाट आफू निर्वाचन लड्न लागेको भन्ने प्रचारले आफूलाई दुःखी बनाएको सिटौलाले बताएका छन् । तनहुँ १ बाट उपचुनाव लड्न गोविन्द भट्टराई, रामचन्द्र पोखरेल, ध्रुव वाग्ले र दीपक भट्टराईले दाबी गरेका छन् ।

यद्यपि सिटौलाले चाहेको खण्डमा उनलाई तनहुँबाट उपचुनाव लडाएर संसदमा ल्याउन कांग्रेस सभापति शेरवहादुर देउवालगायतका नेता सकारात्मक रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर