दुर्गा प्रसाईंको अभियानलक्षित ओलीको चेतावनी- सरकार कानमा तेल हालेर बसे जनताले प्रतिवाद गर्छन्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकार बाहिरिएपछि देशको अर्थतन्त्र बेहाल अवस्थामा पुगेको बताएका छन् ।
विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामी सरकारबाट हटेको डेढ वर्षमा अर्थतन्त्र र सामाजिक अवस्था कहाँ पुग्यो हुर्नुस् त देशको बेहाल अहिले त अचम्म लाग्छ सरकारको नोटिसमा छ कि छैन ? सरकारले गराएको हो कि होइन ? एउटा, दुई हुँदै एक हुल मान्छे कुद्छ । के मान्छेलाई थपडी बजाउन पठाइन्छ । यो देश सार्वभौम सत्ता स्वतन्त्र राष्ट्र राख्नभन्दा विदेशीलाई बुझाइदियो भने साग सस्तो पाइन्छ । साइकल सस्तो पाइन्छ । कि यो देश राख्ने भन्छ। सरकार सुन्छ कि सुन्दैन ।’
उनले व्यवसायी दुर्गा प्रसाईंको अभियानलाई लक्षित गर्दै देशद्रोहीको संज्ञा दिए । ‘यो देशको सन्तान भन्न पनि नसुहाउने देशद्रोही कुरा गरेर मान्छे हिँडिरहेको छ । सरकारले लगाएको कि लगाउन लगाएको ? सरकार सुन्छ कि सुन्दैन । यही अभियानको जनताले प्रतिवाद गर्न नपरोस् । शान्ति सुव्यवस्था काम राख्न सरकारले ध्यान देओस् । होइन भने राष्ट्रियताको विरुद्ध जनताले प्रतिवाद गर्छ’ चेतावनी दिँदै भने ।
देशकाविरुद्ध क्याम्पेन हुँदा सरकारमा कानमा तेल हालेर बसेको आरोप लगाए । ‘लडेर बनाएको देश हो । लडेर बचाएको देश हो यो । यो देशको हावामा सास फेरेर। यस देशको पानी र अन्न खाएर यस देशमा जन्मिएको हुँ भन्ने एउटा मान्छे यो देश अर्कालाई जिम्मा लगाइदिउ कसरी भन्न सक्छ । यो क्याम्पेन कसरी लिएर हिँड्न सकेको । सरकार कानमा तेल हालेर कसरी कसेको छ’ उनले भने ।