चैत १० सम्म सरकार विस्तार हुन्छ: प्रधानमन्त्री (भिडिओ)
नेपाल प्रेस
२०७९ चैत ३ गते १६:२८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।
शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको चार दिनभित्र सरकारले पूर्णता पाउने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सरकार विस्तारको बारेमा छलफल गर्ने पनि बताए ।
‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको चार दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु’, उनले भने ।
प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार गर्न कुनै पनि अप्ठ्यारो नरहेको दाबी गरे ।
प्रतिक्रिया
One thought on “चैत १० सम्म सरकार विस्तार हुन्छ: प्रधानमन्त्री (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
कुन सालको चैत १० ? अब शुरू हुन्छ एमालेलाई धोका दिएको नतिजा ।