रवि र देवराजको ऐनामा नेपाली पत्रकारिता र पत्रकारको अनुहार
सभामुख देवराज घिमिरेले पत्रकार बिक्रीमा छन् (सायद सबैलाई भनेका होइनन् होला) भनेर पत्रकार महासंघकै केन्द्रीय नेतृत्वसँग भनेको विषय अहिले बहसमा छन् । सभामुखको अभिव्यक्तिबारे समाज मात्र होइन पत्रकार नै विभाजित देखिन्छन् । सामाजिक सञ्जालमा पत्रकारका स्टाटस र कमेन्टहरू हेर्दा कोही सभामुखले ठिकै भने भन्दैछन्,कोही विपक्षमा वक्तव्य दिइरहेका छन् ।
आजको मेरो प्रसंग सभामुखको अभिव्यक्तिसँग सम्बन्धित छैन । यो आलेख अलिक केही दिनअघि नै लेखिएको थियो । तर सम्पादकले किन हो कुन्नि ढिला गरेका हुनाले सभामुख घिमिरेको विवादित वा चर्चित अभिव्यक्तिपछि फेरि पठाइएको मात्र भएकाले पहिलेकै प्रसंगहरुमा विमर्श गरिएको छ ।
नेपाली पत्रकारिताबारे बेला–बेलामा प्रश्न नउठेको होइन। तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘फायर’ खालेपछि चाहिँ पत्रकारिताबारे अलि बढी नै चर्चा भइरहेको छ। सभामुख घिमिरेले त रवि लामिछानेका अभिव्यक्तिलाई हल्का ‘टचअप’मात्र दिएका हुन् ।
सामाजिक सञ्जालबाट सुरु भएको हल्ला–खल्ला जनस्तरमा त्यो पनि प्रत्यक्ष अन्तरक्रियासम्मै पुग्दो छ। सामाजिक सञ्जालदेखि चिया दोकान अनि मदिरालयसम्म ‘पत्रकारिताले विश्वास गुमायो, पत्रकार बिचौलिया भए’ भन्ने जमात सानो छैन। सञ्चार गृह र पत्रकार चाहिँ यस्ता आरोप वा लाञ्छनाको हत्तपत्त प्रतिवाद गर्न नसक्ने निम्छरो अवस्थामा छन्।
मिडिया सञ्चालक, सम्पादकीय नेतृत्व र पत्रकार पनि मान्छे नै भएकाले तीसँग मानवीय कमजोरी छन् भन्नेसम्म स्वीकार्न तयार छैन नेपाली प्रेस। किन? किनकि, मपाईंत्वले ऊ पनि बौलाएको छ। नेपाली प्रेस किन यो हदमा आइपुग्यो? किन यो आफ्नो आलोचना सुन्न पनि तयार छैन? यही गति र मतिले नेपाली प्रेसलाई कहाँ पुर्याउला? पाठक, श्रोता र दर्शककै विश्वास कायम नरहे यसले कसका लागि काम गर्ला?
माध्यम र नियत जे सुकै होस्, पत्रकारिताबारे जनस्तरले सुरु गरेको बहस सकारात्मक छ। यसले पत्रकारिता गलत बाटोमा भए सत्मार्गमा ल्याउन वा सत्मार्गमै भए परिष्कृत गर्न सहयोग नै गर्छ।
जनस्तरमा पुगेको बहसमा पत्रकारिताका मुख्य सरोकारवालालाई चाहिँ प्रत्यक्ष रुपमा मिसिएका छैनन्। मुख्य सरोकारवाला भनेका सञ्चार गृह (सञ्चालक), सम्पादकीय नेतृत्व (न्यूजरुम) नियमक निकाय (प्रेस काउन्सिल), पत्रकारसम्वद्ध संघ–संस्था (पत्रकार महासंघलगायत) र पत्रकार स्वयम् हुन्। यी सबै जारी बहसलाई ‘इग्नोर’ गरिरहेका छन्। उठेका प्रश्नप्रति असन्तुष्ट छन्। किन? किनकि, यी आफूलाई बहस वा प्रश्नभन्दा माथि सोच्छन्।
प्रश्नभन्दा माथि पत्रकार र पत्रकारिता ?
सञ्चारगृहका सञ्चालक, सम्पादकीय नेतृत्व वा पत्रकारले आफूलाई जे सोचे पनि वर्तमानमा ती उपर गम्भीर प्रश्न उठेका छन्। र, जनस्तरले खोजेको छ प्रश्नको स्पष्ट जवाफ। अनि, कमजोरी भए आत्मालोचनासहित सच्चिने प्रतिबद्धता। तर, नेपालको प्रेस आफू विरुद्ध उठेका प्रश्नको जवाफ दिन होइन प्रश्नै सुन्न तयार छैन।
बरु, ‘मविरुद्ध प्रश्न उठाउने?’ भनेर स्वार्थ साँधेर लेखिरहेको छ। सम्पादकहरु प्रश्न उठाउने व्यक्ति र आलोचक पाठकहरुलाई हुँडार,अरिंगाल,मास हिस्टेरिया जस्ता उपनाम दिएर हामी प्रश्नभन्दा माथि हौं र हामीबारे प्रश्न उठाउनेलाई ठाउँ को ठाउँ बाँकी राख्दैनौँ भन्ने ढंगबाट प्रस्तुत भइरहेका छन् ।
मिडिया सञ्चालक, सम्पादकीय नेतृत्व र पत्रकार पनि मान्छे नै भएकाले तिसँग मानवीय कमजोरी छन् भन्नेसम्म स्वीकार्न तयार छैन नेपाली प्रेस। किन? किनकि, मपाईंत्वले ऊ पनि बौलाएको छ। नेपाली प्रेस किन यो हदमा आइपुग्यो? किन यो आफ्नो आलोचना सुन्न पनि तयार छैन? यही गति र मतिले नेपाली प्रेसलाई कहाँ पुर्याउला? पाठक, स्रोता र दर्शककै विश्वास कायम नरहे यसले कसका लागि काम गर्ला? गहन छलफल गर्नुपर्ने प्रश्न छन्। तर, छलफल छैन। छलकपट मात्रै छ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि बजार केन्द्रित हुन थालेको पत्रकारितामा राम्रो लगानीसहित ‘कर्पोरेट’ समूहको प्रवेश भयो। यो समूह जनतालाई सुसूचित गर्ने होइन फरक प्रकृतिको व्यापार गर्ने उद्देश्यले सञ्चारगृहमार्फत् पत्रकारितामा छिरेको थियो। यही समूह आएपछि नेपाली पत्रकारिताले संख्या र गुणको फड्को चाहिँ मा¥यो।
नागरिक राज्यसँग असन्तुष्ट छन्। सरकारसँग बिरक्तिएका छन्। राजनीतिक नेतृत्वप्रति बेखुस छन्। न्यायालयप्रति अविश्वास जताइरहेका छन्। यिनै पृष्ठभूमि बाँधेर केही स्वघोषित वरिष्ठ पत्रकार चाहिँ समग्रताको असन्तुष्टि पत्रकारिताप्रति पनि व्यक्त भएको हो, खासै चिन्ता गर्नु पर्दैन भनेर अर्ती दिइरहेका छन्।
तर, मलाई लाग्दैन यो समग्रताकै असन्तुष्टिको सानो अंश मात्र हो। जसलाई हाँसेरै पचाइदिनू पर्छ। खसमा पत्रकारिताप्रति अहिले उठेका प्रश्न र जारी बहसले हामीलाई स्वसमीक्षाको उपयुक्त मौका दिएको छ। मौका समात्ने कि छोड्ने हाम्रै हातमा छ।
पत्रकारितामाथि यसरी प्रश्न उठ्नु र यो क्रमशः अविश्वसनीय हुनुका केही खास कारण छन्। जसको चर्चा योसहित आउँदा केही आलेखमा गरौँ कि भनेर सोचेको छु। यो आलेखमा चाहिँ सबैभन्दा आश्रित मुख्य दुई समूह (सञ्चार उद्यमी र पत्रकार)ले पत्रकारिताको हुर्मत कसरी लिइरहेका छन् भन्नेबारे केन्द्रित हुने छु।
(१) सञ्चार उद्यमीः स्वार्थका भकारी
हामीमध्ये अधिकांश सोच्छौं– ‘सञ्चारमाध्यम त जनतालाई सुसूचित गर्न खुलेका हुन्। यिनको अरु स्वार्थ के होला र?’ सोचाइ गलत पनि होइन। किनकि, सञ्चारमाध्यम जनतालाई सूचना दिन र उनीहरुका आवाज मुखरित गर्न खोलिएका हुन्। र, सूचना प्रवाहको सेवाबाहेक यिनको स्वार्थ हुन्न् भन्ने ‘माइण्डसेट’ छ स्रोता, पाठक र दर्शकको।
तर, जनतालाई सुसूचित गर्ने उद्देश्यमा मात्रै कुनै सञ्चारमाध्यम खुलेका वा सञ्चालित होलान? एकपटक सोच्नुस् त! छैनन। किनकि, यो वैश्य युगमा विशुद्ध वा स्वार्थरहित जनसेवा त्यो पनि सूचना प्रवाहको संभव नै छैन। संसारमा त्यस्ता दानी पनि छैनन्, जो आफ्नो सम्पक्ति खर्चिएर केही स्वार्थ नराखी जनतालाई सूचना पस्कुन! जनतालाई सुसूचित गर्न पत्रकारिता मात्रै गर्छु भन्ने कुनै सञ्चार संस्था होलान्? एक, दुई, तीन छैनन्।
२०४६ सालको राजनीतिक परिवर्तनपछि बजार केन्द्रित हुन थालेको पत्रकारितामा राम्रो लगानीसहित ‘कर्पोरेट’ समूहको प्रवेश भयो। यो समूह जनतालाई सुसूचित गर्ने होइन फरक प्रकृतिको व्यापार गर्ने उद्देश्यले सञ्चारगृहमार्फत् पत्रकारितामा छिरेको थियो। यही समूह आएपछि नेपाली पत्रकारिताले संख्या र गुणको फड्को चाहिँ मार्यो।
सूचना दिएर जनताको सेवा गरेकोजस्तो देखिने, लगानीको स्रोतमा हत्तपत्ति प्रश्न नउठ्ने, सञ्चालक हुँदा स्वतः शक्ति केन्द्र बन्दा समाजमा रवाफ बढ्ने, आफू जस्तो भएपनि अरुलाई निस्फिक्री प्रश्न गर्न पाइने र व्यापार पनि फरक खालको हुने भएकाले मिडियामा कर्पोरेट समूह प्रवेश गर्यो। जुन बेलादेखि स्वार्थसहित कर्पोरेट समूह मिडियामा छि¥यो, त्यही बेलादेखि पत्रकारिताको ‘स्वतन्त्रता’ छिनियो।
यो वैश्य युगमा पत्रकारिता ‘पूर्णव्यावसायिक’ भइसक्यो। अर्थात्, यो ‘अर्थ÷बजार’को नियन्त्रणमा गइसक्यो। पूर्णव्यावसायिक भएकै कारण सञ्चार क्षेत्र सेवामूलक उद्योगका रुपमा स्थापित त भयो। तर, त्यही पूर्ण व्यवसायिकताले सञ्चारकर्म वा पत्रकारिताको नाभीमै प्रहार ग¥यो। सेवामूलक उद्योगले सूचनाको सेवा छोड्यो, बजारको स्वार्थ बोक्यो। सञ्चारगृहका लगानीकर्ताले पनि पत्रकारिताको मर्मलाई पैसाले बिटुल्याइदिए।
सञ्चार क्षेत्र लगानीका हिसाबले आफैंमा सुरक्षित क्षेत्र होइन। तरपनि, लगानीकर्ता थपिएकै छन्। नयाँ–नयाँ सञ्चार संस्था खुलेकै छन्। किन?
साना–ठूला प्रायः सबै सञ्चार उद्यमी स्थापनादेखि नै आफ्ना सञ्चार संस्था घाटामा रहेको गुनासो गर्छन्। ऋणमा डुबेको पिरालो सुनाउँछन्। तर, निरन्तर घाटा व्यहोर्दा पनि सञ्चारगृह चलाउने ‘ठेक्का’ चाहिँ छोड्दैनन्। किन?
किनकि, यहाँ दृश्य आम्दानीको स्रोत (विज्ञापन) मात्र छैन। अदृश्य स्वार्थका स्रोत पनि छन्।
सञ्चारगृहको मालिक हुनसाथ स्वतः प्राप्त हुने फाइदा छन्। सञ्चार उद्यमीका रुपमा समाजले दिने प्रतिष्ठा, राज्यका निकाय र विशिष्ठ अधिकारीसम्मको पहुँच, राजनीतिक नेतृत्वसँगको सहज उठबस, मन परेका विषय÷पात्रको खुला पैरवी र नपरेकाको तेजोबध तथा आम्दनीका अदृश्य स्रोतसँग सौदाबाजी।
मूलधारका भनिने अधिकांश सञ्चारगृह शक्तिसम्मको पहुँच विस्तार, बोकाइएका एजेण्डाको वकालत र मन नपरेका पात्रको बद्ख्वाँइ गर्नुलाई पत्रकारिता ठान्छन्। यि तीन कुराको आडमा अदृश्य आम्दानीका स्रोतसँग बार्गेनिङ गर्नु नेपाली पत्रकारिताको मूल चरित्र हो।
कहिल्यै नाफा नहुने भनिएको सञ्चारमाध्यममा सञ्चालकले कहाँबाट ल्याएर वर्षौदेखि पैसा खन्याइरहेका छन्? कैयौं वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको भनिएका कुनै न कुनै सञ्चालकको त अहिलेसम्म उठिबास लागिसक्नु पर्ने होइन?
खासमा सञ्चारगृहको आडमा सञ्चालक बैध/अबैध विविध धन्दा गर्छन्। सञ्चारमाध्यम दुरुपयोग गरेर व्यक्तिगतरुपमा आर्थिक लाभ लिन्छन्। फलतः संस्था दुब्लाउने र सञ्चालक मोटाउने क्रम निरन्तर छ। अधिकांश सञ्चार उद्यमीको सञ्चारगृह देखाउने दाँत हो।
कोरोनाकालमा सञ्चारगृहले सरकारले दिएको सुविधाअनुसार बैंकबाट दुई प्रतिशत ब्याजको सहुलियत ऋण लिए। तर, लगानी चाहिँ गैर–सञ्चार क्षेत्रमा गरे। सरकारले पनि कहाँ लगानी गरिस् भनेर सोधेन/खोजेन। खोज्यो भने पनि यिनले प्रेस स्वतन्त्रतामा प्रहार गरियो भनेर झ्याली पिट्छन्।
मूलधारका भनिने सञ्चारमाध्यमका सम्पादकले पत्रकारिताको धर्मभित्र रहेर नुनको सोझो मात्रै गरिदिएको भएपनि नेपालको प्रेस यति धेरै अविश्वसनीय र प्रश्नको घेरामा हुने थिएन । सम्पादकले नुनको सोझो होइन, नुन नै खाइदिए। अर्थात्, पत्रकारितालाई साहुजीकै पाउमा लगेर चढाइदिए ।
रवि लामिछानेले नामै किटेर केही सञ्चार उद्यमी र पत्रकारविरुद्ध आरोप लगाए, टिप्पणी गरे। तिमध्ये एकाधले स्पष्टीकरणको लागि विज्ञप्तिको साहरा लिए। र, आफू दूधले नुहाएको झैं दाबी गरे। तर, कुनै पनि सञ्चार उद्यमी वा पत्रकार ‘मेरो मानहानी भयो, न्याय पाऊँ’ भन्दै अदालत गएनन्। किन? किनकि, रविको आरोप वा टिप्पणीमा सत्यता थियो। खराब पात्रले हत्तपत्ती सत्यताको परीक्षण गर्न चाहाँदैन।
सञ्चार उद्यमीका स्वार्थ र चलखेल थाहा नपाएको जमात अझै पनि सूचना दिएर सञ्चारगृहले समाजलाई गुन लगाएको ठान्छ। उसलाई स्वार्थहीन जनसेवी सम्झन्छ। लोकतन्त्रको मसिहा, समाजको ऐना, नागरिकको आवाज ठान्छ। तर, यो बैश्य युगमा यि सब भन्ने कुरा हुन। गर्ने त, सञ्चारगृह देखाएर शक्तिको अभ्यास र बैचालिया धन्दा नै हो। जहाँबाट मनग्य अदृश्य आम्दानी होस्। कुनस्तरको बिचौलिया भन्ने चाहिँ सम्बन्धित सञ्चारगृहको आकारले निर्धारण गर्दो रहेछ। कोही दुई÷चार लाख लिन्छन् कोही निःशुल्क सेयर।
तपाईं आफूले चिनेका सञ्चार उद्यमी के–के गर्छन् सोच्नुस् त, धेरै खुरा खुलिहाल्छ! नचिनेको, नदेखेको र उनीहरुबारे धेरै कुरा बाहिर नआउने भएकाले मात्रै हो हामी उनीहरुले समाजलाई सकारात्मक योगदान नै पु¥याइरहेका होलान् भन्ने ठान्छौं। सञ्चार उद्यमीको स्वार्थ बुझेपछि तिनले ‘ठेक्का’मा लिए झैं गरेको पत्रकारिताबारे धेरै भ्रम टुट्छ। पछिल्लो बहसले त्यस्ता धेरै भ्रम टुटाउँदै लगेको छ। जुन पत्रकारिताको शुद्धिकरण, सुदृढिकरण र जनविश्वास पुनःस्थापित गर्न आवश्यक छ।
(२) सम्पादकः एजेण्डाका शिकारी
सञ्चार उद्यमी आफ्नो उद्देश्यमा स्पष्ट छन्, शान–सौकतसहित शक्तिमै रहेर दृश्य÷अदृश्य स्रोतबाट पैसा कमाउने। तिनलाई पत्रकारिताको ‘इथिक्स’ र आफ्नो उद्देश्यले समाजमा पार्ने प्रभावबारे खासै चासो र चिन्ता पनि छैन। उद्देश्यमा स्पष्ट भएपछि मान्छेले सहयात्री पनि सोहीअनुसारको खोज्छ। सञ्चार उद्यमीले सम्पादक खोज्छन् त्यस्तै।
केहीअघि यूएसआइडीका प्रमुख नेपाल आइन्। उनी नेपालमा रहँदा शीर्ष वरियताकै टेलिभिजनको प्राइम न्यूजमा उनका गतिविधि हेडलाइनकै प्राथमिकतामा पर्यो। जबकि, त्यो त्यति धेरै महत्त्व दिनुपर्ने सन्दर्भ थिएन। पछि थाहा भयो, सो टेलिभिजनका सम्पादकको खेतीपाती यूएसआइडीकै सहयोगमा चलिरहेको रहेछ।
पत्रकारिताका अध्यापक लेखनाथ पाण्डेले केहीअघि ठूला हाउसका काम गरिसकेका एक सम्पादकले सुनाएको भन्दै ट्वीटरमा लेखेका छन्–
‘साहुजीहरु अक्सर यस्ता सम्पादकको खोजीमा हुन्छन्, जसको उच्च नेता (व्यापारी पनि)सँग उठबस होस्। र, परेका बेला आफूलाई भेट मिलाउन सकोस्। साहुहरुका यस्ता चासोमा ध्यान दिन नसक्नेहरु सम्पादक बन्न मुस्किल छ, बने पनि टिक्न।’
पाण्डेले अरुबाटै उधृत गरेको यो अभिव्यक्तिले नेपाली पत्रकारिताको यथार्थ बोल्छ।
मूलधारका भनिने सञ्चारमाध्यमका सम्पादकले पत्रकारिताको धर्मभित्र रहेर नुनको सोझो मात्रै गरिदिएको भएपनि नेपालको प्रेस यतिधेरै अविश्वसनीय र प्रश्नको धेरामा हुने थिएन्। सम्पादकले नुनको सोझो होइन, नुन नै खाइदिए। अर्थात्, पत्रकारितालाई साहुजीकै पाउमा लगेर चढाइदिए।
साहुजीले बजार र सम्पादकले साहुजी मात्रै हरेपछि पत्रकारिता जहाँ पुग्नु पर्ने थियो, पुग्यो। यसमा धेरै रोइकराई गर्नुपर्ने कुरै छैन। जे रोपिएको थ्यो, त्यही फलेको न हो!
केही वर्ष साना–ठूला न्यूजरुममा बिताएको मेरो अनुभवले भन्छ, अधिकांश सञ्चारमाध्यमको ‘कन्टेन्ट’ साहुजीको ‘ठोक्ने’ र सम्पादकको ‘बोक्ने’ मोहले निर्धारण गर्छ। साहुजी ठोक्दा वार्गेनिङ गर्न पाइन्छ भन्ने सोच्छन। र, सम्पादक कसैको एजेण्डा ‘बोक्दा’ अदृश्य आम्दानी हुन्छ भन्ने ठान्छन्। दुबैको मुख्य ध्येय चाहिँ अदृश्य आम्दानी नै हो।
अहिलेका मूलधार भनिने अधिकांश मिडियाका सम्पादकको मुख्य काम हो, शक्ति केन्द्र/व्यापारीसम्म साहुजीको पहुँच बनाइदिनु, उसको दृश्य/अदृश्य व्यापारलाई प्रोत्साहित गर्नु र ‘तपाईंको बारेमा त यस्तो आयो नि!’ भनेर पहिलो तहको बार्गेनिङ गर्नु। यसबाहेक दल, दूताबास र विकास साझेदार/आइएनजीओ धाएर कन्टेन्ट (एजेण्डा) बटुल्नु।
केहीअघि यूएसआइडीका प्रमुख नेपाल आइन्। उनी नेपालमा रहँदा शीर्ष वरियताकै टेलिभिजनको प्राइम न्यूजमा उनका गतिविधि हेडलाइनकै प्राथमिकतामा प¥यो। जबकि, त्यो त्यतिधेरै महत्व दिनुपर्ने सन्दर्भ थिएन। पछि थाहा भयो, सो टेलिभिजनका सम्पादकको खेतीपाती यूएसआइडीकै सहयोगमा चलिरहेको रहेछ।
साहुजीका कारण सम्पादकले विवेक बन्धकी राख्छन् र सम्पादकका कारण पत्रकारले। सम्पादकलाई साहुजीको र पत्रकारलाई सम्पादकको चाकडी गर्नु छ, केबल जागिर जोगाउन। सन्तुलित उत्कृष्ट ‘कन्टेन्ट’ पस्किएर सञ्चारमाध्यमलाई विश्वसनीय बनाउने उद्देश्य न साहुजीको छ, न सम्पादकको या न रिपोर्टरकै।
साहुजीको स्वार्थ र कसैले बोकाएको एजेण्डाबाहेक सम्पादकले ‘कन्टेन्ट’ डिजाइन कि त लहडमा गर्छ कि त सामाजिक सञ्जाल पछ्याएर। अधिकांश न्यूजरुममा नीति बन्दैन। योजना बन्दैन। ‘कन्टेन्ट’को प्राथमिकता निर्धारण हुँदैन।
मैले गतिलोसँग काम गर्न नपाएको हो कि सबै सम्पादक औसतका भएर हुन्, करिब दुई दशकको पत्रकारिता अभ्यासमा कुनै पनि सम्पादकको नीति, योजना र कार्यक्रमको दस्तावेज देख्ने÷पढ्ने अबसर पाइन। न्यूजरुम क्यालेण्डर बनाउने ल्याकत भएका सम्पादक भेटिन। ‘कन्टेन्ट’ डिजाइन के हो र कसरी गर्ने भनेर न्यूजरुममा प्रष्टसँग बताउन सक्ने सम्पादक पाइन।
जे जति सम्पादक व्यहोरे ति सबै न्यूजरुममा ‘म साहुजीको प्रतिनिधि हुँ, कि साहुजीले भनेको हुन्छ कि मैले’ भनेर फूर्ति लगाउँथे। साहुजीको ‘पपेट’ सम्पादक हुनुमै गौरव गर्थे। ‘सनक’मा एसाइन गरेर कि कसैलाई ठोक्न लगाउँथे कि कसैलाई बोक्न। अनि, बन्थे बेसन्दर्भमा असन्तुलित समाचार। जसलाई दर्शक, स्रोता र पाठकले पत्याइदिनु पर्यो। अहिले पनि अधिकांश न्यूजरुमको हात यस्तै छ।
अपवादबाहेक अधिकांश सम्पादक समाचारको ‘एंगल’ (कोण) र ‘लिड’ नै दिएर दायाँ–बायाँ नगर्ने चेतावनीसहित पत्रकारलाई रिर्पोटिङमा पठाउँछन्। र, वास्तविकता जे भए पनि रिपोर्टर धुमाई–फिराई सम्पादकले दिएकै कोण र लिडमा समाचार लेख्छन्।
कुनै बेला सन्ध्याकालिन दैनिकका प्रकाशक/सम्पादक कृष्ण प्रसाद गौतम (माइला) पहिले नै शीर्षक दिएर समाचार लेख्न लगाउँथे रे। अहिले मूलधारका अधिकांश मिडियामा त्यही अभ्यास छ। किनकि, रिपोर्टरलाई स्वतन्त्रपूर्वक लेख्न दिँदा त समाचारले सम्पादकको कोण समाउँदैन।
एउटा सम्पादक विधि, पद्दति, नियम, कानून पालना गर्नुपर्ने समाचार बनाउन लगाउँछ। तर, न्यूजरुममै विधि, पद्दती बसाल्न सक्दैन्। दलहरुमा अध्यक्ष मात्रै सर्वेसर्वा भनेर रिपोर्टिङ गर्न लगाउँछ। तर, आफ्नै न्यूजरुममा अरुलाई बोल्न दिँदैन, आफैं सर्वेसर्वा हुन्छ।
कुरा कलाकार पल शाह कारागारबाट रिहा हुँदै गरेको दिन (सोमबार)को रहेछ। उनका सम्पादकले न्यूजरुम मिटिङमा चेतावनी दिएछन्, ‘खबरदार बलात्कारीको न्यूज हालौला !’
उता पल शाह अभियोग प्रमाणित नभएपछि रिहा हुँदै थिए, यता सम्पादकले बलात्कारी करार मात्रै गरेनन् न्यूज प्रसारण गर्नसमेत दिएनन्।
फरक मत राख्न खोज्नेलाई हर्काछ। लागेको बोल्न र गर्न त सम्पादक हुनुपर्छ भनेर खिस्याउँछ। न्यूजरुमलाई सामूहिक छलफलको थलो बनाउन नसक्ने÷नचाहने सम्पादक लोकतन्त्र र सहभागितामूलक प्रतिनिधित्वको चर्का कुरा गर्छ। क्या विरोधाभाष छ !
संसारमा केही र कोही पनि स्वतन्त्र र निष्पक्ष हुन्न। पत्रकारिता झन् हुनै सक्दैन। पत्रकारिता हुनुपर्ने सन्तुलित चाहिँ हो। तर, सन्तुलनको सामान्य सिद्धान्त पनि सम्पादकले बिर्सिए। कसैलाई खेद्नु परेको छ भने खेदिने पक्ष समाचारमा कतै अट्दैन।
लोकमानसिंह कार्की, चालेन्द्र शम्सेर राणा, रवि लामिछाने, सन्दीप लामिछाने, पल शाह आदिको प्रकरणमा न्यायाधीश झैं फैसला गरेर सम्पादकले एकांकी कथा पस्किरहे। कार्की, राणा र लामिछानेद्वयलाई अछुतको व्यवहार ग¥यो नेपाली प्रेसले।
कानूनले नै आरोपित वा अभियुक्तलाई समेत आफ्नो कुरा राख्ने सुविधा दिएको छ। तर, प्रेसले त्यो सुविधा पनि दिँदैन। अपराधी करार गरेर सामाजिक प्रतिष्ठा वा व्यक्तिगत जीवन बर्बाद पारिदिन्छ।
यही सन्दर्भमा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालको टिप्पणी सान्दर्भिक हुन्छ। उनी ट्वीटरमा लेख्छन्– ‘अचेल धेरैमा आफैंलाई न्यायाधीश बनाउने रोग फैलिएको छ। अझ प्रेस जगत त झन् बढि डढेलो सल्काउन पो लागिरहेको छ। ऋभियोग लागेकालाई अपराधि गरार गर्न त अदालतले मात्र सक्छ। तर, यहाँ प्रहरी र सरकारी वकिल नै अन्तिमजस्तो ठान्न थाले।’
मूलधारका अधिकांश सम्पादक सम्पादकीय र लेखबाहेक के सामग्री प्रकाशन÷प्रसारण गरेको हो भनेर छुट्याउँदैनन। समाचार, समाचार विश्लेषण, टिप्पणी, व्यंग आदिको भिन्नता सम्पादकलाई थाहा नभएर हो वा पाठक, दर्शक र स्रोतालाई मुर्ख ठानेर प्रष्ट पार्दैनन्। त्यसैले हरेक सामग्रीलाई समाचार नै ठान्दिनु पर्छ। के पस्किदै छु भन्नेसमेत हेक्का नराख्ने सम्पादक दर्शक, स्रोता वा पाठकले जेलाई पनि समाचार नै बुझे भनेर रोइलो गर्छन् फेरि।
‘समय समाप्त’ फेसबुक खातामा अहिलेका सम्पादकबारे रोचक बँुदा लेखिएको छ। भाषा अलि व्यंग्यात्मक जस्तो लागे पनि चरित्र चित्रण सम्पादक सुहाउँदो छ। सोसल मिडिया खुबै चहार्ने अहिलेका ‘सम्पादक’ भनेर त्यहाँ लेखिएको छ–
१) सोसल मिडियामा गरिएका अनुमान र टिप्पणी हुबहु साभार गरेर आफ्नो विश्लेषण जसरी सुनाउँछन्। र, अनि भन्छन्–‘न्यूजरुप हाँकेपछि सूचना त लिनै पर्यो नि!’
२) सोसल मिडियामा आएका पाङ न पुच्छरका विषय र सन्दर्भलाई समाचार बनाउन लगाउँछन्। र, भन्छन्– ‘यो गज्जबको इस्यू हो है!’
३) अरु मिडियामा आएका इस्यु, जुन सोसल मिडियामा सेयर भएपछि थाहा पाउँछन्। र, त्यही गर्न भन्छन्। अरुले नै सुरु गरेको इस्युको ‘फलोअप’ गराउँछन्। अनि भन्छन्– ‘इस्यु चाहिँ नयाँ–नयाँ निकाल्नु पर्छ है!’
४) आफूलाई मन परेको पात्रलाई ‘बोक्न’ र मन नपरेकोलाई ‘ठोक्न’ लगाउँछन्। सन्दर्भ र तथ्य चाहिँ हुनु पर्दैन। अनि भन्छन्–‘न्यूजमा सन्दर्भ र तथ्य चाहिँ चाहिन्छ है!’
५) व्यक्तिगत रुपमा स्ट्याटस लेख्दा पनि सोच्नु पर्ने ताइनतुइको सन्दर्भ र विषयमा पनि न्यूज बनाउन लगाउँछन्। अनि भन्छन्–‘इस्यु चाहिँ अलि वजनदार हुनुपर्छ है!’
६) सञ्जालमा लेखे झै न्यूजमा पनि कुन्ठा र आक्रोश व्यक्त गर्नुपर्छ भन्छन्। लेखाइ उ बेलाको साप्ताहिकको जस्तो होस् भन्ने ठान्छन्। र, भन्छन्– ‘मर्यादाको चाहिँ ख्याल गरौं है!’
७) सामाजिक सञ्जालमा, सूचनामा अरुको पनि पहुँच छ। घटना, सन्दर्भको जानकारी अरुलाई पनि हुन्छ। र, तिनले पनि विश्लेषण गर्छन् भन्ने ख्याल नगरी बासी सूचना दिन्छन् । र, भन्छन्–‘स्रोतले दिएको सूचना हो, लेख्न हतार चाहिँ नगरौं है!’
साहुजीका नाजायज स्वार्थ रोकेर पत्रकारिताको ‘इथिक्स’ बचाउनु पर्ने सम्पादक आफैं आधारभूत धर्मबाट च्यूत भएर स्वार्थको भारी बोक्दै दौडिएपछि पत्रकारिता यस्तै अविश्वसनीय हुनु र प्रश्नको धेरामा पर्नु थियो, प¥यो। पत्रकारिता जानेको, बुझेको ठानिने सम्पादकले नै पत्रकारिताको हुर्मत लिएपछि यो नासियो, बिग्रियो भनेर रोइलो गर्नुको के तुक?
ढोकापाले नै खराब परेपछि ओहोर–दोहोर कसले नियन्त्रण गर्ने?
(ग) रिपोर्टरः सम्पादकका बफादारी
सम्पादकले समाचारको ‘कोण’ र ‘लिड’समेत दिएर रिपोर्टिङमा पठाएपछि रिपोर्टरले ल्याउँछ के, सम्पादकको उद्देश्य पूर्ति गर्ने समाचार होइन? सम्पादक ‘इस्यू’ मात्र होइन ‘एंगल’ नै बोकाएर पठाउँछन् उता ‘स्रोत’ले तथ्यभन्दा बढि गफ बोकाएर फिर्ता पठाउँछ। सम्पादक र स्रोतको भरिया (पोर्टर) मात्रै भइरहेका छन् अधिकांश रिपोर्टर। ‘ले’ भनेको ल्याउँछन् ‘दे’ भनेको लेख्छन्।
रि(पोर्टर) नै दर्शक, स्रोता र पाठकको सबैभन्दा बढि गाली खानेमा पर्छन्। किनकि, सम्पादकको आदेशअनुसार तिनै एकपाखे रिपोर्टिङ गर्छन। र, अविश्वसनीय समाचार लेख्छन्।
वास्तवमा अहिलेका अधिकांश न्यूजरुममा रिपोर्टरको खासै मूल्य छैन। किनकि, तिनले चाहेको विषय र कोणमा विवेकसहित न त रिपोर्टिङ गर्न पाउँछन्, न समाचार लेख्न। तिनले गर्ने भनेको सम्पादकको आदेशको तामेली मात्रै हो। आदेशको जवाफ हुँदैन भन्नेबाहेक ति धेरै कुरा बुझ्दैनन्।
नाम चलेकै एक टेलिभिजनका राम्रै रिपोर्टरले मलाई एक दिनको आफ्नो न्यूजरुम मिटिङबारे सुनाए।
रवि लामिछानेको नागरिकता विवाद जारी रहेकै बेलाको एकदिन प्रधानसम्पादकले फर्मान जारी गरेछन्, ‘रवि लामिछानेविरुद्ध यो–यो कुरा राखेर न्यूज लेख्नु । नलेख्ने भए जागिर छोड्नु। त्यो अपराधिको न्यूज लेख्न कसैले पनि हात कमाउनु पर्दैन।’
अदालतमा मुद्दा जारी रहँदै ति प्रधानसम्पादकले रविलाई अपराधि करार गरेर त्यहीरुपमा चित्रणसहित न्यूज बनाउन आदेश दिएका रहेछन्।
विचरा, ति रिपोर्टरले कस्तो न्यूज बनाए होलान्, कल्पना गर्नुस्।
यो वैश्य युगमा पत्रकारिता ‘पूर्ण व्यावसायिक’ भइसक्यो। अर्थात्, यो ‘अर्थ/बजार’को नियन्त्रणमा गइसक्यो। पूर्ण व्यावसायिक भएकै कारण सञ्चार क्षेत्र सेवामूलक उद्योगका रूपमा स्थापित त भयो। तर, त्यही पूर्ण व्यावसायिकताले सञ्चारकर्म वा पत्रकारिताको नाभिमै प्रहार गर्यो।
टेलिभिजनमै काम गर्ने अर्का भाइले पनि आफ्नो न्यूजरुममा व्यक्त भँडास सुनाए हिजो मात्रै।
कुरा कलाकार पल शाह कारागारबाट रिहा हुँदै गरेको दिन (सोमबार)को रहेछ। उनका सम्पादकले न्यूजरुम मिटिङमा चेतावनी दिएछन्, ‘खबरदार बलात्कारीको न्यूज हालौला!’
उता पल शाह अभियोग प्रमाणित नभएपछि रिहा हुँदै थिए, यता सम्पादकले बलात्कारी करार मात्रै गरेनन न्यूज प्रसारण गर्नसमेत दिएनन्।
वर्षभरी पललाई बलाकार अभियुक्त दाबी गरेको मिडियाले उनी अभियोग मुक्त भएको न्यूज चाहिँ दिएन रे।
हो, सञ्चारमाध्यमले दिन मन लागेका, जति दिँदा फाइदा हुन्छ त्यति मात्रै न्यूज दिन्छन्। अनि, दर्शक, स्रोता र पाठक चाहिँ दिएको जति मात्रै सत्य हो भन्ने ठान्छन्। लुकाएको न्यूज तिनलाई के थाहा!
रिपोर्टरले सत्य र सन्तुलित न्यूज दिन खोज्दा सम्पादकले रोक्छ। सम्पादकले दिन खोज्दा सञ्चालकले रोक्छ।
खारिएकी पत्रकार बिनु सुवेदीले माघ २३ गते ट्वीट गरेकी रहेछिन्–
‘लेख्दा–लेख्दै रोकिएका समाचारको सम्झना गर। पत्रकार पत्रकारकै कित्तामा उभिएर सोच। ….. भन्दा असल होईनन, वार्गेनिङ गर्ने साहुजीहरू।’
रवि लामिछानेले मिडियाप्रति ‘फायर’ खोलेपछि बिनुले गरेको यो ट्वीटले भन्छ– पत्रकार (रिपोर्टर) नै न्यूज लेख्न स्वतन्त्र छैनन्। लेख्दा–लेख्दैको समाचार रोक्न लगाएर साहुजीहरु ‘वार्गेनिङ’ गर्छन्।
उम्दादेखि सिकारु सबै पत्रकार (रिपोर्टर) यो समस्यामा परिसकेका छन्। नवआगन्तुक पनि पर्छन नै। पत्रकारिता क्षेत्रमै टिकिरहनुपर्ने बाध्यताका कारण उनीहरुले सार्वजनिकरुपमा व्यक्त नगरेका मात्र हुन्। लेख्न नदिएका, लेख्दा–लेख्दै रोकिएका र लेखेर साहुजीले कमाई गरेका न्यूजका कथा रिपोर्टर नै पिच्छे छन्।
पहिला रिपोर्टिङ पठाएर ‘तपाईंको त यस्तो रहेछ नि …’ भनेर साहुजीका तर्फबाट वार्गेनिङ गर्ने सम्पादक प्रशस्त छन्। वार्गेनिङको पैसा लिन हतारिएर साहुजी नै गएको पनि देखेको छु।
साहुजीको निर्देशनमा निरन्तर समाचार सामग्रीको तारो बनिरहेका व्यापारीले दिउँसैको एउटा सार्वजनिक जमघटमा भनिदिए– ‘भाइ, तपाईंले निकै मेहनत गर्नुभएको थियो, अब पर्दैन। तपाईंको ….सँग (साहुजीको नाम लिएर) हिसाब मिलाइसके।’
उनले साहुजीलाई दिएको चेकको फोटो मोवाइल निकालेरै देखाए पनि। लज आफूलाई भयो।
त्यसपछि साहुजीले त्यो विषय र पात्रमा न्यूज बनाउनु प¥यो भनेर कहिल्यै भनेनन्।
साहुजी र सम्पादकले रिपोर्टरलाई कसरी प्रयोग गर्छन् भन्ने विशेष घटना र उदाहरण सबै पत्रकारसँग छन्। भविष्यमा तिनले इमानका साथ आत्मकथा लेखे भने जरुर पढ्न पाइन्छ।
सम्पादकलाई चाहेको विषय उठाउन दिँदैनन् साहुजी। रिपोर्टरलाई चाहे जसरी रिपोर्टिङ गर्न दिँदैनन् सम्पादक। अर्थात्, समाचार उत्पादक दुबै पक्ष साहुजीको कोपभाजनमा छन्। अनि, चाहेको गर्न र लेख्न नसक्ने दुबै सडकमा ओलिएर चाहिँ चर्को स्वरमा नारा लगाउँछन्– प्रेस स्वतन्त्रता जिन्दावाद! पत्रकारलाई लेख्न र बोल्न दे!
यो पत्रकारिताका नाममा भइरहेको अर्को मजाक हो।
रिपोर्टरको कुरा गर्दा उठाउनै पर्ने सन्दर्भ हो– पछिल्लो समय ‘स्रोत’वाला समाचारको बाढी किन आइरहेको छ? यसबारे चियागफ गर्दा छापा÷अनलाइनका केही रिपोर्टरले मुख्य तीन कुरा औंल्याए।
पहिलो– छिटो न्यूज दिनुपर्ने प्रतिस्पर्धा। दोस्रो– सम्पादकले नै निश्चित गरिदिएको समाचार कोण। र, तेस्रो– नाम उल्लेख गर्नै नचाहने व्यक्तिगत प्रबृत्ति।
तेस्रो– पत्रकारिताको प्रचलित अभ्यासै हो। सायद, सहुलियत पनि। तर, त्यही अभ्यासको फाइदा पहिलो र दोस्रो सन्दर्भमा पनि लिने प्रबृत्तिले रिपोर्टर समाचार कम ‘मनोवाद’ बढि लेख्छन् अचेल।
सामान्य सूचना पस्केको छ, त्यो सूचना दिँदा दिनेको केही हानी–नोक्सानी हुने पनि होइन तर, समाचारमा सूचना दिनको नाम हुँदैन ‘स्रोत’ हुन्छ। किन?
‘किनकि, सम्पादकले दिएको कोण पुष्टि हुने गरी अधिकांशले नबोल्ने भएकाले स्रोत भन्नु परेको हो। बोलिहाल्नेले पनि नाम उल्लेख नगर्न भन्छन्’, एक मित्र पत्रकारले बताए। (बताउने मित्रको नाम लेख्दा उनलाई अप्ठ्यारो पर्ला भनेर नलेखेको हुँ)
रिपोर्टरले बताउनेको भन्दा समाचारको कोणअनुसार आफ्ना कुरा लेख्ने भएकाले पनि जो कोही नाम उल्लेख गर्न चाहाँदैनन् अचेल। केहीअघि आफूले भन्दै नभनेको कुरा लेखिएको भन्दै संविधानविद् भीमार्जुन आचार्यले सामाजिक सञ्जालमै गुनासो गरेका थिए।
कुराकानीका क्रममा केही पत्रकारले भने– ‘हामी त अत्यावश्यक पर्दा मात्र ‘स्रोत’ लेख्छौं। समाचार सम्पादकले आफ्ना दृष्टिकोण, विचार वा धारणा घुसाउन स्रोत शब्दकै दुरुपयोग गरिदिन्छन्। समाचार लेख्दा होइन सम्पादन गर्दा बढि स्रोतको प्रयोग हुन्छ।’
पत्रकार विजयकुमारले फागुन ९ गते एक नेताले भन्दै थिए भनेर गरेको ट्वीटले पनि ‘स्रोत’को आतंक कतिसम्म छ भन्ने प्रस्ट्याउँछ। उनले लेखेका छन्–
एक नेताले हिजो हाँस्दै भने– ’मिडिया भए फालाफाल। त्यसमाथि क्रेडिबिलिटी क्राइसेसले थला परेका। तिनको आपसी प्रतिष्पर्धाले गर्दा न्यूज स्रोत र बाइटको खोजीमा हामी नभै तिनको काम चल्दैन। हामी पनि के कम, उल्टो न्युज दिन्छौ, स्रोत भन्दै छाप्छन।’
समाचारमा ‘स्रोत’वालाको दबदबा बढ्दा पनि पत्रकारिता अविश्वसनीय र प्रश्नको धेरामा पर्दै गएको हो।
एउटा पत्रकार विचारबिहीन र आस्थाहीन हुनैपर्छ भन्ने होइन। तर, उसको बिचार र आस्था कत्तिको मुखरित हुन्छ वा उ दलको सक्रिय समर्थक वा शुभेच्छुक हो/होइन भन्ने कुराले पनि पत्रकारितामा अर्थ राख्दो रहेछ।
नेपालका अधिकांश पत्रकार दलको सक्रिय सदस्य वा समर्थक÷शुभेच्छुक छन्। र, तिनले समाचारको कोण आस्थाअनुसार रोज्छन् वा रोज्ने हैसियतमा नरहे बङ्ग्याउँछन्। आफ्नो पक्षप्रति थोरै भए पनि सहानुभूति राख्छन । र, समाचारमा थप ठाउँ दिन्छन्।
एउटै घटना, सन्दर्भ वा निर्णयमा बाइटसमेत एउटै भएको इभेन्टको समाचार दुई मिडियामा किन फरक आउँछ? किनकि, फरक विचार भएका दुई पत्रकारले सद्भाव राखेर कि प्रहार गरेर समाचार बनाउने भनेर आफैं निर्णय गर्छन्। र, तिनकै निर्णयानुसार नै समाचार बन्छ।
यो प्रबृत्तिले पनि पत्रकारितालाई थप अविश्वसनीय बनाइरहेको छ।
यो आलेखमा पत्रकारितालाई पेशा बनाइरहेका मुख्य तीन सरोकारवाला (सञ्चार उद्यमी, सम्पादकीय नेतृत्व र पत्रकार)को पछिल्ला प्रवृत्तिको चर्चा गरें। र, यिनै तीन पक्षको प्रबृत्तिले हो बिगारेको। जसमा इमान हुनुपर्ने थियो, उही बेइमान भएपछि आउने अवस्था यही थियो, आयो। मूल नै धमिलो भएपछि धारामा सङ्लो पानी के आउँथ्यो?
कोरोनाकालमा सञ्चारगृहले सरकारले दिएको सुविधाअनुसार बैंकबाट दुई प्रतिशत ब्याजको सहुलियत ऋण लिए। तर, लगानी चाहिँ गैर–सञ्चार क्षेत्रमा गरे। सरकारले पनि कहाँ लगानी गरिस् भनेर सोधेन÷खोजेन। खोज्यो भने पनि यिनले प्रेस स्वतन्त्रतामा प्रहार गरियो भनेर झ्याली पिट्छन्।
माथि उल्लेख गरेका तीनै पक्षले चाहाँदा मात्रै हो पत्रकारिताको आरालो लागिरहेको यात्रा रोकिने। र, नागरिकको विश्वास पुनःस्थापित हुने। तर, यि तीनै पक्ष पत्रकारितामा सुधार आवश्यक छैन भने जसरी जारी बहसबाट भाग्दै छन्। सार्वजनिक रुपमा उठेको जवाफ दिनुपर्ने पक्ष नै प्रश्न उठाउनेलाई दुत्कारिरहेका छन्। आशा गरौं, यो बहसले, दबाबले यिनलाई सुर्धान प्रेरित गरोस्।
होइन्, यि आफैं सुध्रिएनन भने कानूनी आधार तयार गरेर भएपनि सुधार्ने प्रयास राज्यले कुनै न कुनै दिन गर्नैपर्छ, गर्ला। किनकि, पत्रकारिता यसरी नै सधैं बहुलठ्ठीपूर्ण, अविश्वसनीय र प्रश्नको धेरामा रहिरहन सक्दैन। सञ्चारमाध्यम साहुजीको वार्गेनिङ औजार, सम्पादकको एजेण्डा सेटिङ केन्द्र र रिपोर्टरको बेनामे स्रोतको अखडा मात्रै भइरहन सक्दैन। अनेकौं स्वार्थका भारी बिसाएर सञ्चार उद्यमीले नै सुधारको सुरुआत गरे भने नुनको सोझो गर्ने त स्वतः सुध्रिन्छन नै। पहिले सुध्रनुपर्ने सञ्चार उद्यमी हुन्। तिनले आफूले अंगालेको पेशा र त्यसको मर्यादा जोगाउने प्रयत्न मात्रै गरे भने पनि लय गुमाउन लागेको पत्रकारितामा केही समयमै आश्चर्यजनक सुधार हुनेछ। र, अहिले उठेका प्रश्नको जवाफ पत्रकारिताले आफैं सुध्रिएर दिनेछ।
अहिलेलाई चाहिँ पत्रकारितामा सबैभन्दा खतरा कोहीबाट छ भने, सञ्चार उद्यमी र पत्रकारबाटै छ। किनकि, तिनीहरुको प्रबृत्ति पत्रकारिताकै प्राण छिन्नेतर्फ उन्मुख छ। रवि लामिछाने र देवराज घिमिरेलाई गाली गरेर नेपाली पत्रकारिता जिम्मेवार,मर्यादित र उन्न हुन सक्दैन ।
क्रमशः …
ल्वान्छरोका पहिलेका लेख पढ्न तलका लिंक क्लिक गर्नुहोस्
धामीले दाँतले टोकेर तुइन चुडाएको वारिपारिकाको निष्कर्ष !
कम्फोर्टेबल पार्टीको पहिलो बैठकः प्रतिगमनकारीले जस्तो कमरेड नभन्ने !
कथित फेमिनिस्टका कलआउट धन्धा- सर्भाइभरका नाममा हर्कत गन्धा
ट्विटे अभियन्तालाई प्रश्न- सन्दीपमाथि फैसला सुनाउने अदालतले कि सडकले ?
रचना- ५७ : कच्चा पत्रकार
बा भन्नुहुन्छ जान्ने सुन्ने कुन् छ
कतै नबिके पत्रकार हुन्छ
समाचार दिन्छ अर्कै छ तस्वीर
मनरुपा नाम् छ पढ्छ ऊ मन्वीर
सकारात्मक भए नि नकार गन्छ
आफै भनिराछ तर छैन भन्छ
अरु बोली राछन् उसकै फोटो छ
के भन्नु मैले विवेकै खोटो छ
कसलाई के भन्ने पहिल्यै निधो छ
मै मात्र जान्ने सल्लाह दिदो छ
छ सीमा सबैको केही पुरा हुन्न
के लाज उसलाई यति कुरा भन्न
अरु बोल्नै दिन्न आग्रह ओकल्छ
दिक्क पार्छ स्रोता कति धेरै बोल्छ
आफै भन्दै उत्तर, प्रश्न सोध्ने गर्छ
के चिन्ता, चासो ? भ्रम मात्र छर्छ
हाँसो लाग्दो हुन्छ ती प्रश्न सुन्दा
फेरि उहीँ सोध्छ आफै नबुझ्दा
पीत पत्रकार अविवेकी नबन
अलपत्र भा छौ जिम्मेवार बन
एकाङ्की नबनी गुण दोष छुट्टाऊ
कोही नभनोस् तिमी सब झुट्टा हौ
कमजोर राज्य के भो हालत
हुन्छ त यसरी आदर्श समाज
रबि र देवराजले सत्य बाेलेका हुन्।
जसले बिगाे गरे तिनिहरु अतालिएका हुन्।
ठुला मिडिया हाउसहरु नै याे देस बिनासकाे एक एजेन्ट हुन् भन्दा फरक हुन्न।
यो सबै जनमानसले पड्न जरुरी छ।
मिडिया साक्षरता काे सँग कति छ भन्ने ज्ञान याे विचारमा पनि देखिन्छ।
प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहालकाे सभामुखकाे भनाइप्रतिकाे धारणा पनि हेराैँ ल.. चित्त बुझ्ला नि?
हाम्रा पदाधिकारी माथिल्लो पदमा जान्छन्, जिम्मेवार पदमा जान्छन्, उनीहरुले पनि धेरै कुरा सिक्नुपर्ने छ। मिडिया साक्षरता भन्ने अलग विषय हो। जुन हामी मिडियावालाले सिकाउनुपर्छ र जिम्मेवारी लिएर बसेका व्यक्तिहरुले पनि सिक्ने प्रत्यत्न गर्नुपर्छ। प्रेसले कसरी काम गर्छ ? पत्रकारिताले कसरी काम गर्छ ? यी कुराका बारेमा उनीहरुलाई विल्कुलै आइडिया (ज्ञान) छैन। धेरैलाई आइडिया हुँदैन। सिक्न पनि खोज्दैनन् र नसिकेपछि कसैले भन्दियो वा हल्लाको भरमा आएका कुराहरुलाई गलत बुझाइका कारण यस्तै बेलामा प्रकट हुन्छन्।
सभामुखले हिजाे(शुक्रबार) हाम्रै प्रतिनिधिसामु (पत्रकार महासंघका पदाधिकारी) जे कुरा बोल्नुभएको छ, त्यहाँ उहाँको सबैभन्दा अज्ञानता प्रकट भएको छ। मैले बुझेको उहाँको अभिव्यक्तिमा अज्ञानता प्रकट भएको हो। अब उहाँको प्रेस सहयोगी पनि हुनुहुँदो रहेछ। बोल्नुभन्दा अगाडि मिडियाले यसरी काम गर्छ। प्रेसमा खराब हुन्छन्। कहि उनीहरुले बल्याकमेल गरेर मान्छेलाई सताएका पनि हुन्छन्।
तर, ती सबै कुरालाई चेक एण्ड व्यालेन्स, नियन्त्रण र सन्तुलनको काम पनि प्रेस आफैंले गर्छ। ती सबै कुराहरु तपाइहरुको जानकारीमा प्रेसले नै लिन्छ। प्रेसका खराबी कुराहरु पनि आम मानिसको जानकारीमा पुर्याउँछ। त्यसकारण प्रेसको कार्य चाहिँ बुझ्नुपर्छ भनेर उहाँहरुले बुझाउनुभएन। पछि स्पष्टिकण निकालेर के गर्नु ?
त्यसकारण जिस्टमा कुरा के हो भने उहाँको अज्ञानता, उहाँको अल्पज्ञान छताछुल्ल भएको हो। पत्रकार बदमास छन् भने कारबाही हुन्छ। कहाँ बदमासी गरेका छन् त्यो पनि प्रेसले नै हेर्छ। बदमासी गर्नेलाई अर्को प्रेसले नंग्याइरहेकै छ नि त। प्रेसको कामै यस्तै हुन्छ। यो सबै प्रक्रियागत रुपमा नै भइरहेको छ। सभामुखको अभिव्यक्तिमा हामीले दुःख मनाउन गर्नेबाहेक केही छैन।
नेपाली पत्रकारिता जगतले लेखकको सुझावलाई मनन गरि सो अनुसार गर्नु आवश्यक छ। उत्कृष्ट विश्लेषण !