पीएनमा तालाबन्दी गर्ने विद्यार्थी संगठन भन्छन्- हामी स्ववियु निर्वाचनको पक्षमा छौ – Nepal Press

पीएनमा तालाबन्दी गर्ने विद्यार्थी संगठन भन्छन्- हामी स्ववियु निर्वाचनको पक्षमा छौ

पोखरा । देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा फागुन २६ गते लगाएको ताला अझै कायमै छ ।

अखिल (क्रान्तिकारी) विप्लव, अखिल (छैटौँ), अखिल (क्रान्तिकारी) संयुक्तले संयुक्त रूपमा कर्मचारीले विद्यार्थीहरूको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै स्ववियु कार्यालय तालाबन्दी गरेका थिए । तर, विद्यार्थी संगठन र क्याम्पसविच सहमति हुन नसक्दा ताला खुलेको छैन ।

तालाबन्दी गर्ने ३ विद्यार्थी संगठनले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरू स्ववियु निर्वाचनको पक्षमा रहेको बताएको छ । तर, क्याम्पस प्रशासन नै निर्वाचनको पक्षमा नदेखिएको आरोप ३ संगठनले लगाएका छन् ।

‘हामी क्याम्पस प्रशासन र निर्वाचन समितिसँग पटक पटक संवादमा बस्यौ तर प्रशासन नै निर्वाचनको पक्षमा नदेखिए पछि निर्वाचन समितिले पनि राजीनामा गरेको अवस्था छ । यस्तो परिस्थितिमा हामीले चाहेर पनि निर्वाचन हुने अवस्था देखिएन, विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर