माधव नेपाल : ‘तोबे एकला चलो रे !’
‘पार्टी फुटाइहालौं’ भनेर सबभन्दा बढी उफ्रिपाफ्री गर्ने सुरेन्द्र पाण्डेहरुले माधव नेपालको साथ छाडिसकेका थिए ।
अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघु पन्त, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यमध्ये एकजना योगेशमात्र थिए, ‘पार्टी फुटाइहाल्नु हुँदैन’ भन्ने । अरुले त माधव नेपाललाई ‘भात खाऊँ कि थाल खाऊँ’ बनाइसकेका थिए । तर, जब घटनाक्रमले साँच्चै अलग पार्टी बनाउनुपर्ने दिनसम्म पुर्यायो, त्यसबेला उपरोक्त पात्रहरु माधव नेपालको साथमा थिएनन् ।
नेकपा (एमाले) कै नाममा २०७७ चैत ४ र ५ गते सानेपास्थित हेरिटेज गार्डेनमा राष्ट्रिय भेला सम्पन्न हुँदा ‘अहिल्यै निर्वाचन आयोग जाऔं, पार्टी अलग बनाऔं’ भन्दा त्यहाँ देशभरिका ‘आधा एमाले’ उपस्थित थिए । ओलीबाट प्रत्यक्ष वा कुनै ढंगले लाभान्वित भएकाबाहेक सबै एमाले त्यहाँ थिए । पाँच महिनापछि पार्टी गठन गरेर जानुपर्ने दिन आयो । चैतका ‘आधा एमाले’ हरु छाँटिएर २०-२५ प्रतिशतमा झरेका थिए ।
माधव नेपालका लागि यस्तो दिन आयो कि आफूसँग बाँकी रहेका मान्छे खोज्दा र भेटिँदा पनि पत्याउने कि नपत्याउने ? भन्ने भयो । कतिपय मान्छे हिजो केपी ओलीका ‘खास’ थिए । तिनीहरु साँच्चै पार्टी बनाउन साथ लागेका हुन् कि ‘सुराकी’ खटाइएका हुन् ? सोध्न मिल्दैन थियो । त्यस्तो खडेरीको बेलामा साथ लागेका मान्छेलाई ‘हैन, तपाईं यता नलाग्नुस्’ भन्न पनि मिलेन ।
माधव नेपालका लागि यस्तो दिन आयो कि आफूसँग बाँकी रहेका मान्छे खोज्दा र भेटिँदा पनि पत्याउने कि नपत्याउने ? भन्ने भयो । कतिपय मान्छे हिजो केपी ओलीका ‘खास’ थिए । तिनीहरु साँच्चै पार्टी बनाउन साथ लागेका हुन् कि ‘सुराकी’ खटाइएका हुन् ? सोध्न मिल्दैन थियो ।
वामदेव गौतम, भीम रावल, घनश्याम भुसालहरु ओलीप्रति असहमत नै थिए । तर, माधवको साथमा थिएनन् । तिनका अनगिन्ती निकटस्थ चाहिँ माधवसँग थिए । तिनलाई कति विश्वास गर्ने ? यस्तो संकटको समय थियो । किनभने अमृत बोहोरा, रघु पन्त, युवराज ज्ञवाली जीवनका कस्ता-कस्ता अप्ठेरा-सजिला दिनहरु सँगसँगै काट्दै आएका, ‘मन-मुटु’ जत्तिकै थिए । तिनले सम्म साथ छाडिसकेका थिए ।
पत्रकारमा त खडेरीमात्र हैन, शून्यता नै थियो । हिजो प्रधानमन्त्री हुँदा वा शक्तिमा रहँदा माधव नेपालका नाममा नियुक्ति र सुविधा खाएका, त्यसपछि पनि उहाँकै नाममा बजारमा ‘चलेका’ पत्रकारमध्ये एकजना पनि साथमा थिएनन् । भएकामध्ये कोही ‘वामदेवका’, कोही ‘भीम रावलका’, कोही ‘अरु कसैका’ थिए, जो पार्टी विभाजन गर्ने दिनसम्म पुग्दा ‘साथ दिन्छौं’ भन्दै उभिएका थिए ।
तीमध्ये पंक्तिकारसहित तीनजना थियौं, अघिल्तिर उभिएका । सोध्नुभयो, ‘अब तपाईंहरु कतिजना बाँकी हुनहुुन्छ ?’
नरेन्द्र साउद, जीवन बीसी र मबीच मुखामुख चल्यो । हेटौंडाबाट हिँडेको ६ घण्टा भइसक्दा पनि रामकुमार एलन आइपुगेनन् भनेपछि उनी बीच बाटोमै विष्णु रिजालको ‘फन्दामा’ परे होलान् भन्ने भयो । नरेन्द्रको मुखबाट फ्याट्ट जवाफ आयो, ‘हामी तीनजना तपाईंसँगै छौं । अरु भन्न सक्दैनौं ।’
सुरुमा त माधव नेपाल मुस्कुराउनु भयो । तर, छिनभरमै भावुक हुँदै भन्नुभयो, ‘म त एक्लै छु !’
केवल माधव नेपालमाथि अपमानको पहाड थोपरिएको थिएन । देशले संसद गुमाएको थियो, संविधान मिचिएको थियो, संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पारिएको थियो । आसेपासे, हुक्के र चम्चेबाहेकले पार्टीमा काम, ठाउँ र इज्जत पाएका थिएनन् । पार्टी कम्युनिष्ट चरित्रबाट च्युत भइसकेको थियो ।
यसपछि हामी भावुक भयौं । हाम्रा आँखा टल्पलाए ।
‘जदि तोर डाक सुने केउ ना आसे
तोबे एकला चलो रे !’
यो गीति टुक्रा सुनाउँदै सोध्नुभयो, ‘के भनेको हो, थाहा छ ?’
हामी चुपचाप थियौं, उहाँले अर्थ लगाउनुभयो, ‘यदि तिम्रो आवाज (सत्यको) कसैले सुन्दैन भने एक्लै भए पनि चलिरहू (बोलिरहू)…।’
अनि भन्नुभयो, ‘म यही अवस्थामा छु ।’
जीवन बीसीले थप्नुभयो, ‘हामी पनि छौं कमरेड ।’
त्यसपछि हामीले गुगल र युट्युबमा ‘…एकला चलो रे’ खोज्यौं ।
सन् १९०५ मा बंगाली सर्जक रवीन्द्रनाथ ठाकुरद्वारा लिखित देशभक्ति गीत रहेछ । जुन गीतको अर्को अन्तरामा भनिएको छ-
‘जोदि केउ कोथा ना कोय, ओरे, ओरे, ओ भागा,
यदि सबाई थाके मुख फिराय, सबाई करे भय-
तबे परान खुले
ओ, तुई मुख फूटे तोर मनेर कथा एकला बोलो रे !’
यसको भावार्थ हो, ‘यदि कोही बोलेनन्, सबै डराए, मुख मोडेर हिँडे, तब विनाडर, मुक्तकण्ठले आफ्नो कुरा (सत्य) एक्लै बोलिरहू ।’
यसरी हामी एमालेबाट अपमानको आँसु बोकेर विद्रोहमा माधव नेपाललाई साथ दिँदै हिँडेका थियौं । केवल माधव नेपालमाथि अपमानको पहाड थोपरिएको थिएन । देशले संसद गुमाएको थियो, संविधान मिचिएको थियो, संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पारिएको थियो । आसेपासे, हुक्के र चम्चेबाहेकले पार्टीमा काम, ठाउँ र इज्जत पाएका थिएनन् । पार्टी कम्युनिष्ट चरित्रबाट च्युत भइसकेको थियो । र, ‘त्यो गलत छ’ भन्दा माधव नेपालहरु एमालेभित्र अटाउन सकेनन् । तर, आधाउधी एमाले बोकेर हिँड्ने माधव नेपालसँग आखिरी समयमा सीमित सहकर्मीमात्र रहे ।
जित्ने निश्चित सभामुख पदमा जनजाति र महिला चाहिएन । हार्ने निश्चित राष्ट्रपति र उपराष्ट्रपतिमा जनजाति र महिला भन्दै उफ्रिनुपर्यो । खल्तीबाट नाम निकालेर प्रमुख सचेतक र सचेतक तोक्दा महिला चाहिएन, जनजाति पनि चाहिएन । मानौं, एमालेका निम्ति महिला र जनजाति भनेको चुनाव उठाएर हराउनमात्र हुन् ।
त्यसरी ‘एकला चलो रे !’ भन्दै २०७८ भदौ ९ मा सुरु भएको यात्रालाई १८ महिनापछि समीक्षा गर्दा लेख्नपर्छ, ‘एउटा भव्य विद्रोह सम्पन्न भयो । त्यस्तो विद्रोह, जसले दम्भ, दम्भी र तिनका मतियारीको फल चखाइदिएको छ ।’ अर्थात् एमालेभित्र केपी ओलीको ‘व्यक्तिवाद’ का नाममा जे रोपिएको थियो, त्यही फल्यो ।
जित्ने निश्चित सभामुख पदमा जनजाति र महिला चाहिएन । हार्ने निश्चित राष्ट्रपति र उपराष्ट्रपतिमा जनजाति र महिला भन्दै उफ्रिनुपर्यो । खल्तीबाट नाम निकालेर प्रमुख सचेतक र सचेतक तोक्दा महिला चाहिएन, जनजाति पनि चाहिएन । मानौं, एमालेका निम्ति महिला र जनजाति भनेको चुनाव उठाएर हराउनमात्र हुन् ।
ओलीले २०७७ पुस ५ पछि पटक-पटक पार्टी कमिटी र नेताहरुलाई बेठेगानका बोली बोल्दै दिनु भएका अनगिन्ती धोकाको बदलामा प्रचण्डले जम्मा एउटा धोका दिनुभयो, पुस १० को सहमतिलाई तोडेर । त्यो एउटै धोका एमालेका लागि कति महँगो पर्दैछ ? संघीय सरकारबाट आफैं बिदाबारी भयो । अब केही प्रदेश सरकार बाँकी छन्, छिट्टै बिदा हुने बेला आउँदैछ । दुई महिनासम्म राष्ट्रपतिको सपना देख्दा कहिल्यै सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्यहरुका नाम उच्चरण भएनन् ।
२०७४ मा समानुपातिकतर्फ ३१ लाख मत कटाएको एमालेले यसपालिको निर्वाचनमा ठीक तीन लाख मत घटायो, जुन मत सर्लक्क एकीकृत समाजवादीले पाएको छ । एमाले नेताहरुकै विश्लेषणअनुसार माधव नेपालको पार्टीका कारण प्रतिनिधिसभा निर्वाचनमा २२ सीटमा क्षति पुगेको छ । प्रदेशसभाका समानुपातिक मत हेर्दा माधव नेपाललाई एमालेले ‘एकला चलो रे’ नबनाएको भए आजको दयनीय परिणाम रहने थिएन । स्थानीय तह हेरौं, त्यत्तिकै क्षति छ ।
ओलीले २०७७ पुस ५ पछि पटक-पटक पार्टी कमिटी र नेताहरुलाई बेठेगानका बोली बोल्दै दिनु भएका अनगिन्ती धोकाको बदलामा प्रचण्डले जम्मा एउटा धोका दिनुभयो, पुस १० को सहमतिलाई तोडेर । त्यो एउटै धोका एमालेका लागि कति महँगो पर्दैछ ?
त्यसैले माधव नेपाललाई फेरि पनि भन्नुपर्छ, ‘…तोबे एकला चलो रे !’ अर्थात्, सत्यलाई बोकेर माधव नेपालले रोजेको बाटोमा ‘जय’ मात्रै छ, पराजय छैन । यी सबै घटना जम्मा १८ महिनाका हुन्, वर्षहरु त बाँकी नै छन् ।
देशमा एउटा नयाँखाले वाम राजनीतिक मोर्चाबन्दी भएको छ । वैचारिक विचलनलाई सच्याउने नयाँ आन्दोलनको उठान र संविधानविरोधी र पक्षधरका बीचको ध्रुवीकरणले यसरी तीव्रता पायो कि त्यसयताको सम्पूर्ण प्रक्रियाको नायकीय भूमिका माधव नेपालमा गएको छ । चुनावहरु भए, चुनावी तालमेल भए, सत्ता गठबन्धन भए माधव नेपालका एजेण्डामा । परिणामले पनि त्यही एजेण्डालाई जितायो । बीचको एक महिना प्रचण्डले प्रधानमन्त्री बन्न एमालेको ‘गोलपोष्ट’ को किनारातिर लाग्नुपर्यो । नेपाली कांग्रेसको हठका कारण त्यो बाटो रोजे पनि दुई महिनापछि आफैंले बल फर्काएर माधव नेपालको एजेण्डालाई बुझाउनुभएको छ ।
अब यहाँबाट देशको राजनीतिले फेरि पनि ओलीको संसद विघटनमार्फत संविधानमाथि गरिएको प्रहारको जवाफ दिँदै जानेछ । ओली त नयाँ संसदमा आएर पनि विघटन सदर गर्नेतिर र नयाँ विघटनमार्फत अर्को बितण्डाका निम्ति तयार भइरहनुभएकै थियो । त्यसैले राष्ट्रिय राजनीति ओलीको नीति र नियत दुबैलाई परास्त गरेर अगाडि बढ्छ । यो माधव नेपालले ‘एकला चलो रे’ को नाममा उठाएको जोखिमपूर्ण यात्राको सार हो ।
अर्थात्, संविधान पक्षधर र संविधानविरोधी कित्ताका बीचको प्रतिस्पर्धाको परिणाम दिने क्रममा माधव नेपाल सदर हुनुभएको छ, ओली बदर हुनुभएको छ । ओलीसँग राजा-महाराजाका प्रतापमा टिकेको राप्रपामात्र साथमा छ । माधवसँग संघीय लोकतान्त्रिक गणतन्त्रका बाहक शक्तिहरु सबै साथमा छन् । त्यसैले देखिँदा प्रचण्ड वा शेरबहादुर देउवा हैन, अहिलेको मुख्य नेता माधव नेपाल नै हो, उहाँकै एजेण्डामा आधारित राजनीतिक कोर्ष देशमा चलिरहेको छ । संविधान, संसद र विधि पक्षधरका दृष्टिमा उहाँ आदर्श हो । संविधान, संसद केही होइन, दम्भ सब चिज हो भन्नेका निम्ति सबभन्दा ठूलो ‘गद्दार’ पनि उहाँ नै । यही दुई किसिमका प्रतिस्पर्धाको निर्वाचन थिए, २०७९ मा । ती निर्वाचनका सबै चरण र पदसँग यो एजेण्डाको अन्योन्यास्रित सम्बन्ध देखिन्छ ।
देशमा एउटा नयाँखाले वाम राजनीतिक मोर्चाबन्दी भएको छ । वैचारिक विचलनलाई सच्याउने नयाँ आन्दोलनको उठान र संविधानविरोधी र पक्षधरका बीचको ध्रुवीकरणले यसरी तीव्रता पायो कि त्यसयताको सम्पूर्ण प्रक्रियाको नायकीय भूमिका माधव नेपालमा गएको छ ।
एकता प्रलाप
एमालेका केही कठमुल्लाहरु अहिले पनि भन्दैछन्, ‘राष्ट्रपति लैजा भन्दा पनि माधव नेपाललाई पचेन ।’
यसको जवाफ हो- ‘एकला चलो रे’ को सार राष्ट्रपति थिएन, त्यसैले स्वीकारिएन । त्यही नाममा पार्टी एकता भइहाल्छ कि, मानिहाल्छन् कि भन्ने सगरमाथा जत्रो भ्रम पालेर केही मानिसहरु अहिले बाँचिरहेका छन् । तिनलाई ‘विचरा’ मात्रै भनौं ।
एमालेमा आज जो-जो छन्, तीमध्ये इमानदार, त्यागी र क्षमतावानहरु पाखा लागेका छन्, भूमिकाशून्य छन् । जो-जो बोलिरहेका छन्, उनीहरू राजनीति, वामपन्थ र सत्य बोल्दैनन् । ओलीभक्ति ओकल्दैछन् । ‘केही पद दिएर पार्टी मिलिहाल्छ’ भन्ने माथिका पंक्ति ओलीभक्त अभिव्यक्ति हुन् । जुन कारण पार्टी विभाजित छ, त्यसको राजनीतिक उपचारविनाको एकता गर्न त के सोच्न पनि सकिँदैन ।
आफूखुशी, संविधान कुल्चिएर संसद किन भंग भयो ? २०७७ फागुन २७ को एकलौटी कारबाहीको कुरा के हो ? नयाँ संसदमा आएर फेरि अघिल्लो कार्यकालको विघटनको पैरवी किन हुँदैछ ?
मूलतः यी तीन प्रश्नलाई सम्बोधन नगरी पार्टी मिल्छ भन्ने कुरा एमालेहरुले सोच्न छोडे हुन्थ्यो । अब पनि माधव नेपाल, झलनाथ खनालका पद र भूमिका मिलाए पुग्छ र एकता हुन्छ भन्ने सोचाइ धेरै दिन पालियो भने त्यसले एमालेको हित-कल्याण गर्दैन, नाशमात्रै गर्ने हो । एमालेभित्रका राम्रा मान्छेले सबैभन्दा पहिला ओली सच्याउनुपर्छ, माधव-झलनाथलाई हैन । किनभने पुस १० देखि प्रचण्डले फिँजाएको सहकार्यको हात ओलीकै ‘ट्याऊँ-ट्याऊँ’ ले छुटाएको हो । अब ओलीबाट ‘ट्याऊँ-ट्याऊँ’, राजनीतिक भूमिका र चरित्र प्रदर्शन गर्ने बनाउँदामात्रै एकताको बाटो खुल्छ ।
ओलीसँग राजाऔमहाराजाका प्रतापमा टिकेको राप्रपामात्र साथमा छ । माधवसँग संघीय लोकतान्त्रिक गणतन्त्रका बाहक शक्तिहरु सबै साथमा छन् । त्यसैले देखिँदा प्रचण्ड वा शेरबहादुर देउवा हैन, अहिलेको मुख्य नेता माधव नेपाल नै हो, उहाँकै एजेण्डामा आधारित राजनीतिक कोर्ष देशमा चलिरहेको छ ।
विजय-पराजय
२०७७ पुस ५ पछिको राजनीतिमा माधव नेपालले हारेको जम्मा दुईचोटी हो । एउटा हार हो- ओली उन्मादविरुद्ध पार्टीभित्रै लड्ने श्रृंखलाको अन्त्य । अर्को हो- जसले उहाँलाई बोकेर चुचुरोमा लगे, अन्तिममा तिनैले साथ छोडे । उहाँले विश्वासमा हार खानुभयो ।
यीबाहेक यो यात्रामा माधवको हातमा विजयभन्दा केही आएन ।
अहिलेको संघीय संसदमा १८ जना छन् । पार्टी बनाउँदाको तुलनामा यो संख्या कम हो । तर, परिवर्तित सन्दर्भका निर्वाचन, विकसित शक्ति सन्तुलन र पार्टीको आकारका तुलनामा यो महत्वपूर्ण उपलब्धि हो । मुख्यतः राजनीतिक विषय हुन्, जहाँ माधव नेपालले पाइला-पाइलामा जितिरहनुपर्छ । हार्ने छुट छैन ।
(सुवेदी समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष हुन् ।)
माकुने जस्तो घटिया मान्छे भारतको पनि ‘C’ग्रेड को पाखण्डी दलाल हो तिमि जस्ता दलाल पत्रुकार ले अब नेपाली जनता लाई भ्रमित बनाउने कुनै कथित लेख को कुनै तुक छैन । तिमि हरु पत्रकार हरु देशद्रोही हौ ।ठग हौ जसले नेपाली जनता हरु माथि गलत सुचना दिएर अपराध गर्छौ र आफु र आफ्नो परिवारको पेट पाल्छौ र नेपाल आ्मा माथि घात गर्छौ। तिमि हरु को निन्दा गर्न नै नेपाली शब्दकोश मा अब कुनै शब्द बाँकी नै छैन ।
समसामयिक र यथार्थमा आधारित आर्टिकल।
मार्क्सको एक ठुलो मुद्धा नै व्यक्तिवादको विरोध हो, तर स्वतन्त्रता प्रति उत्तिकै चनाखो हो | यी दुबैमा एक प्रकारको ‘dialectics’ सम्बन्ध पनि छ | सैद्धान्तिक हिसाबले माधव नेपाल वा अरु कुनै नेताको पनि महिमागान हास्यास्पद छ, गैर-मार्क्सवादी छ | केपी ओली, प्रचण्ड वा माधब नेपालहरुको स्तुतिगान बन्द गरौँ !!
मानो पचायकै रहेछ।देशी बिदेशी प्रतिकृयाबादी चास्निमा डुबेर एमाले प्रती बिषबमन गरेछ पत्र्कार भाइले।२८ लाख जनता ओलि भक्त मात्र थियनन निरन्तर बाम आन्दोलनका सहयात्री थिय नेतृत्व अस्थाइ आन्दोलन निरन्तर रहन्छ भन्ने सच्याइलाइ सुसारे बन्न पुगेका माधब नेपालको भक्त प्रतिकृयाबादिको सेवकलाइ खै के भन्नू र खै!!
विश्वमणिजीको आर्टिकल समसामयिक र यथार्थमा आधारित।
यो साथी पनि पिसाबको न्यानोमा रमाउने पत्रकार रहेछ । आफू सकिएको थाहा छैन एमालेको तीन लाख भोट घटाएँ भनेर ढुकुरे छाती उठाइरहेछ । कांग्रेसको ताबेदारीले प्राप्त गरेको दश सिटलाई च्याँखे थाप्ने मौकाले मखलेल भएको साथी कांग्रेसले एक्लै चुनाव लड्दा कुन भिरबाट खसिन्छ भन्ने पनि भेउ पाएको छैन ।
याे बेतुक छापेर नेपालप्रेसले अाफ्ना पाठककाे अपमान गर्याे ! माधब नेपाल जस्ताे निकृष्ट पात्रका बारेमा प्रसस्ती गान गर्नेहरुकाे गनगन पढेर काेही समय बर्बाद नगाराेस् !
हा हा
पार्टी मात्र होईनन पत्रकार पनि दलाल छन् नेपालमा भन्ने कुरा कथित पत्रकारको भेषमा रहेका दिल्लीका दलालहरूको लेखले थप पुष्टि गर्छ । दलालहरू के बुझ भने माधव नेपालले कुनै विचारको कारण पार्टी फुटाएको होईन । सँगै अध्यक्ष लडेको ओलिले जितेर देशमा अभूतपूर्व काम गरे । उनको जयजयकार भयो । अब केही समय अझ प्रधानमन्त्री बनिरहे भने आफू र प्रचण्ड माटोमा मिल्ने देखे तिनले । साथै, देश स्वाभिमानी र विश्वमा चिनिने भएको थियो । नेपालले गुमेको भाग चुच्चे नक्सामा राखेको दिन देखि माधव र प्रचण्डको कथित विद्रोह चरममा पुगेकोबाट प्रमाणित हुन्छ कि ती दिल्लीका टट्टु थिए र दिल्लीले ती टट्टु प्रयोग गरेर एमाले फुटायो । ओलिले सरकार चलाईरहेको भए अहिलेसम्म देशमा अभूतपूर्व विकास हुन्थ्यो । ओलि देश बेच्दैनन । ओलि देशमा विकासको वाढी नै ल्याउँछन ।ओलि स्वाभिमान बेच्दैनन । ओलि गरिवका संरक्षक हुन् । ओलिको काम देखेर दिल्ली तर्सियो । उसले देख्यो अब नेपालमा अभूतपूर्व विकास हुन्छ । विकासको हिसावले मोदी ओझेलमा पर्छन । नेपालमाथि हैकम जमाउन नपाईने भयो । नाकाबन्दी विफल बनाएर नाक ताछिदिएको मोदीको चुच्चे नक्साले प्रमाणित गरिदियो कि दिल्ली अरूको देश हडप्ने देह हो । ओलि रहुन्जेल नेपालका हाईड्रोमा कब्जा जमाउन नपाईने भयो । विषादी तरकारी पठाउन नपाईने भयो । सबैभन्दा महत्वपूर्ण कुरा त चीनतिर नाका खोलेर नेपालले भारतसँग मात्र रहेको निर्भरता हटाउने भयो र भारतले नेपाललाई गुलाम बनाउन नपाउने भयो । यी सबै कारणले भारतले ओलिलाई कमजोर बनाउन माधव र प्रचण्ड नामका दुई टट्टु फेला पार्यो । एउटा शूरूदेखि नै उसैको निर्देशनमा जनयुद्व नामबाट अस्थिरता मच्चाईरहेको थियो । उ त टट्टु बन्न तयार नै थियो । अर्को थियो सधै पद चाहिने । कुण्ठाले भरिएको । अरूको प्रगति देख्नै नसक्ने । यी दुई र यिनको पछि लागेर खान पल्केका यी पङ्तिकार जस्ता भरौटेहरू प्रयोग गरेर दिल्लीले एमाले फुटाएको हो । यी दिल्लीका टट्टुहरूको हातमा शासन दिनु भन्दा संसद विघटन गरेर ओलिले यिनलाई तह लगाएर ठिक गरे ।अहिले यिनको काम हेरौं दिल्लीको दलाली गर्ने बाहेक केही छैन । ओलिको विरोध जसले गर्छ त्यो दिल्लीको टट्ठु हो । हेर्दै जानुहोला यी ११ दलले केही समय शासन चलाए भने देश कुन रसातलमा पुग्छ । कृषि त प्रच्णडले दिल्लीमा बुझाईसके । मलको अनुदान घटाउँदा र विषादी तरकारी ल्याउन दिंदा अब कृषि ध्वस्त हुन्छ किनकी नेपालको कृषिले भारतसँग प्रतिष्पर्धा गर्नै सक्दैन । अब निहु खोज्यो कि दिल्लीले अन्न रोकेर बदला लिन्छ । नेपालका हाईड्रो भारतलाई मात्र दिदैछ यो टट्टु सरकार । यस्ता विषयमा नेपालका पत्रकार, नागरिक समाज, वुद्विजिवीलाई वास्तै छैन किनकी यि कुराको विरूद्व वोल्दा दिल्ली रिसाउला, दलाली भाग नपाईएला भन्ने डर मात्र छ यिनमा । केवल एमालेले विरोध गरिरहेको छ । त्यसैले एमाले भएन भने य देशै रहदैन ।अरू त पद पाए र आफूलाई फाईदा भए देशै बेच्छन ।
माकुने जस्तो घटिया मान्छे भारतको पनि ‘C’ग्रेड को पाखण्डी दलाल हो
माकुनेको झोले पत्रुकारलाई शर्म लागेन यस्तो लेख्न?! चाकरीको पनि हद हुन्छ नि!