एमालेको प्रश्न- किसानलाई एक बोरा मल उपलब्ध गराउन नसक्ने यो कसको सरकार हो ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले मलको मूल्य बढाएकोप्रति असन्तुष्टि जनाएको छ। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले सरकारले किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको बताए।
उनले सरकारलाई प्रश्न गर्दै भने, ‘यो सरकार कसको होरु कसको लागि काम गरिरहेको छ ? नेपालका किसानलाई समयमा एक बोरा मल समेत उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्ने गरी, ढाड भाँच्ने गरी मलमा मूल्य वृद्धि गरेको छ । मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । कहिलेबाट सरकारबाट किसानले यस खालको ज्यादतीपूर्ण अन्याय सहनुपर्ने हो ?’
उनले अव्यवस्थित बसोबासी र दलित भूमिहीनले लामो समयदेखि जग्गाधनी पूर्जा प्राप्त गर्न नसकेको बताए।
उनले प्रश्न गर्दै भने, ‘जग्गाधनी पुर्जा पाउनका लागि उनीहरूले कहिलेसम्म कुर्नुपर्ने हो रु म सरकारलाई प्रश्न गर्न चाहन्छु।’ उनले देशमा भएको बेरोजगारी समस्या समाधान गर्न सरकारसँग माग गरे।