एसनिकट अनेरास्ववियूले खोल्यो खाता- हेटौंडाको वंशगोपालमा सिलवालको जित
एमाले, नेकपा एस र विप्लवनिकटका विद्यार्थी गठबन्धनको प्यानलै विजयी
हेटौंडा । मकवानपुरको हेटौंडा-६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसको सभापतिमा नेकपा एसनिकट अनेरास्ववियूका दिवस सिलवाल निर्वाचित भएका छन् । यहाँ एमालेनिकट अनेरास्ववियु, नेकपा एसनिकट अनेरास्ववियू र विप्लवनिकट अखिल क्रान्तिकारीबीच गठबन्धन थियो ।
सिलवाल १८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राप्रपानिकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरिन् । वंशगोपालमा नेपाली कांग्रेस निकट नेविसंघ, माओवादीनिकट अखिल क्रान्तिकारी र राप्रपानिकट राप्रविसंबीच गठबन्धन रहेको थियो ।
यसैगरी वंशगोपालको स्ववियु सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने (२० मत), कोषाध्यक्षमा रूपा राई (१७मत), सदस्यहरूमा सपना राउत (२३ मत), सुजन गोले १७ मतसहित निर्वाचित भएका हुन् ।
वंशगोपालमा नेकपा (एमाले) निकट अनेरास्ववियु, नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्ववियू र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)बीच गठबन्धन रहेको थियो ।