कर्णाली स्ववियु निर्वाचन : नेविसंघ ५ र अनेरास्ववियु ४ वटा क्याम्पसमा विजयी – Nepal Press

कर्णाली स्ववियु निर्वाचन : नेविसंघ ५ र अनेरास्ववियु ४ वटा क्याम्पसमा विजयी

सुर्खेत । कर्णाली प्रदेशमा आठ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस निकट नेविसंघ पाँच र नेकपा एमालेसम्वद्ध अनेरास्ववियूले चार पाच स्थानमा विजय प्राप्त गरेका छन् ।

अनेरास्ववियूको तर्फबाट सुर्खेतको सिम्ता बहुमुखी क्याम्पसमा घनश्याम रेग्मी, अमरदीप क्याम्पसमा अनुप ढकाल र भेरी क्याम्पस गुमीमा शक्ति पौडेल विजयी हुँदा हिमशिखर बहुमुखी क्याम्पसमा सिर्जना रसाइली निर्विरोध निर्वाचित भएकी छन् ।

यस्तै नेविसंघका तर्फबाट दैलेखको चामुण्डा क्याम्पसमा सुनिल शाही, मगुको रारा बहुमुखी क्याम्पसमा राज तामाङ्ग र कालिकोटको नन्दादेवी बहुमुखी क्याम्पसमा जुनिता विष्ट र सुर्खेतको गुर्भाकोट बहुमुखी क्याम्पसमा गोपाल खड्का र डोल्पाको डोल्पो क्याम्पसमा खिमबहादुर रोकाया स्ववियू सभापतिमा विजयी भएका छन् । अन्य क्याम्पसहरुको नतिजा आउनेक्रम जारी रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर