मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका अर्यालसहित प्यानल विजयी
नेपाल प्रेस
२०७९ चैत ५ गते २१:०४
हेटौँडा । मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको नेतृत्वको प्यानलले जित हासिल गरेको छ ।
अनेरास्ववियुको तर्फबाट सरोज अर्यालले १ सय ३२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी जयबाहादुर रोक्काले ५१ मत मात्र प्राप्त गरे । सचिवमा पनि अनेरास्ववियुकै प्यानलका सुसन पौडेल विजयी हुँदा कोषाध्यक्षमा पनि अर्याल प्यानलकै सुर्य बल विजयी भए ।
त्यसैगरी सदस्यहरुमा अर्याल प्यानलकै महेशकुरमार सापकोटा, सेसाप प्रजा, सुनिता बल, प्रमिला चौँलागाई तथा मिरा विशंखे जियी भए ।
प्रतिक्रिया
सम्बन्धित खवर