लुम्बिनीमा खुला पिस म्याराथन हुने – Nepal Press

लुम्बिनीमा खुला पिस म्याराथन हुने

रुपन्देही । लुम्बिनी प्रदेश खेलकुद परिषदले लुम्बिनी पिस म्याराथन, मुख्यमन्त्री रनिङ शिल्ड तथा विभिन्न प्रतियोगिताका विजेता खेलाडी एवम् प्रशिक्षकलाई प्रोत्साहन र सम्मान कार्यक्रमको तयारी गरेको छ । परिषद अध्यक्ष एवम् सामाजिक विकासमन्त्री चन्द्रशेखर गुप्ताको अध्यक्षतामा बसेको बैठकमा प्रदेशको खेलकुदको अवस्था र आगामी दिनमा आयोजना गरिने प्रतियोगिताका विषयमा छलफल भएको परिषदले जनाएको छ ।

बैठकले प्रदेशले आयोजन गर्ने लुम्बिनी पिस म्याराथन, मुख्यमन्त्री रनिङ शिल्ड तथा विभिन्न प्रतियोगिताका विजेता खेलाडी एवम् प्रशिक्षकलाई प्रोत्साहन र सम्मान कार्यक्रममा सैद्धान्तिक सहमति गरी आवश्यक काम अगाडि बढाउने निर्णय गरेको परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले जानकारी दिए ।

परिषदले हालसम्म गरेको कामको जानकारी गराउँदै प्रदेशमा गरिने खेलकुदका गतिविधिलाई व्यवस्थित गर्ने र यसअघि भएका निर्णयलाई कार्यान्वयन गर्ने प्रस्ताव राखेको थियो ।

बैठकले विश्व ओलम्पिक दिवस अप्रिल ६ मा नेपाल ओलम्पिक कमिटीसँगको सहकार्यमा प्रदेश खेलकुद परिषदले पहिलो पटक खुला लुम्बिनी पिस म्याराथन आयोजना गर्ने प्रस्ताव अनुमोदन गरेको छ । त्यसको आवश्यक तयारी गर्न सदस्यसचिवलाई जिम्मेवारी दिने निर्णय गरेको परिषदले जनाएको छ ।

त्यसैगरी यस वर्ष मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय भएको सदस्यसचिव भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *