एसिड पीडित आरतीको माग उच्च अदालतद्वारा अस्वीकार, जिल्लाकै फैसला सदर – Nepal Press

एसिड पीडित आरतीको माग उच्च अदालतद्वारा अस्वीकार, जिल्लाकै फैसला सदर

जनकपुरधाम । एसिड पीडित आरती साहको माग उच्च अदालतले अस्वीकार गर्दै जिल्ला अदालतकै फैसलालाई सदर गरेको छ ।

उच्च अदालत जनकपुरका न्यायाधीश डालकुमार खड्का र सागर विष्टको संयुक्त इजलासले बुधबार जिल्ला अदालतकै फैसला सदर गरेको हो ।

जिल्ला अदालत धनुषाले २०७८ भदौ १० मा एसिड प्रहार गर्ने आरतीका श्रीमान् सञ्जीव साहलाई १० वर्ष कैद र ६ लाख जरिवानाको फैसला गरेको थियो । साथै एसिड विक्रेता व्यवसायी नागेन्द्र साहलाई सफाइ दिएको थियो ।

जिल्लाको उक्त फैलामा आरतीले असन्तुष्टि जनाएकी थिइन् । आरतीको पक्षबाट उनका भाइ सञ्जय २०७८ फागुन १५ मा उच्च अदालत पुगेका थिए । उनले एसिड प्रहार गर्नेलाई जन्मकैदको फैसला गर्न माग गरेका थिए ।

२०७७ कार्तिक २७ मा सञ्जीवले श्रीमती आरती र छोरी ८ वर्षीया रीयामाथि एसिड प्रहार गरेका थिए । पारिवारिक कलहका कारण सञ्जीवले श्रीमती आरतीको अनुहारमा एसिड फ्याक्दा काखमा रहेकी छोरी रियाको हातमा पनि परेको थियो ।

२०७७ मंसिर २४ मा जिल्ला सरकारी वकिलको कार्यालयले एसिड प्रहार गर्ने सञ्जीव र एसिड बेच्ने नागेन्द्रलाई समेत १५ वर्ष ६ महिना कैद र कानूनबमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने दाबी गर्दै जिल्ला अदातलतमा मुद्दा दर्ता गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *