परीक्षा केन्द्र सार्ने निर्णयप्रति तीन विद्यार्थी संगठनको आपत्ति – Nepal Press

परीक्षा केन्द्र सार्ने निर्णयप्रति तीन विद्यार्थी संगठनको आपत्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सार्ने निर्णयविरुद्ध तीन विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्।

कांग्रेस निकट नेविसंघका सभापति दुजाङ शेर्पा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंह र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन्।

परीक्षा प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउनु पर्नेमा विद्यार्थीहरूलाई मनोवैज्ञानिक रूपमा असर पर्ने गरी चैत्र १२ गते बाट सञ्चालन गरिने स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र सार्ने निर्णयप्रति ध्यानाकर्षण जनाएका हुन्।

भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरू सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पस भन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष संयुक्त रूपमा माग गरेका छन्।

‘अविश्वसनीय परीक्षा प्रणाली, विद्यार्थीले समयमै प्रमाण पत्र प्राप्त नगर्नु, केन्द्रीय कार्यालय बल्खुको अव्यवस्थापन लगायतका तमाम समस्याहरूबाट परीक्षा नियन्त्रण कार्यालय उम्किन सकेको छैन । परीक्षा जस्तो संवेदनशील विषयमा गरिँदै आएका लापरबाही, अपारदर्शिता र गैर जिम्मेवार निर्णहरुप्रति आपत्ति जनाउँदै परीक्षा प्रणालीलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन हार्दिक अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर