यू-२० महिला एसिया कप छनोटको दोस्रो चरण : नेपाल चीन, म्यानमार र चाइनिज ताइपेईको समूहमा – Nepal Press

यू-२० महिला एसिया कप छनोटको दोस्रो चरण : नेपाल चीन, म्यानमार र चाइनिज ताइपेईको समूहमा

काठमाडौं । यू-२० महिला एसिया कप छनोटको दोस्रो चरणमा नेपाल चीन, म्यानमार र चाइनिज ताइपेईको समूहमा परेको छ ।

एएफसीले बिहीबार सर्वजानिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको छ । एसिया कप छनोटमा दोस्रो चरणका खेलहरु जुन ३ देखि ११ सम्म आयोजना हुनेछ ।

दोस्रो चरणको खेलमा नेपाल समूहको शीर्ष दुईमा परे एएफसी यू-२० महिला एसिया कपका लागि छनोट हुनेछ । सन् २०२४ को यू-२० महिला एसिया कप मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुनेछ ।

एसिया कप छनोटको पहिलो चरणमा नेपालले प्यालेस्टाइन र नर्दन मारियानालाई समान ६-० गोलको नतिजामा पराजित गर्दै दोस्रो चरण प्रवेश गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *