‘ग्लोबल मनि वीक’ मा प्रभु बैंककाे वित्तीय सारक्षरता


काठमाडौं । प्रभु बैंकले किशोर तथा युवामा वित्तीय शिक्षाको महत्व बढाउन ‘ग्लोबल मनी वीक’ (‘विश्व वित्तीय सप्ताह अभियान’) सम्पन्न गरेकाे छ ।
सोमबार विश्वव्यापी रुपमा हरेक वर्ष सञ्चालन गर्ने अभियान आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडि) र नेपाल राष्ट्र बैंकको सहकार्यमा आयोजित विश्व वित्तिय सप्ताह सम्पन्न गरेकाे हाे ।
‘तपाईं पैसाको योजना बनाउनुहोस्, तपाईंको भविष्य रोप्नुहोस्’ भन्ने नाराका साथ गण्डकी प्रदेशमा रहेको प्रभु बैंकका सबै शाखा कार्यालयबाट विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।
बैंकले मुस्ताङ्ग, म्याग्दी, गोरखा, मनाङ्गलगायतका जिल्ला भित्रका सयभन्दा बढि क्षेत्रका नागरिकलाई वित्तिय लक्ष्य निर्माण, बचत, ऋण, बजेट, बिमा र विप्रेषण विषयक वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले बताएको छ ।
गत वर्ष पनि बैंकले जनमानसमा वित्तिय ज्ञानको अभिवृद्घिका लागि म्याग्दी जिल्लास्थित ‘टुप्पिमाथि ठाउँ छैन गुर्जामाथि गाउँ छैन’ भन्ने लोकउक्तीबाट चर्चित गाउँ गुर्जाखानि, मुस्ताङ्गको घारा गाउँसमेत ७८ स्थानबाट वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैँकका गण्डकी प्रदेश प्रमुख राजु रानाले जानकारी दिए ।
साथै, विवेकपूर्ण तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञान/ सीप बढाउने, अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य निर्धारण गर्न सिकाउने लगायतका सीपले आवश्यक सूचनाहरू प्राप्त गर्न ठुलो टेवा पुग्ने विश्वास लिइएको बैँकका प्रादेशिक कार्यलय प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ती शेरचनले बताइन् ।