‘प्रक्रिया मिचेर कांग्रेसले निर्णय गर्दैन, तनहुँ १ मा उम्मेदवारको टुंगो लागेको छैन’


पोखरा । तनहुँ १ मा उपनिर्वाचन तोकिएपछि उक्त क्षेत्रको नेपाली कांग्रेस क्षेत्रीय समितिले पार्टीबाट निर्वाचन लड्न शुक्रबार र शनिबार समय दिएर आकांक्षीको निवेदन माग गर्यो ।
दुई दिनमा नेपाली कांग्रेसबाट निर्वाचन लड्न पूर्व मन्त्री, संविधानसभा सदस्यसमेत गरी १३ जनाले निवेदन दिए । क्षेत्रीय सभापति श्यामकुमार मौरातीले नाम फिर्ता लिएपछि उक्त संख्या १२ मा झर्यो ।
६ हजार शुल्क दिएर आवेदन दिएको भोलिपल्टै मिडियामा ‘तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने’ समाचार आएपछि तनहुँ अहिले तरंगित बनेको छ ।
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा शनिबार साँझ तनहुँ-१ मा भट्टराईलाई उम्मेदवार बनाउन सहमति जुटेको भन्दै समाचार आएको थियो । तर, नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव दयानिधी नरालले गोविन्द उम्मेदवार बन्ने समाचार आधिकारिक नभएको बताएका छन् ।
नेपाल प्रेससँग कुरा गर्दै क्षेत्रीय सचिव नरालले भने, ‘फिक्स भएको आधिकारिक हुँदै होइन, आधिकारिक त हामीले आज(सोमबार) बल्ल सिफारिस गर्दैछौं ।’
क्षेत्रीय समितिले १२ जनाकै नाम जिल्लामा सिफारिस गर्ने सचिव नरालले बताए । ‘१३ जनाले आवेदन दिनुभएको हो, क्षेत्रीय सभापतिले श्यामकुमार मौरातीले नाम फिर्ता लिनुभो, हामीले बाँकी १२ जनाकै नाम सिफारिस गर्दैछौं’, उनले भने ।
सिफारिस गर्दा पनि गोविन्दको एकल सिफारिस पठाउने अवस्था नरहने सचिव नरालको जनाए । ‘हामीले सिफारिस गर्दा पनि गोविन्दको एकल सिफारिस पठाउन सक्ने अवस्था छैन । सबैको नै पठाउनुपर्ने स्थिति देखिएको छ’, उनले भने, ‘बाह्रै जनाको नाम सिफारिस भएर जान्छ । जिल्लाले के गर्छ, त्यसपछि थाहा हुन्छ ।’
प्रक्रिया मिचेर कोही उम्मेदवारको टुंगो नलागेको कांग्रेत तनहुँका सभापति जितप्रकाश आलेले प्रतिक्रिया दिए । ‘क्षेत्रीय समितिले जिल्ला समितिलाई आफ्नो सिफारिस दिन्छ, जिल्लाले प्रदेश समितिलाई दिन्छ, प्रदेश समितिले केन्द्रमा दिन्छ, केन्द्रले निर्णय गर्छ’, उनले भने ।
कांग्रेसले प्रक्रिया मिचेर उम्मेदवारको छनोट नगरेको तनहुँ सभापति आलेले बताए । उनले भने, ‘कांग्रेसले प्रक्रिया मिचेर त्यस्तो निर्णय गर्दैन’, उम्मेदवारी छनोट प्रक्रियामै छ ।’
गोविन्द भट्टराईले मंसिर ४ को निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने घोषणासमेत गरेका थिए । केन्दीय कोषाध्यक्ष मनोनयन गर्ने आश्वासन पाएपछि उनी फर्किएको नेताहरु बताउँछन् । नेविसंघका पूर्व सभापतिमध्ये उनीभन्दा जुनियरले पटकपटक मौका पाउँदा पनि भट्टराईले आफू अन्यायमा पर्दै आएको बताउँदै आएका छन् ।
गत मंसिर ४ गते भएको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै रिक्त बनेको उक्त क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उम्मेदवारी दर्ताको मिति नजिकिएसँगै तनहुँ १ को माहोल तातिए गएको छ ।
Great information shared.. really enjoyed reading this post thank you author for sharing this post .. appreciated
Simple joys, the real treasures of life. Cheers to that!