भीम रावलले भने- एमालेमा घचेट्या घचेट्यै गरे नयाँ पाइला चाल्न सक्छु (भिडिओ)
कैलाली । नेकपा एमालेका नेता डा. भीम रावलले तत्काल एमाले छोड्ने मनस्थितिमा आफू नरहेको बताएका छन् । आज धनगढीमा पत्रकारहरूको भेटघाटमा उनले ५० वर्षसम्म हिँडेको गन्तव्य परिवर्तन गर्ने पक्षमा नरहेको प्रष्ट्याएका हुन् ।
कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी सहितको नेताहरूको भेलालाई सम्बोधन गरेर आउनु भएको छ, के एमाले छोड्न लाग्नु भएको हो ? भन्ने पत्रकारको प्रश्नमा रावलले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यति बेला नेकपा एमालेका इमानदार कार्यकर्ता, जनतासँग सोध्नेछु- त्यति बेला किन घचेटि माग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’
उनले अन्तिम विन्दुसम्म पनि एमालेमै रहने प्रयास जारी गर्ने बताए ।
एमाले नेता रावलले उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू कार्यकर्ता भड्काउन अछाम पुगेको आरोपसमेत लगाएका छन् । आइतबार अछाममा आयोजित पार्टी कार्यक्रममा रावल पक्षधर कार्यकर्ताले नाराबाजी गरेका थिए ।
‘मैले ४८ सालदेखि चुनाव लड्दै आएको छु कहिल्यै कसैसँग टिकट मागिनँ तपाईँलाई मागे र ?’ पौडेललक्षित उनको प्रश्न थियो ।
नेकपा एमाले विरोधीहरू सक्रिय हुञ्जेल मौन बसेका भीमबहादुर रावल विरोधीहरू सत्ता समिकरणमा व्यस्त भएपछि एमालेविरूद्ध फेरि सक्रिय हुन खोज्दैछन्। चैत २०७७ देखि यता झुक्किए पनि रावलले एमालेको पक्षमा लेखेका र बोलेका छैनन्। गएको चुनावमा सुदुरपश्चिममा एमाले हराउने भूमिका उनी देखिएकै हुन्।
म त स्पष्ट छु, एमाले हुँ भन्दै एमाले नै कमजोर बनाउने भुमिकामा उनी सक्रिय हुँदैछन् अन्यथा यो खालको हर्कत सार्वजनिक रूपमा गर्ने थिएनन्। घनश्याम भुसालले त माधव नेपालको दाहिने हाथ र नेकां बलियो बनाउने राजनीति सुरू नै गरिसके अब रावलले कुन दिनदेखि कसरी त्यस्तै राजनीति सुरू गर्छन् भन्ने प्रतिक्षाको विषय बनेको छ।