कांग्रेसको निर्णय : तनहुँ १ मा गोविन्द भट्टराई उम्मेदवार, बारा २ मा जसपालाई सघाउने
नेपाल प्रेस
२०७९ चैत १६ गते १२:०२
काठमाडौं । नेपाली कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेको भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको नेता अर्जुन नरसिंह केसीले बताए ।
तनहुँ १ बाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ वैशाख १० मा उपनिर्वाचन हुँदै छ।
यस्तै, कांग्रेसले बारा २ मा जसपालाई सघाउने निर्णय गरेको छ।
त्यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा छ। भने, चितवन २ का जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
प्रतिक्रिया