प्रधानमन्त्रीका अगाडि नाराबाजी गरेका तीन युवालाई दुर्गा प्रसाईले गरे खादा लगाएर सम्मान – Nepal Press

प्रधानमन्त्रीका अगाडि नाराबाजी गरेका तीन युवालाई दुर्गा प्रसाईले गरे खादा लगाएर सम्मान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गर्दा पक्राउ परेका तीन युवालाई व्यवसायी दुर्गा प्रसाईले खादा र माला लगाएर सम्मान गरेका छन् । आज एक पत्रकार सम्मेलनमा उनले तीन युवालाई सार्वजनिक गरेका थिए ।

प्रसाईले मिटरव्याज र बैंकबाट पीडितहरूको पक्षमा आवाज उठाउँदा प्रहरीले दमन गरेको आरोप लगाए । उनले ती युवाले धरौटी राख्दा लागेको सबै खर्च र अन्य आर्थिक क्षति आफ्नो अभियानले व्यहोर्ने पनि प्रतिबद्धता जनाए ।

‘उहाँहरू हाम्रो अभियानसँग जोडिनुभएका व्यक्ति होइन । तर, हामीसँग मिल्ने एजेन्डाहरू उठाउनुभएको हुँदा उहाँहरूलाई सम्मान गर्न चाहेका हौं,’ प्रसाईले भने ।

उनले बोलेकै भरमा हिरासतमा राख्ने प्रहरी र उनीहरूसँग धरौटी माग्ने अदालत दुवैको निर्णय गलत भएको बताए ।

प्रसाईले भने, ‘प्रधानमन्त्री प्रचण्डले पाँच हजार मान्छे मारेको हुँ भन्दा केही भएको छैन । तर, बोलेकै कारण यी युवाहरुको मुख थुन्ने काम भयो । यसको भर्त्सना गर्छु ।’

प्रसाईबाट सम्मानित भएकाहरूमा सोम शर्मा, विप्लव खड्का र उद्धव बस्नेत रहेका छन् । कार्यक्रममै प्रसाईले युवाहरूलाई सहयोग रकम प्रदान गरेका थिए ।

सम्मानितमध्येका शर्माले आफूहरूले प्रधानमन्त्रीलाई एउटा प्रश्न गर्दा पाँच हजार शुल्क तिर्नुभएको बताए । आफूहरूले रक्सी खाएर होहल्ला गरेको अफवाह फैलाइएको भन्दै उनले त्यसको खण्डन गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर