माटाेकाे मृत्युले भन्छ, प्रकृतितिर फर्काैं
केही दिनअघि ट्विटरमा एकजना साथीले मलाई ‘मेन्सन’ गरेर लेख्नुभयो- बिनुजीका आलेखहरुमा वैदिक ग्रन्थ र आधुनिक विज्ञानका तथ्यहरुको फ्युजन हुन्छ, त्यसैले पाठकलाई विचारमा विमति हुने ठाउँ हुँदैन । हामी त तपाईंले प्रस्तुत गरे जस्तै आफ्नै सांस्कृतिक दर्शनको बाटोमा लागिसक्यौं । तर, बिनुजी, के तपाईंले हामीलाई हिमालयको गुफातिर लैजान खोज्दै हुनुहुन्छ ?
उहाँको प्रश्नले मलाई एउटा ताजा आवाजतर्फ धकेलिरहेको छ । यो आलेख त्यही आवाजबाट सुरु गर्छु । अहिले तपाईं हामीले प्रयोग गर्ने सञ्चारका श्रव्यदृश्य या अरु माध्यमहरुमा पटक पटक दोहोरिएर आइरहने एक हरफ अंग्रेजी आवाज छ- ‘ब्याक टु नेचर’ । ब्याक टु नेचर, अर्थात् प्रकृतितिर फर्कौं । आखिर किन ‘ब्याक टु नेचर’, ‘ब्याक टु नेचर’ भनेको यति धेरै पटक यी आवाज दोहोरिएर आइरहेका छन् ? के सोच्यौं हामीले ?
आउनुस्, संसारभर हाहाकारका रुपमा प्रचार भैरहेको यस आवाजको अन्तर्यमा गएर भौतिकताको उचाइमा पुगेको दुनियाँलाई के आपत परेकाले यस्तो आवाज उठेको हो भन्ने कुराको यस आलेखमा खोजी गरौं ।
खासमा मान्छेले जे जति भौतिक खोज गरेको थियो, त्यो सबै पृथ्वीको अस्तित्व रहुञ्जेल आफू र आफ्ना सन्ततिहरु सुखपूर्वक बसून् भनेर नै थियो । तर, अफसोच आज आफूले खोजेका तिनै कुराहरुबाट मान्छे आफ्नो विनाश भइरहेको देख्दैछ र, भोग्दै पनि छ । आत्मिक ऊर्जाको क्षय झनै दर्दनाक छ । हामी आफ्नो आन्तरिक ऊर्जा कति रफ्तारमा गुमाइरहेका छौं र त्यसले कस्तो असर पारेको छ भनेर पनि हामी चर्चा गर्छाैं । हामीले भौतिक खोजबाट के पायौं र के गुमायौं, यसबारे छलफल गरौं ।
संसारलाई भौतिक विकासको बाटोमा अघि बढाएर हामीले के कुरालाई विकासको मानक बनायौं ? त्यसले हामी विकासमा छौं या विनाशमा भन्ने सोच्ने बनाउँछ । हामीले पृथ्वीमा प्रकतिले दिएको भण्डारण खर्च गर्नुलाई विकास भन्यौं, न कि मान्छेमा उर्ध्वगामी चेतना हुनुमा वा आनन्दमयी दुनियाँ हुनुमा । पृथ्वीमा भएका सामानको प्रयोग विकास र त्यसबाट सुविधा पाउनुलाई हामीले विकास भनिरहेका छौं । सुविधा प्राप्ति र त्यसले सिर्जना गरेको महत्वाकांक्षा चुलिनु विकास होइन । सामान धेरै हुनु र सामानले नै थिचिएर मर्नु विकास हुन सक्दैन । तर, अफसोच हामी सामानको उत्पादन गर्नु र प्रकृतिले जीवको अस्तित्व राख्न दिएको स्रोत सक्नुलाई विकासको नाम दिइरहेका छौं । जीवन्त कुरालाई अन्त्य गरेर भौतिक साधन निर्माण खासमा विनाश हो ।
सुविधा प्राप्ति र त्यसले सिर्जना गरेको महत्वाकांक्षा चुलिनु विकास होइन । सामान धेरै हुनु र सामानले नै थिचिएर मर्नु विकास हुन सक्दैन । तर, अफसोच हामी सामानको उत्पादन गर्नु र प्रकृतिले जीवको अस्तित्व राख्न दिएको स्रोत सक्नुलाई विकासको नाम दिइरहेका छौं ।
त्यो कसरी भने विकास भएको देखाउन हामीले निर्माण गरेको सिमेन्टको नै कुरा गरौं । सिमेन्टबाट मान्छेले अनेकौं कुराहरु निर्माण गरेको छ । सिमेन्ट चार सय वर्षअघि सन् १८२४ मा बेलायती इँटा निर्माणकर्ता जोसेफ एस्पडिन (सन् १७७८-१८५५) ले बनाएका थिए । जुन कुरा ब्रिटानिकामा उल्लेख छ । तर चार सय वर्षअघि आएको सिमेन्टबाट निर्मित भवनहरु नै आज मान्छेका लागि समस्या बन्दैछन् । अनुसन्धानकर्ताहरु भनिरहेका छन् कि अहिले जति मान्छे छन्, हरेकको एक एक वटा घर हुने हो भने पृथ्वीमा खाली जमिन बाँकी रहने छैन । अनि यदि अहिले रहेका सिमेन्टका घरहरु विपत्तिले ढाल्यो या ढलाउनुपर्ने अवस्था आयो भने सिमेन्टले छोपिएर पृथ्वीमा उब्जाउ हुने कतै पनि ठाउँ नै बाँकी रहनेछैन । सोचौं त त्यो बेला मान्छे कसरी बाँच्ला ?
सिमेन्ट भोलिको लागि मात्र होइन तत्कालको लागि पनि महँगो, बस्न पनि असरदार र वातावरणको लागि हानिकारक छ भन्ने थाहा पाएका पश्चिमा देशहरुमा अहिले झार, पराल, गहुँको ठुटा प्रयोग गरेर माटोका घर बनाउन थालिएका छन् । अमेरिका, जर्मनी जस्ता देशहरुमा अहिले सिमेन्टका घर छोडेर माटोको घर बनाउन उत्पेरित गर्न थालिएको छ । जर्मनीको भाइमार जस्ता शहरोन्मुख गाउँमा यस्तै सिमेन्टविनाको घर बनाउन तीव्रता दिइएको कुरा एक उदाहरण हो । र, यो सिमेन्टको बहुआयामिक असर देखिसकेकाहरुको सपना पनि हो । जसलाई रिपोर्टमा पनि हेर्न सकिन्छ ।
पृथ्वीलाई मान्छेले गरेको विकासले नै विनाशमा लैजाने अर्को कुरा भनेको कार्बनको उत्सर्जन हो । कार्बन उत्सर्जनका मुख्य स्रोतमा डिजेल, पेट्रोल, कोइला आदि हुन् । सन् १८५८ मा डिजेल, पेट्रोल पत्ता लाग्दा विकासमा फड्को मारेको भनेर उत्सव मनाउने गरिन्थ्यो । आज त्यही विनाशको कारण बनिरहेको छ । गाडी, फ्रिज, वासिङ मेसिन र कुलरहरुमा यसको अत्यधिक प्रयोग हुन्छ । जसबाट कार्बन डाइअक्साइड, मिथेन, क्लोफ्लोरोकार्बन, नाइट्रोजन अक्साइड र ओजोन जस्ता ग्यास निस्कन्छ । जसका कारण पृथ्वीको तापक्रम ह्वात्तै बढेको भनेर प्रकृतितिर फर्कन र प्रकृतिको रक्षा गर्न आवाज उठेको छ ।
यो आवाज तब चर्को बन्यो जब सन् १९७२ मा विश्वका वैज्ञानिकहरुको सम्मेलनले यसकै कारण पृथ्वीमा मानिस जीवित रहने समय कम हुँदै गइरहेको प्रतिवेदन दिए । जुन प्रतिवेदनलाई ‘फ्रम स्टकहोम टु क्युटोः अ ब्रिफ हिस्ट्री अफ क्लाइमेट चेन्ज’मा हेर्न सकिन्छ ।
पेट्रोल र डिजेलमात्र होइन सन् १८८२ मा पहिलो चोटि बिजुली बाल्दा र यसबाट चल्ने इलेक्ट्रोनिक सामान प्रयोगमा आउँदा संसार नै अर्को भएको थियो । तर, आज त्यही उज्यालो जीव विनाशको कारण बन्दैछ । अँध्यारोको डरले उज्यालो खोजेको मान्छेले आज यसले आफ्नो जीवनयापनमा असर परेको चाल पाउँदैछन् । उज्यालोको कारण कति धेरै जीवजन्तु र विरुवाको नश्ल नै नष्ट भैरहेको कुरा तथ्यमा आउँदैछन् । सधैं उज्यालोमा रहँदा निद्रा कम हुँदै गएको र त्यसले डिप्रेसन, मोटोपन जस्ता अनेक समस्या आएको कुरा हामीले हेर्नै बाँकी छ ।
अनुसन्धानकर्ताहरु भनिरहेका छन् कि अहिले जति मान्छे छन्, हरेकको एक एक वटा घर हुने हो भने पृथ्वीमा खाली जमिन बाँकी रहने छैन । अनि यदि अहिले रहेका सिमेन्टका घरहरु विपत्तिले ढाल्यो या ढलाउनुपर्ने अवस्था आयो भने सिमेन्टले छोपिएर पृथ्वीमा उब्जाउ हुने कतै पनि ठाउँ नै बाँकी रहनेछैन ।
प्रकाशको प्रदूषण कति घातक छ भन्नेबारे अर्को आलेखमा चर्चा गर्नेछु । यहाँ त प्रकाशको प्रदूषणमात्र होइन, बिजुलीको विकाससँगै इलेक्ट्रोनिक्स सामान प्रयोगमा ल्याएको १४० वर्ष पुग्नै लाग्दा दुनियाँ ई-वेष्टको समस्यामा उल्झेको छ । यसको प्रयोगबाट मानिसले प्राकृतिक मौलिकता गुमाएको छ र फ्याँकिएका इलेक्ट्रोनिक्स सामानबाट निस्कने रेडियसनको असरले चिन्ता थपिएको छ ।
सन् २०१९ मा मात्र ५.३ करोड टन इलेक्ट्रोनिक सामान (ई-वेष्ट) फोहोरमा निस्किएको थियो । जसबाट ५६ अर्ब डलर खेर गयो । अनि तथ्याङ्क भन्छ- यसरी फालिएको सामानबाट झण्डै १० करोड टन ग्रीन हाउस ग्यास उत्पादन भएको छ । आजको अवस्था झनै डरलाग्दो छ भनिएको छ । अनि अबको पाँच दशक सय प्रतिशत अधिक ई-वेष्ट तयार हुने भविष्यवाण्ीा गरिएको छ । अनि यसले निकाल्ने ग्यास र त्यसबाट हुने फोहोरले पृथ्वी कस्तो बनाउने होला, सोचौं त ?
अर्को कारण छ वन फडानी । यसले पृथ्वीलाई मानिस बस्न अयोग्य बनाउँदै लगेको छ । साना ठूला गरेर सरदर दैनिक २०० करोड र वर्षको ७२ अर्ब जनावर मासुका लागि काटिन्छन् । ती जनावर पाल्न हरेक वर्ष ६ लाख हेक्टर जंगल फडानी गरिन्छ । अनि त्यो उत्पादित मासुलाई प्याकेजिङ गर्न प्रयोग हुने प्लाष्टिक, संसारभर मासु ढुवानीको लागि प्रयोग हुने साधनको कारण कार्बन उत्र्सजन अधिक भएको तथ्याङ्कले देखाउँछ । मासु उत्पादनका कारण पृथ्वीमा २५ प्रतिशत गर्मी बढेको छ । जुन कुरा बीबीसीको रिपोर्टमा पनि हेर्न सकिन्छ ।
त्यतिमात्र होइन जंगल फडानीका कारण हरेक दिन २५ देखि १५० प्रजातिको अस्तित्व सकिन्छ । जैविक प्रजातिहरुको अस्तित्व सकिनु भनेको पृथ्वीमा बास बस्न सकस हुँदै गइरहेको कुराको संकेत हो । वैज्ञानिकहरु भनिरहेका छन्- सन् १७५० को औद्योगिक क्रान्तिपछि बढेको कार्बनको उत्सर्जन सन् २००० मा आइपुग्दा ३० प्रतिशतले बढेको छ । यो बितेको आठ लाख वर्षको इतिहासमा पनि नपरेको असर अहिले परेको हो । उद्योग त बने, फाइदा त छ । तर, त्यसको दीर्घकालीन बेफाइदा झन् झन् देखिँदैछ । युद्धका लागि चाहिने रसायनिक पदार्थ उत्पादन र प्रयोग अर्को विनाशको कारण हो । यसरी हामीले जे कुरालाई विकास भनिरहेका छौं । त्यो नै मानव सभ्यता विनाशको कारण बन्दैछ ।
यसरी एकातिर सिमेन्टैसिमेन्टले जमिन छोपिनु र अर्कोतिर जंगल फडानीले जमिनमा पानी रिचार्ज हुन नपाउनु, कार्बन उत्सर्जनले पृथ्वीको तापक्रम बढ्दै जानु र इलेक्ट्रोनिक सामानका कहिल्यै नमासिने फोहोर थुप्रिँदा पृथ्वी भौतिक रुपमा मात्र होइन यसको ऊर्जा शक्ति नै क्षिण भएको छ । यो तथ्याङ्कलाई फ्रेण्ड अफ अर्थ नामक संस्थाको वेबसाइट र यूएन डट ओआरजीमा गएर हेर्न सकिन्छ ।
अँध्यारोको डरले उज्यालो खोजेको मान्छेले आज यसले आफ्नो जीवनयापनमा असर परेको चाल पाउँदैछन् । उज्यालोको कारण कति धेरै जीवजन्तु र विरुवाको नश्ल नै नष्ट भैरहेको कुरा तथ्यमा आउँदैछन् । सधैं उज्यालोमा रहँदा निद्रा कम हुँदै गएको र त्यसले डिप्रेसन, मोटोपन जस्ता अनेक समस्या आएको कुरा हामीले हेर्नै बाँकी छ ।
हामीले अल्बर्ट आइन्सटाइन (सन् १८७९-१९५५)ले गरेको खोज सर्वोत्कृष्ट भनिरहेका थियौं । अझ ओपन हाइमरले बम नै बनाउँदा त हाम्रो खुशीको सीमा थिएन । तर, आज एटम बम जति घातक अरु कुनै चिज नै छैन । हाम्रा आविस्कार कति गलत छन् भनेर स्वयं बम बनाउनेहरु नै पश्चातापमा छन् । आइन्सटाइनले नोवेल पुरस्कार पाएपछि उनलाई कसैले अर्को जुनीमा तिमी यो भन्दा ठूलो वैज्ञानिक हुुने होला होइन ? भनेर प्रश्न सोधेका थिए । आफ्नै आविष्कारको अँध्यारो पाटो देखिसकेका आइन्सटाइनले भनेका थिए- अर्को जुनी भएछ भने प्लम्बर भएर जन्मन्छु । आविष्कार जे गरे पनि मान्छेले यसको गलत प्रयोग गर्यो ।
त्यसैले पीडाले भरिएको ब्याक टु नेचर भन्ने आवाज पनि तिनै देशबाट आइरहेको छ, जुन देशहरुले भौतिक विकासमा आफ्ना उचाइपूर्ण उडानबाट विनाशका यस्ता खाडलहरु देखिरहेका छन् । विश्व वैज्ञानिक संगठनको अध्ययनले भन्छ- औद्योगीकरणको युगयता एक डिग्री सेल्सियस तापक्रम बढेको छ । यो दुई डिग्रीमा पुग्दा पृथ्वीमा जताततै आगो लाग्नेछ । पृथ्वीको दुई ध्रुवमा हुने हिउँ पग्लिएर समुन्द्रमा ३.६ मिलिलिटर पानी बढ्नेछ । हरेक वर्ष यस्तो अवस्थामा संसारका धेरै देशहरु त समुन्द्रमुनि पर्नेछन् । जताततै सिमेन्ट भएका कारण पानी रिचार्ज हुन सक्नेछैन । त्यसैले मान्छेकै कारण मान्छेले सोचेभन्दा छिटै पृथ्वी मरुभूमिमा परिणत हुँदैछ । पृथ्वीमा जताततै आगो लाग्न थाल्नेछ । ज्वालामुखी विस्फोट हुनेछ ।
यो कुरा अहिल्यै पनि देखिँदैछ । भर्खरैमात्र नासाले पृथ्वीको तापक्रम ह्वात्तै बढेकाले सबै सचेत रहन भन्दै तथ्यसहितको चित्र सार्वजनिक गरेको छ । पोर्चुगलमा तापक्रम ४५ डिग्रीभन्दा माथि मापन भएको र तीन हजार हेक्टर जमिन जलेर नष्ट भएको, इटालीको मार्मोलडा ग्लासिएर पग्लिएको, गर्मीका कारण स्पेन पोर्चुगल जस्ता धेरै देशहरुमा सडकको पिच पग्लिएको, अधिकांश अन्नबाली नष्ट भएको, जंगलहरुमा आगलागी भएको समाचार संसारभरबाट आइरहेको छ । तापक्रमको असर जहाँ पनि छ । सगरमाथाबाट बग्ने हिमनदीबारे भएको एक अध्ययनअनुसार पहिला दुईसय वर्षमा हिउँ पग्लिएर बग्ने पानी अहिले दुई वर्षमा बगेको छ । त्यसैले हिमालमा अहिले हिउँ कम, ढुङ्गा ज्यादा देखिन थालेको छ । औद्योगीकरणका कारण हरेक वर्ष आयरल्याण्डको ठूलो भूभाग मरुभूमि बन्दैछ । यो दर हरेक घन्टा बढेर गइरहेको छ । यसको अर्थ अहिलेको हाम्रो जिउने तरिका सबै प्राणीहरुको लागि घातक छ ।
यस्तै घटना सन् ५३६ मा भएको थियो । आइसल्याण्डमा भएको ज्वालामुखी विस्फोटका कारण आधा पृथ्वी कालो भएको थियो । युरोप र रसियालगायतका देशमा १८ महिनासम्म कालो बादलले ढाक्यो । त्यहाँ घाम नै नझुल्किने भयो । जसका कारण त्यहाँको जमिन उब्जाउ शून्य भयो, त्यहाँबाट निस्कन नसकेर अधिकांश मान्छे मरेका थिए । उनीहरु भनिरहेका छन्- पृथ्वीले यस्तै आँधी, तुफान, ज्वालामुखी, महामारी अनेक विपत्ति सामना गर्नेछ । त्यसैले उनीहरुको आह्वान छ- प्रकृतितिर फर्काैं । अझ सबैभन्दा रोचक अर्काे पक्ष के छ भने केमिकल औषधि बनाउन सुरु भएको तीनसय वर्ष पुग्दा नपुग्दै आज मान्छेको मृत्युको प्रमुख कारण तिनै औषधि रहेको तथ्यहरु बाहिर आइरहेका छन् । ग्यारी नोलले लामो अनुसन्धानपछि तयार गरेको पुस्तक डेथ बाई मेडिसिन एक उदाहरण हो । जहाँ औषधिले कसरी सहज मृत्युभन्दा अघि मान्छे मारिरहेको छ भन्ने कुरा उठाएको छ ।
विश्व वैज्ञानिक संगठनको अध्ययनले भन्छ- औद्योगीकरणको युगयता एक डिग्री सेल्सियस तापक्रम बढेको छ । यो दुई डिग्रीमा पुग्दा पृथ्वीमा जताततै आगो लाग्नेछ । पृथ्वीको दुई धु्रवमा हुने हिउँ पग्लिएर समुन्द्रमा ३.६ मिलिलिटर पानी बढ्नेछ ।
यता प्राकृतिक उपचारमा पूर्वीय सभ्यताले गरेको प्रयोगमा मानिसको शारीरिकमात्र नभएर मानसिक स्वास्थ्य र पृथ्वीको स्वास्थ्यमा पनि उत्तिकै सचेतता अपनाइएको थियो । ‘वसुधैव कुटुम्बकम’ अर्थात् पृथ्वी हाम्रो साझा घर हो भन्ने हाम्रो सनातनी समाज नै जागरुक थियो । भनिएको छ-
ईशा वास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत ।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम् ।।
(इशोपनिषद्, प्रथम खण्ड प्रथम श्लोक) ।
अर्थात् भोगको लालसाले थुपार्ने होड चल्छ र भौतिक सुखको दौडले प्रकृतिको विनाश हुन्छ । अनि त्यसले पृथ्वीको शान्त जीवनलाई बिथोल्छ भन्ने यस उपनिषद्ले बताउन खोजेको छ ।
त्यतिमात्र होइन, मान्छे प्रकृतिको नजिक हुँदा आफैं समभाव उत्पन्न हुने रहेछ भन्ने पनि देखिन्छ । किनकि थोरै जनसंख्या भएको, जंगलैजंगल भएको बेला पनि मान्छे प्रकृतिको प्रेममा थियो । भनिएको छ-
दशकूपसमा वापि दशवापिसमो ह्रदः
दशह्रदसमः पुत्रो दशपुत्रसमो द्रुमः ।
अर्थात् एक पोखरी खनाउनु दश इनार खनाए बराबर हुन्छ, एक सन्तान हुर्काउनु दश पोखरी बराबर हुन्छ, अनि एक रुख रोप्नु चाहिँ दश सन्तान हुर्काए बराबर हुन्छ । यसले मानिसको जनसंख्या कम भएका बेला र संसार घना जंगलले भरिएका बेलामा पनि जंगल बचाउनुपर्छ भन्ने उच्च चेत भएका मान्छे भएको दर्शाउँछ ।
त्यसैको प्रभाव हिजोअस्तिसम्म बस्तीको छेउछाउ एकजोडी वरपीपल रोप्ने चलन थियो । जसले शीतलता, सामूहिकतामात्र होइन, अधिक अक्सिजन दिएर हाम्रो प्राणवायु थामिरहेको थियो । तर, आधुनिक बन्ने नाममा हाम्रा बस्ती वरिपरिका ती वरपीपल ढाल्यौं । अनि विकासका नाममा आएका प्लाष्टिकका क्रिसमस ट्री भित्र्याएर पूजा गर्नेतिर लागेका छौं । क्रिसमस ट्री तिनै मरुभूमि या हिउँले छोपिने देशबाट आए, जुन देशमा रुख नै छैनन् र रुख रोपेर पृथ्वीलाई जीवन्त राख्न सकिन्छ भन्ने चेत पनि छैन ।
जताततै सिमेन्ट भएका कारण पानी रिचार्ज हुन सक्नेछैन । त्यसैले मान्छेकै कारण मान्छेले सोचेभन्दा छिटै पृथ्वी मरुभूमिमा परिणत हुँदैछ । पृथ्वीमा जताततै आगो लाग्न थाल्नेछ । ज्वालामुखी विस्फोट हुनेछ ।
उसो भए के मान्छेको अस्तित्व सकिन लागेको हो ? अरुलाई मारेर महावली हुन खोज्ने मान्छे (होमो सेपियन्स)को इतिहास यस पृथ्वीमा तीन लाख वर्ष पुरानो हो । जबकि धेरै प्रजाति यस पृथ्वीमा करोडौं वर्षदेखि छन् । यहाँ डार्विन (सन् १८०९-१८८२)को सिद्धान्त र पूर्वीय सभ्यताको ज्ञानलाई पनि जोडेर हेर्न सकिन्छ । डार्विनको सिद्धान्त भन्छ, जो शक्तिशाली छ ऊ धेरै बाँच्छ । पूर्वीय ज्ञान भन्छ, जो शान्त छ उही लामो समयसम्म जीवित रहन्छ । पूर्वीय ज्ञानले कडा चिज चाँडै टुक्रन्छ, नरम चीज लामो समय जीवित रहनसक्छ भन्छ । त्यसको उदाहरणको लागि केही तथ्यमा जान सकिन्छ । समुन्द्रको फेदमा रहने अत्यन्त नरम जेल्ली फिस जो आजसम्मको सबैभन्दा पुरानो जीवमा पर्छ । जो जीवहरुमा सबैभन्दा सुरुमा विकास भएकोमा पर्छ । त्यस्तै पुरानो जीवमा रहेको अर्को जीव कछुवा हो । जो एकदमै शान्त छ ।
मान्छेमा नै हेरौं, बाहिरको दौडधुपबाट मुक्त ऋषिहरु दौडमा भएका मान्छेभन्दा धेरै वर्ष बाँचेका छन् । शिवपुरी बाबा १२९ वर्ष बाँचेका थिए (स्वधर्म, शिवपुरीबाबा जीवनी) । जति शान्त र विध्वंशरहित जीवन जिउन सकिन्छ, त्यति नै त्यसको आयु लामो रहनसक्छ । खासमा मान्छेको प्रथम हुने, अरुभन्दा शक्तिशाली हुने र धेरै समयसम्मका लागि स्रोतसाधन जम्मा गर्ने महत्वाकांक्षा विनाशको मुख्य कारण बन्दैछ । खासमा मान्छे जे जे प्राप्त गर्न कुदिरहेको छ, त्यो एकदमै व्यर्थ छ । रुसी लेखक लियो टोल्स्टोय (सन् १८२८-१९१०)को चर्चित कथा ‘हाउ मच लेण्ड डज म्यान रिक्वायर ?’ यहाँ राख्न उचित हुन्छ ।
कथामा पाहोम नाम गरेका एकजना किसान हुन्छ । मध्यम परिवारका पाहोममा धनी र धेरै जग्गाको मालिक बन्ने महत्वाकांक्षा हुन्छ । त्यसैले ऊ जमिन जोड्न लाग्छ । उसमा यति लालच हुन्छ कि धनी हुन छिमेकीसँग झगडा गर्नेदेखि आफन्तसँग वैरभाव पैदा भएको हुन्छ ।
त्यसैले केही वर्षमा दोब्बर बनाएको जग्गा बेचेर अर्को ठाउँमा जग्गा किन्न निस्कन्छ । ऊ यस्तो ठाउँमा पुग्छ, जहाँ पाहोमसँग भएको नौसय रुवल तिरेर उसले दिनभरमा जति जमिनमा हिंड्न सक्छ त्यति जग्गा दिने सर्त हुन्छ । यो सुनेर पाहोम यति उत्साहित हुन्छ कि उसले पूरा हौसलाका साथ धेरैभन्दा धेरै जमिनमा दगुर्ने प्रयास गर्छ । जति जमिनमा ऊ दौडनसक्छ, त्यति जमिन पाइने भएपछि उसको दौडाइ झन्झन् तीव्र हुन्छ ।
डार्विनको सिद्धान्त भन्छ, जो शक्तिशाली छ ऊ धेरै बाँच्छ । पूर्वीय ज्ञान भन्छ, जो शान्त छ उही लामो समयसम्म जीवित रहन्छ । पूर्वीय ज्ञानले कडा चिज चाँडै टुक्रन्छ, नरम चीज लामो समय जीवित रहनसक्छ भन्छ ।
हजारौं मान्छे उसको जीतमा उत्सव मनाउन कुररिरहेका हुन्छन् । साँझ परिसकेको हुन्छ । घाम डुब्नुभन्दा केही अघि ऊ थाकेर ढल्छ । दिनभर दौडेर पार गरेको जमिन उसको भयो । तर, ऊ ढलेको ठाउँबाट उठ्न सकेन । ढलेको पाहोम कहिल्यै उठ्न नसक्ने गरी सुत्छ र उसको नोकरले त्यही जग्गामा ६ फुटको एउटा खाल्डो खनेर उसलाई गाडिदिन्छ । यहाँ हाउ मच डिस्ट्रक्सन अफ द अर्थ डज म्यान रिक्वायर्ड ? भन्ने हुनुपर्ने हो । टोल्सटोयको यो कथाकै जस्तो पृथ्वी कब्जा गर्ने दौडमा छौं हामी । कहाँ पुग्ने भनेर कुदिरहेका छौं र कहाँ पुग्यौं ? के पायौं ? ढलेपछि मात्र अरुले थाहा पाउँछन् ।
आज सबै मान्छेमा यो सूचना पुगेको छ कि मान्छेकै कारणले छिट्टै पृथ्वीले उब्जाउ गर्न छोड्नेछ । जंगल मासिने र सिमेन्टेड जमिन भएका कारण जमिनमा पानी रिचार्ज हुने छैन र हिउँ पग्लिएर पानीको स्रोत सुक्नेछ । त्यसैकारण पृथ्वीले वनस्पति र अन्न उब्जाउन छोड्नेछ । जंगल नभएपछि मरुभूमि बन्दै धूलोले पृथ्वी ढाकिनेछ र मान्छे बस्न लायक हुनेछैन । अथवा पृथ्वी पुनः सुरुको (यहाँ बस्न नसक्ने) अवस्थामा पुग्नेछ । तर, फर्किएर होइन, बदलिएर ।
त्यसैले मान्छेले आफ्नो अस्तित्व जोगाउन एक ग्रहबाट अर्को ग्रहमा जान सकिने सम्भावनाबारे अध्ययन गरिरहेको छ । मान्छेको अतिक्रमणका कारण पृथ्वीमा उब्जाउ रोकिने र मरुभूमिमा परिणत हुने तथ्यको जानकारी दिने चर्चित निर्देशक क्रिष्टोफर नोलन (सन् १९७०)द्वारा निर्देशित फिल्म हो- इन्टेष्टेलर ११ (सन् २०१४) । जसलाई नासाको तथ्यका आधारमा तयार गरिएको छ । जहाँ यस पृथ्वीमा मान्छे बस्न लायक नभएपछि अनुसन्धानकर्ताहरु अर्को ग्रहको खोजमा निस्किएको कुरा देखाइएको छ ।
खासमा मान्छेको प्रथम हुने, अरुभन्दा शक्तिशाली हुने र धेरै समयसम्मका लागि स्रोतसाधन जम्मा गर्ने महत्वाकांक्षा विनाशको मुख्य कारण बन्दैछ । खासमा मान्छे जे जे प्राप्त गर्न कुदिरहेको छ, त्यो एकदमै व्यर्थ छ ।
अर्को ग्रहमा मान्छे छन् कि भन्ने खोजीमा सन् १९८० मा नै नासाले अन्तरीक्षमा साथी बन्ने सन्देश राखेर ‘फ्रेण्ड पेस-प्रो’ पठाएका थिए । जसमा केही आवाज र तस्बिर राखिएको थियो । यसरी पठाइएका यन्त्रमध्येको ‘वजर वन’ यस धर्तीबाट २२ अर्ब किमि टाढा पुगेको छ । मान्छेले बनाएको चीज सबैभन्दा टाढा पुगेको यही नै हो । अमेरिकी खगोल वैज्ञानिक कार्लस् सेगनको यो भनाइले पनि यसको खोजीका लागि उत्प्रेरणा दिन्छ । उनले भनेका छन्- ब्रह्माण्ड यति विशाल छ । यदि यहाँ हामीमात्रै छौं भने यो त यो भूमिको बर्बादमात्र हो ।
हो, भौतिकताको त्यो उचाइमा पुगेर विनाशको खाडल देखिरहेका उनीहरुले भनिरहेका छन्- प्रकृतितिर फर्कौं । आज जीतको दौडमा रहेर यो विपत्ति खेपिरहेका उनीहरुले हाम्रो सभ्यताको र ज्ञानको महत्व बुझ्न थालेका छन् । त्यसैले आज पश्चिमा समाज रुखविरुवा, पानीका स्रोतको पूजा गर्नेमात्र होइन, आफैंले आफैंलाई फर्किएर हेर्ने ध्यानबाट प्रभावित छन् । त्यसैले आज पश्चिमा समाज सिमेन्टका महलबाट ओर्लिएर माटो छोएर योग र ध्यानमा जोडिन थालेको छ ।
यसरी भनौं, मान्छे बस्न लायक ग्रह पृथ्वीको आयु मान्छेकै लुछाचुँडीका कारण छोटिँदैछ । जसका कारण मान्छेको जिउने रहर पनि छोटिँदैछ । जीवन व्यर्थ लागेर आत्महत्या गर्ने दर पनि बढ्दै गएको छ । यी सबै कुरा अरुलाई जित्ने र पहिलो बन्ने होडका कारण भइरहेको छ । जीतको होड छोडेर प्रकृतिका साथमा हिँड्न राजी नभएसम्म माटोको मृत्युयात्रा रोकिनेछैन । माटोको मृत्युले संसारको प्रकृति जगतको मृत्यु हुनेछ र त्यसले संसारलाई जीव शून्य बनाउनेछ । त्यसैले प्रकृतिमा फर्काैं र प्राकृतिक जीवन बाँचौं ।
सुन्दर मन छुने लेख । प्रकृति नै हाम्रो प्रारम्भिक र नैसर्गिक वासस्थान हो । विकासको चाहनाले विनास निम्त्याएको हो । विकासको नारा दिंदै विनास भोग्न तत्पर रहेका हामी मानव र हाम्रो संरक्षक प्रकृति नै हो ।