६ सय रुपैयाँले घट्यो सुनको मुल्य
नेपाल प्रेस
२०७९ चैत १९ गते ११:३९
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन शुक्रबार मात्रै प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थिायो ।
आज तेजाबी सुन घटेर प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर