लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस् फर डेभलपमेन्ट एन्ड पिस’ म्याराथन हुने – Nepal Press

लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस् फर डेभलपमेन्ट एन्ड पिस’ म्याराथन हुने

रुपन्देही । नेपाल ओलम्पिक कमिटीले लुम्बिनी प्रदेश खेलकुद परिषदसँग सहकार्य गर्दै यस वर्षको विश्व खेलकुद दिवस लुम्बिनीमा मनाउने तयारी गरेको छ । दुई संस्थाबीच चैत २३ गते विश्व खेलकुद दिवस गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस् फर डेभलपमेन्ट एन्ड पिस’ नाम दिएर आयोजना गर्ने सहमति भएको हो ।

समझदारीपत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा बुद्ध जन्मभूमिमा पिस म्याराथन आयोजना गरी लुम्बिनीको प्रचारप्रचारमा सहयोग गर्ने उल्लेख छ ।

सन् २०१३ मा संयुक्त राष्ट्रसंघले अप्रिल ६ लाई ‘इन्टरनेसनल डे अफ स्पोर्टस्’ मनाउने निर्णय गरेको थियो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले लुम्बिनीमा हुने ‘इन्टरनेसनल डे अफ स्पोर्टस् फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रमले लुम्बिनीको पर्यटकीय बजार विश्वस्तरमा विस्तार तथा प्रवरद्धनमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे । खेलकुद विश्वमा शान्ति तथा भाइचारा फैलाउन सबैभन्दा उपयुक्त माध्यम रहेको उनको भनाइ थियो ।

लुम्बिनी खेलकुद परिषदका सदस्यसचिव भट्टराईले लुम्बिनी प्रदेशमा खेलकुदको विकासमा ओलम्पिक डेका दिन आयोजना गरिने कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले यस कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा अन्तर्राष्ट्रियकरण गर्न प्रदेश खेलकुद परिषद लागेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर