उपचुनावमा माओवादीको हैसियत मतदातामात्र, कांग्रेस र जसपालाइ सघाउने
काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आगामी वैशाख १० गते हुने उपनिर्वाचन तीनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार नउठाउने भएको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको आइतबार बालुवाटारमा बसेको बैठकमा तनहुँ १ मा दाबी गरे पनि सत्तारुढ अर्को कांग्रेस नमानेपछि माओवादी मतदाता मात्रै बन्ने भएको छ ।
माओवादी नेता सूर्य सुवेदीले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘तनहुँ १ मा आफूहरुले जोड दिए पनि कांग्रेस नमानेका कारण गठबन्धनको उम्मेदवारलाई सघाउने सहमति भएको छ ।’
तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेललाई निर्वाचित गर्न माओवादी केन्द्रको निर्णायक मत भएकोले त्यसको गुण कांग्रेसले तिरोस् भन्ने प्रस्ताव कांग्रेसले नमानेको सुवेदीले बताए ।
वैशाख १० मा तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ ।
यी यसैगरी सकिदै जानुपर्छ । सक्कली माओवादीले त वागी दिनुपर्ने हो काँग्रेसको पुच्छर माओवादी विरूद्व ।