सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवालाई आर्थिक सहयोग – Nepal Press

सिटिजन लाइफद्वारा ज्येष्ठ नागरिक दिवा सेवा र फिजियोथेरापी सेवालाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्र ‘एनआरडीएससी’ द्वारा ज्येष्ठ नागरिक दिवा सेवा ब्रह्मज्ञानी विश्रामालय र फिजियोथेरापी सेवा कार्यको लागि आर्थिक सहयोग गेरेको छ ।

कम्पनीले विराटनगर महानगरपालिकास्थित ब्रह्मज्ञानी विश्रामालयलाई एक लाख रुपैयाँ नगद आर्थिक सहयोग प्रदान गरेको जनाइएको छ ।

यस एनआरडीएससी संस्थाले विभिन्न ठाउँमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ । साथै ज्येष्ठ नागरिकहरुप्रति हुने दुर्व्यवहार तथा हिंसा न्यूनीकरण गर्ने सरोकारवालाहरुसँग निरन्तर अन्तरक्रिया तथा नियम-कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्न विविध कार्य गर्दै आएको छ ।

कम्पनीले आफ्नो संस्थागत समाजिक उत्तरदायित्वमा हरेक वर्ष स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्धवृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाइलगायतका कार्यक्रम एवं विद्यार्थीलाई पोशाक, पुस्तक, स्टेशनरीलगायतका शैक्षिक सामग्री वितरण गर्दै आएकोसमेत कम्पनीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *