रविलक्षित विश्वप्रकाशको टिप्पणी- आफू नेता हुनसाथ मिडियालाई फटाह भन्न मिल्छ ?
हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियाप्रति लाल्छना लगाउनु गलत भएको बताएका छन् । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको सन्र्दभमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको मनोनयन दर्ताको लागि चितवन पुगेका शर्माले लामिछानेको प्रवित्तिको आलोचना गरेका हुन् ।
चितवनमा आयोजना भएको आमसभामा बोल्दै शर्माले यस्तो बताएका हुन् ।
‘‘यो देशको लोकतन्त्रमा राजनीतिक दलको मात्र होइन, मिडियाले पनि उत्तिकै योगदान गरेका छन् । लोकतन्त्रका लागि रगत बगाएका छन् । सहादत दिएका छन्, संघर्ष गरेका छन् । म पनि टेलिभिजनमा सामाजिक रूपान्तरणको कार्यक्रम ‘ऐना’ चलाएर आएको हुँ’, रवितर्फ संकेत गर्दै शर्माले भने, ‘टेलिभिजनमा हुन्जेल नेताजति सबै खराब, राजनीतिमा गएपछि मिडियाजति सबै खराब, १२ भाइ खराब भन्ने कुरा नैतिक हुन सक्दैन ।’
शर्माले चितवन कांग्रेसले जितनारायणलाई उम्मेदवार बनाएर न्याय गरेको भन्दै यो पटक कांग्रेसको जित हुने दाबी गरे ।
उनले भने, ‘आज पार्टीले ठीक निर्णय गरेको छ । जीतनारायणजीलाई उम्मेदवार बनाएको छ । तपाईंहरूले परिणाममा पनि नामजस्तै जीतनारायण बनाउनुहुनेछ ।’ लोकतन्त्रमा जनताकेन्द्रित भएर काम हुनुपर्छ । तर, लोकतन्त्रमा भएको कमी–कमजोरी देखाउने मात्र एजेन्डा हुन सक्दैन भन्दै शर्माले जहिले पनि सतिले सरापेको कारण देश बनेन भनेर कुर्लेर मात्र देश निर्माण नहुने बताए । गठवन्धनको तर्फबाट उम्मेदवार बनेका जितनारायणले चितवनको सबैखाले विषय बुझेको र उनले जिते समग्र चितवनको मुहार फेरिने शर्माको भनाई रहेको छ ।
प्रचण्डलाई नो नट अगेन भन्नेले उनकै मन्त्रिमण्डलमा सहभागी हुन्न भन्न नसक्नु लाजमर्दो विषय भएको बताउँदै शर्माले चितवन–२ का जनताले अब आवेगमा निर्णय नगर्ने बताए ।
अर्को महा फटाहा ! अब रविको कूरा काटेर स्टन्ट देखाउने प्रयास गर्दैछ। ‘ऐना’ मा त्यस्ता आदर्शका कूरा गर्ने जोकर यदी कुरा अनुसारकै उसको मनमा पाप थिएन भने काँग्रेस पार्टी छोड्ने थियो, या छोड्न पर्थ्यो। किनकी उसका आदर्शले रतिभर काँग्रेस एमाले जस्ता पार्टीमा बस्न नदिन पर्ने हो।