भारतमा एकैदिनमा भेटिए ४ हजार बढी कोरोना संक्रमित, ६ महिना यताकै उच्च बढोत्तरी
नेपाल प्रेस
२०७९ चैत २२ गते १२:२५
काठमाडौं । भारतमा एकैदिनमा ४ हजार बढी कोरोना संक्रमित भएका छन् । भारतिय संचार माध्यमहरुका अनुसार ६ महिनापछि ४ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
मंगलबार भारतमा ४ हजार ४ सय ३५ संक्रमित भेटिएका छन् भने १५ जनाको मृत्यु भएको जनाइएको छ । यस अघि २८ सेप्टेम्बरमा ४ हजार बढि कोरोना संक्रमण रिपोर्ट गरिएको थियो ।
हाल भारतमा २३ हजार ९१ सक्रिय केसहरू छन्। जुन अक्टोबर १८ यताकै उच्च रहेको बताईएको छ । भारतमा मार्च यता संक्रमणमा बढोत्तरी आएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर