दुई दिनभित्र मन्त्रिपरिषद्‌ले शतप्रतिशत पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

दुई दिनभित्र मन्त्रिपरिषद्‌ले शतप्रतिशत पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दुई दिनभित्र मन्त्रिपरिषद्ले शतप्रतिशत पूर्णता पाउने बताएका छन् ।

बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरीबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले लगभग पूर्णता पाइसकेको उल्लेख गरे ।

अब सरकारको ध्यान पूर्णरूपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने उनको भनाई छ । जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने प्रधानमन्त्रीले दोहोर्‍याएका छन् ।

उनले भने, ‘सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण छ । अहिले सरकारले करिबकरिब पूर्णता पाएको छ । आज भोलि, शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ । हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ । कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ । केही गुणात्मक, जनताले केही राहत पाउनेगरी यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ । त्यो
महसुस गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा छ । यसमा म गम्भीर छु ।’

आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने उनको प्रतिबद्धता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर